कोरियाको ख्यङ्साङ्नाम्दोस्थित मासान शहरमा पनि पहिलो नयाँ नेपाली रेष्टुरेन्ट संचालनमा आउने भएको छ ! मासान तथा छाङ्वन वरपर रहेका नेपाली खानाका पारखीहरुको मागलाइ मध्यनजर गर्दै मासानमा नमस्ते नेपाल रेष्टुरेन्टको आरम्भ हुने भएको हो ।
अनौपचारिक रुपमा संचालन भैरहेको सो रेष्टुरेन्टको औपचारिक उद्घाटन भने यहि जनवरी १४ तारिक आइतवार बिहान ११ बजेदेखी हुने रेष्टुरेन्टकी संचालिका रशा लामाले जानकारी दिनुभयो । साथै औपचारिक उद्घाटन कार्यक्रममा उपस्थित हुन मासान वरपर रहेका नेपालीहरुलाइ समेत निमन्त्रणा गर्नुभएको छ ।

रेष्टुरेन्टमा नेपाली खानाका साथै, ढिँडो तथा नानका परिकारहरु, पानीपुरी म:म चाउमिन र अन्य नेपाली परिकारु पनि उपलब्ध हुनेछन् !

Post Views: 2,110









