गोविन्द बानिया:कोरियाको ख्यङ्गिदोस्थित ओसान शहरमा नयाँ नेपाली रेष्टुरेन्टको आरम्भ भएको छ । ओसान स्टेशनबाट करिब ५ मिनेटको दुरिमा कामना नेपाली रेष्टुरेन्ट संचालनमा आएको हो ! खासगरी ओसान वरीपरी रहेका नेपाली खानाका पारखीहरुलाइ मध्यनजर गर्दै सो रेष्टुरेन्ट संचालन गरिएको संचालक दिपक केसीले बताउनुभयो ।

गत शनिवार देखी औपचारिक रुपमा संचालनमा आएको रेष्टुरेन्टमा सम्पूर्ण नेपाली परिकारहरुको स्वाद लिन सकिनेछ । औपचारिक उद्घाटन कार्यक्रमममा संचालक केसीलाइ व्यवसायिक सफलताको कामना गर्न कोरियास्थित बिभिन्न संघसंस्थाका पदाधिकारी तथा ओसान वरपर रहेका नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
यसअघि नै कामना रेष्टुरेन्टका २ वटा शाखा रहेको र यो तेस्रो शाखाका रुपमा ओसानमा आरम्भ भएको हो । पछिल्लो समय कोरियामा नेपालीहरुको संख्यामा वृद्धी भएसंगै नेपाली रेष्टुरेन्टको संख्या पनि बढ्दै गएका छन् ।










