दक्षिण कोरियाको छनान सहरमा आयोजित प्रथम “काष्ठमण्डप फुट्सल प्रतियोगिता” खेल्ने क्रममा इन्छन नेपाली फुटबल क्लब (NFC) का खेलाडी सुजन अधिकारी गम्भीर घाइते भएका छन्। प्रतियोगिताको दौरान उनको दाहिने घुँडाको लिगामेन्ट चुटिएको पुष्टि भएको छ।
घटनापछि उनलाई तत्काल इन्छनस्थित एक अस्पतालमा भर्ना गरिएको थियो। गत बिहीबार (२७ तारिख) उनको सफल शल्यक्रिया (अप्रेसन) सम्पन्न भए पनि हालसम्म अस्पतालमै उपचाररत रहेका छन्। चिकित्सकका अनुसार उनलाई कम्तीमा ६ महिनासम्म पूर्ण आराम (बेड रेस्ट) आवश्यक पर्नेछ भने नियमित रूपमा चेकजाँचका लागि अस्पताल आउनुपर्ने अवस्था रहेको छ।
अस्पताल खर्चको केही भाग बिमाबाट कभर भए पनि हालसम्म करिब ५०–६० लाख वन खर्च भइसकेको र आगामी दिनमा थप आर्थिक भार पर्ने देखिएको छ। यस्तो कठिन परिस्थितिमा नेपाल फुटबल महासङ्घ दक्षिण कोरियाले कोरियामा रहेका सम्पूर्ण नेपाली समुदाय, खेलाडी तथा फुटबल क्...
१६ चैत्र २०८२, सोमबार १३:१९१६ चैत्र २०८२, सोमबार १३:१९१६ चैत्र २०८२, सोमबार १३:१९ by एलिनाNo Comments
दक्षिण कोरियाको बुसानमा सक्रिय सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले अप्रिल १९ तारिखका दिन किम्हेमा सुदूरपश्चिमेलीको महान् चाड विसु, नयाँ वर्ष विसं २०८३ को शुभकामना आदानप्रदान तथा बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्नेभएको छ।
सुदूरपश्चिमीले मौलिक चाड विसु तथा नेपाली नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान गर्नका लागि सुदूरपश्चिम समाज बुसान दक्षिण कोरियाले यहि अप्रिल १९ तारिख आइतबारका दिन दिउँसो ठिक ११ बजे किम्हे स्थित न्यू लिटिल इन्डिया रेस्टुरेन्टको सभाहलमा बृहत देउडा सांस्कृतिक कार्यक्रम आयोजना गर्ने भएको हो।
दक्षिण कोरियाको दोस्रो ठूलो सहर बुसानमा आयोजना हुने कार्यक्रममा सुदूरपश्चिमकी चर्चित देउडा गायिका गौरी भट्टका साथै सर्जक तथा लोक देउडा गायक कमल बिरहि थापा लगायत कलाकारहरूले धमाकेदार देउडा गीत प्रस्तुत गर्नेछन्। यति मात्र नभएर कार्यक्रममा सुदूरपश्चिमका मौलिक परिकारहरू बटुक, चु...
१६ चैत्र २०८२, सोमबार ०२:३११६ चैत्र २०८२, सोमबार ०२:३११६ चैत्र २०८२, सोमबार ०२:३१ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको जेजुदो क्षेत्रमा रहेका नेपालीहरुका लागि राहदानी सेवा सहज बनाउन “राहदानी घुम्ती शिविर तथा श्रमिक सचेतना कार्यक्रम” आयोजना हुने भएको छ। उक्त कार्यक्रम Embassy of Nepal, Seoul को आयोजना तथा Nepal Federation of Indigenous Nationalities (NEFIN) दक्षिण कोरिया जेजुदो क्षेत्रीय समितिको सहकार्यमा हुन लागेको हो।
उक्त शिविर आगामी अप्रिल १२, २०२६ (चैत २९, २०८२) मा जेजुदोमा सञ्चालन गरिनेछ। कार्यक्रममा विशेषगरी राहदानी नवीकरण सेवा तथा श्रमिक सचेतना सम्बन्धी अन्तरक्रिया कार्यक्रम समावेश गरिने जनाइएको छ।
राहदानी सेवा लिन चाहने सेवाग्राहीका लागि अनलाइन आवेदन फारम मार्च ३०, २०२६ सोमबार दिउँसो १२ बजेदेखि खुल्ने जानकारी दिइएको छ। सेवाग्राहीहरुले अनलाइन फारम भरेपछि प्राप्त हुने QR Code अनिवार्य रूपमा सुरक्षित राख्नुपर्ने व्यवस्था गरिएको छ।
आयोजकका अनुसार सबै सेवाग्राहीको विवरण संकलन तथ...
१५ चैत्र २०८२, आईतवार ११:०६१५ चैत्र २०८२, आईतवार ११:०६१५ चैत्र २०८२, आईतवार ११:०६ by एलिनाNo Comments
दक्षिण कोरियामा रहेका नेपाली खेलप्रेमीहरूबीच एकता, मनोरञ्जन तथा स्वस्थ जीवनशैली प्रवर्द्धन गर्ने उद्देश्यका साथ नेपाल फुटबल महासंघको सहकार्यमा हवासङ नेपाल युनाइटेड फुटबल क्लबले “2nd Hwaseong NFC Futsal Cup 2026” आयोजना गर्ने भएको छ। उक्त प्रतियोगिता आगामी अप्रिल १९, २०२६ मा कोरियाको छनान (Cheonan) स्थित फुटसल मैदान (천안시 동남구 신방동 645-1) मा सञ्चालन गरिने आयोजकले जनाएको छ।
“फुटबल प्रवासमा एकता, मनोरञ्जन, स्वस्थ जीवनको लागि आवश्यकता” भन्ने मूल नाराका साथ आयोजना हुन लागेको यस प्रतियोगितामा कोरियामा क्रियाशील विभिन्न नेपाली क्लबहरूको सहभागिता रहने अपेक्षा गरिएको छ। आयोजकका अनुसार प्रतियोगिताले नेपाली समुदायबीच आपसी सम्बन्ध सुदृढ गर्नुका साथै खेलकुदमार्फत सकारात्मक ऊर्जा फैलाउने विश्वास लिइएको छ।
प्रतियोगितामा विजेताले ३५ लाख वोन नगद पुरस्कार प्राप्त गर्नेछ भने उपविजेतालाई २० लाख वोन प्रदान ...
१० चैत्र २०८२, मंगलवार २३:४५१० चैत्र २०८२, मंगलवार २३:४५१० चैत्र २०८२, मंगलवार २३:४५ by विशाल श्रेष्ठNo Comments
सलनाल विशेष ‘बुलबुले डान्स पार्टी’पछि सुर्खेत समाजद्वारा आर्थिक विवरण सार्वजनिक, ९२ लाखभन्दा बढी बचत
सुर्खेत समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको अवसरमा आयोजना गरेको ‘बुलबुले डान्स पार्टी’ कार्यक्रमको आर्थिक विवरण सार्वजनिक गरेको छ।
समाजले २०२६ मार्च २२ मा सार्वजनिक गरेको विवरणअनुसार उक्त कार्यक्रमबाट ९२ लाख वनभन्दा बढी रकम बचत भएको उल्लेख गरिएको छ। कार्यक्रममार्फत संकलित रकम तथा खर्चको पूर्ण विवरण भर्चुअल बैठकमार्फत सार्वजनिक गरिएको समाजले जनाएको छ।
फेब्रुअरी १५ मा आयोजना गरिएको उक्त कार्यक्रम नेपाली समुदायबीच सांस्कृतिक एकता, मनोरञ्जन तथा सामाजिक सहयोगको उद्देश्यसहित सम्पन्न भएको थियो। कार्यक्रममा कलाकारहरूको प्रस्तुति, सांगीतिक कार्यक्रम तथा विभिन्न मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिएको थियो।
समाजका अनुसार कार्यक्रमबाट प्राप्त बचत रकम फेङ्थेक क्षेत्रमा सञ्चालनमा रह...
१० चैत्र २०८२, मंगलवार १३:२५१० चैत्र २०८२, मंगलवार १३:२५१० चैत्र २०८२, मंगलवार १३:२५ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा कार्यरत नेपाली समुदायलाई लक्षित गर्दै नवलपुर समाज दक्षिण कोरिया ले निःशुल्क कोरियन भाषा प्रशिक्षण कार्यक्रम सञ्चालन गर्ने भएको छ। आगामी अप्रिल महिनाको पहिलो शनिबारदेखि सुरु हुने उक्त कक्षा विशेषगरी E-9 कामदार, विद्यार्थी तथा डिपेन्डेन्ट भिसामा रहेका नेपालीहरूका लागि लक्षित गरिएको आयोजकले जनाएको छ।
कार्यक्रमअन्तर्गत पहिलो चरणमा जम्मा ५० जना सहभागीलाई मात्र समेटिनेछ। सहभागी हुन मार्च २५ तारिक सम्ममा फर्म पर्नुपर्ने छ । इच्छुक व्यक्तिहरूले छिटोभन्दा छिटो अनलाइनमार्फत आवेदन दिन आग्रह गरिएको छ। कक्षा ३ महिनासम्म सञ्चालन हुनेछ भने हरेक शनिबार र आइतबार साँझ २ घण्टा कक्षा सञ्चालन गरिने जानकारी दिइएको छ।
यस प्रशिक्षणमा कोरियन भाषाको आधारभूत (Basic) तथा व्याकरण (Grammar) मा विशेष जोड दिइनेछ। साथै, दैनिक कामकाज र व्यवहारमा प्रयोग हुने व्यवहारिक भाषामा केन्द्रित गरिने आयोजकको भना...
१० चैत्र २०८२, मंगलवार ०१:३७१० चैत्र २०८२, मंगलवार ०१:३७१० चैत्र २०८२, मंगलवार ०१:३७ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियामा रहेका नेपालीहरूको संस्था कास्की परिवार दक्षिण कोरियाले शेयर बजार सम्बन्धी १० दिने अनलाइन तालिम आयोजना गर्ने भएको छ। “Zero to Hero + Super Performer” नारासहित सञ्चालन हुने उक्त तालिम आगामी २०२६ अप्रिल ५ तारिख आइतबारबाट सुरु हुने आयोजकले जनाएको छ।
“Beginner To Advance Complete Share Market Training” शीर्षकमा सञ्चालन हुने तालिममा प्रशिक्षक बसन्त पाण्डेले प्रत्यक्ष रूपमा सहभागीलाई प्रशिक्षण दिनेछन्। तालिममार्फत शेयर बजारको आधारभूतदेखि उन्नत स्तरसम्मका प्राविधिक तथा मौलिक पक्षहरू सिकाइने बताइएको छ।
तालिमको पहिलो चार दिनमा बजारको आधारभूत अवधारणा, प्राइस र भोल्युम विश्लेषण तथा चार्ट प्याटर्नबारे जानकारी दिइनेछ भने पाँचौंदेखि सातौं दिनसम्म स्ट्राटेजी, बाय/सेल सेटअप र स्मार्ट मनी कन्सेप्टसम्बन्धी कक्षाहरू सञ्चालन गरिनेछन्। अन्तिम चरणमा म्याक्रोइकोनोमिक विश्लेषण र फन्डामेन्टल व...
८ चैत्र २०८२, आईतवार ०५:३०८ चैत्र २०८२, आईतवार ०५:३०८ चैत्र २०८२, आईतवार ०५:३० by एलिनाNo Comments
दक्षिण कोरियामा क्रियाशील नेपालीहरूको पुरानो तथा साझा संस्था नेपाली सम्पर्क समिति दक्षिण कोरिया (एनसीसी) को १९औँ अधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको छ। अधिवेशनले हर्क बिष्टको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै आगामी कार्यकालका लागि जिम्मेवारी हस्तान्तरण गरेको हो। नव–निर्वाचित कार्यसमितिमा विभिन्न प्रदेश र क्षेत्रको प्रतिनिधित्व सुनिश्चित गरिएको छ, जसले संस्थालाई अझ समावेशी र सशक्त बनाउने अपेक्षा गरिएको छ। नयाँ कार्यसमिति यसप्रकार रहेको छ:
• अध्यक्ष: हर्क बिष्ट
• बरिष्ठ उपाध्यक्ष: नारायण न्यौपाने (लुम्बिनी)
• महिला उपाध्यक्ष: हेमलता शर्मा (खुल्ला)
• उपाध्यक्ष: नारायण पौडेल (गण्डकी)
• उपाध्यक्ष: डेनराज सिजापति
• महासचिव: सुमन चौलागाईं (बागमती)
• सचिव: पदम राई (पूर्वी नेपाल)
• सचिव: भगवान तिवारी (बागमती)
• कोषाध्यक्ष: झलक बिष्ट (सुदूरपश्चिम)
• सह–कोषाध्...
८ चैत्र २०८२, आईतवार ०४:५४८ चैत्र २०८२, आईतवार ०४:५४८ चैत्र २०८२, आईतवार ०४:५४ by एलिनाNo Comments
कोरियन पर्व सलनालको अवसरमा ईलामेली समाज, दक्षिण कोरिया द्वारा आयोजित ‘ILAMELY MUSICAL NIGHT 2026’ कार्यक्रमको आय–व्यय विवरण सार्वजनिक गरिएको छ । विवरणअनुसार कार्यक्रमबाट करिब १ करोड २० लाखभन्दा बढी नाफा भएको दाबी गरिएको छ ।
तर सार्वजनिक गरिएको हिसाब–किताबसँगै खर्च शीर्षकहरूलाई लिएर विभिन्न प्रश्नहरू उठ्न थालेका छन् ।
समाजले करिब ३ करोड ५४ लाख वोन आम्दानी र २ करोड ३५ लाख वोन खर्च देखाएको छ । तर खर्चतर्फ हेर्दा एउटै प्रकृतिका शीर्षकहरूमा पटक–पटक ठूलो रकम छुट्याइएको देखिन्छ ।
विशेषगरी कलाकारसँग सम्बन्धित खर्च विभिन्न शीर्षकमा विभाजन गरी उल्लेख गरिएको छ—जस्तै कलाकार भिषा प्रकृया खर्च, हवाई टिकट, व्यवस्थापन खर्च आदि जसले वास्तविक खर्च स्पष्ट बुझ्न कठिन देखिन्छ।
त्यसैगरी प्रचार–प्रसार शीर्षक पनि फरक–फरक बुँदामा राखेर खर्च देखाइएको छ । पोस्टर, प्रचार सामग्री, टिकट छपाइ लगायतका शीर्षकम...
३० फाल्गुन २०८२, शनिबार ११:४१३० फाल्गुन २०८२, शनिबार ११:४१३० फाल्गुन २०८२, शनिबार ११:४१ by विशाल श्रेष्ठNo Comments
राप्ती समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष तथा महाशिवरात्रि को पावन अवसरमा प्रवासी भूमिमा रहँदै आएका नेपाली समुदायबीच आपसी एकता, सद्भाव र भाइचारा कायम गर्नुका साथै मातृभूमिको कला–संस्कृतिको संरक्षण र प्रवर्द्धन गर्ने उद्देश्यले फेब्रुअरी १५, २०२६ मा आयोजना गरेको ‘राप्ती सांस्कृतिक साँझ तथा रात्री भोज कार्यक्रम २०२६’ को आय–व्यय विवरण सार्वजनिक गरेको छ।
सार्वजनिक गरिएको विवरण अनुसार कार्यक्रमबाट कुल २ करोड १० लाख ६७ हजार ३३३ वोन आम्दानी भएको छ। आम्दानीतर्फ संस्थागत सहयोगबाट २० लाख २६ हजार वोन, उपस्थितिबाट १ करोड ४१ लाख ६० हजार वोन, कार्यक्रम लक्षित सहयोगबाट ४१ लाख २० हजार ३३३ वोन तथा प्रायोजनबाट ७ लाख ६१ हजार वोन संकलन भएको उल्लेख गरिएको छ।
त्यस्तै कार्यक्रम सञ्चालनका क्रममा १ करोड २९ लाख १६ हजार वोन खर्च भएको छ। जसअन्तर्गत प्रचार–प्रसार, व्यानर तथा टिकट व्यवस्थापनमा ५ लाख ४६ हजार वो...