कोरिया भाषा परीक्षा तीन चरणमा लिने सहमति
काठमाडौँ — कोरियाको पानी जहाज क्षेत्रमा काम गर्न जान यही वर्ष भाषा परीक्षा दिएर फेल भएका युवाहरुले पनि अब हुने उत्पादनमुलुक क्षेत्रको भाषा परीक्षा दिन पाउने भएका छन् । बैदेशिक रोजगार बिभाग र कोरियाको मानव संशाधन बिभाग (एचआरडी) का अधिकारीहरुबीचको बैठकमा यसअघि पानी जहाज क्षेत्रको भाषा परीक्षामा फेल भएकाहरुलाई पनि अब हुने उत्पादनमुलुक क्षेत्रको परीक्षामा सहभागी गराउने सहमति भएको हो ।
अब यो परीक्षा तीन चरणमा हुने भएको भने परीक्षा माघको ६ गतेबाट सुरु हुनेछ । रोजगार अनुमति प्रणाली (इपीएस) को परीक्षासम्बन्धी नियममा अदालतको आदेशपछि निम्तिएको विवाद अब टुंगिएको छ । बिभागका महानिर्देशक डण्डुराज घिमिरेले सोमबार बसेको बैठकले भाषा परीक्षासम्बन्धी देखिएको जटिलतालाई टुंगो लगाएको बताए ।
उनका अनुसार परीक्षामा सहभागी हुन यसवर्ष एक लाख ६४ हजार जनाको आवेदन परे...
२३ पुष २०८०, सोमबार ११:४५२३ पुष २०८०, सोमबार ११:४५२३ पुष २०८०, सोमबार ११:४५ by विशाल श्रेष्ठNo Comments
कोरियाको ख्यङ्साङ्नाम्दोस्थित मासान शहरमा पनि पहिलो नयाँ नेपाली रेष्टुरेन्ट संचालनमा आउने भएको छ ! मासान तथा छाङ्वन वरपर रहेका नेपाली खानाका पारखीहरुको मागलाइ मध्यनजर गर्दै मासानमा नमस्ते नेपाल रेष्टुरेन्टको आरम्भ हुने भएको हो ।
अनौपचारिक रुपमा संचालन भैरहेको सो रेष्टुरेन्टको औपचारिक उद्घाटन भने यहि जनवरी १४ तारिक आइतवार बिहान ११ बजेदेखी हुने रेष्टुरेन्टकी संचालिका रशा लामाले जानकारी दिनुभयो । साथै औपचारिक उद्घाटन कार्यक्रममा उपस्थित हुन मासान वरपर रहेका नेपालीहरुलाइ समेत निमन्त्रणा गर्नुभएको छ ।
रेष्टुरेन्टमा नेपाली खानाका साथै, ढिँडो तथा नानका परिकारहरु, पानीपुरी म:म चाउमिन र अन्य नेपाली परिकारु पनि उपलब्ध हुनेछन् !...
२३ पुष २०८०, सोमबार ११:२९२३ पुष २०८०, सोमबार ११:२९२३ पुष २०८०, सोमबार ११:२९ by विशाल श्रेष्ठNo Comments
गोविन्द बानिया:कोरियाको ख्यङ्गिदोस्थित ओसान शहरमा नयाँ नेपाली रेष्टुरेन्टको आरम्भ भएको छ । ओसान स्टेशनबाट करिब ५ मिनेटको दुरिमा कामना नेपाली रेष्टुरेन्ट संचालनमा आएको हो ! खासगरी ओसान वरीपरी रहेका नेपाली खानाका पारखीहरुलाइ मध्यनजर गर्दै सो रेष्टुरेन्ट संचालन गरिएको संचालक दिपक केसीले बताउनुभयो ।
गत शनिवार देखी औपचारिक रुपमा संचालनमा आएको रेष्टुरेन्टमा सम्पूर्ण नेपाली परिकारहरुको स्वाद लिन सकिनेछ । औपचारिक उद्घाटन कार्यक्रमममा संचालक केसीलाइ व्यवसायिक सफलताको कामना गर्न कोरियास्थित बिभिन्न संघसंस्थाका पदाधिकारी तथा ओसान वरपर रहेका नेपालीहरुको बाक्लो उपस्थिती रहेको थियो ।
यसअघि नै कामना रेष्टुरेन्टका २ वटा शाखा रहेको र यो तेस्रो शाखाका रुपमा ओसानमा आरम्भ भएको हो । पछिल्लो समय कोरियामा नेपालीहरुको संख्यामा वृद्धी भएसंगै नेपाली रेष्टुरेन्टको संख्या पनि बढ्दै गएका छन् ।...
२३ पुष २०८०, सोमबार ०१:१५२३ पुष २०८०, सोमबार ०१:१५२३ पुष २०८०, सोमबार ०१:१५ by विशाल श्रेष्ठNo Comments
मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)आज लगनशीलताको कमीले गर्दा ठूलो उपलब्धि हात पार्न नसकिएला । समय प्रतिकुल भई कुलतमा मन जानसक्छ ।
वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)आजको दिन रोकिएको पैसा हात लाग्ला । सामाजिक क्षेत्रबाट सहयोग र सफलता मिल्नेछ । सांस्कृतिक कार्यमा सरिक भइनेछ ।
मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)आज लाभहानी, आयव्यय, सुखदुःख बराबरी मध्यम खालको दिन छ, साथै प्रणयसम्बन्ध र पारिवारिक पनि सुमधुर हुनेछ ।
कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)मनोरञ्जनका साथै धार्मिक कार्यमा रुचि बढ्नेछ । मनमा हर्ष, उमङ्ग र उत्साह छाउला । वैदेशिक क्षेत्रको काम भने अधुरै रहला ।
सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)आज स्वास्थ्यमा धन खर्च हुनेछ । अरुको भलाइका लागि अनावश्यक दौडधुप गर्नु पर्नेछ । घरायसी विवाद पनि बढ्नसक्छ ।
कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)सामाजिक कार्यम...