सउलमा अक्टोबर २५ मा हुने भनिएको ‘कबड्डी ५’ प्रदर्शन स्थगित, नयाँ मिति र हल पछि तय गरिने🇰🇷🇳🇵
दक्षिण कोरियाको राजधानी सउलमा आगामी अक्टोबर २५ तारिख प्रदर्शन गर्ने तयारी गरिएको नेपाली कथानक चलचित्र ‘कबड्डी ५ : आफ्टर द फाइनल म्याच’ को प्रदर्शन विशेष कारणवश स्थगित गरिएको छ।
तमु धीं दक्षिण कोरियाको आयोजनामा सउलको दोङदेमुनस्थित CGV सिनेमाजमा प्रदर्शन गर्ने तयारी गरिएको चलचित्रको शो विशेष कारणले तत्कालका लागि स्थगित गरिएको आयोजकले जनाएको छ।
यसअघि अक्टोबर २५, आइतबार चलचित्र प्रदर्शन गर्ने तयारीसहित अनलाइन टिकट बुकिङसमेत खुला गरिएको थियो। तर, विशेष कारणले निर्धारित मितिमा प्रदर्शन गर्न सम्भव नभएपछि कार्यक्रम स्थगित गर्ने निर्णय गरिएको हो।
आयोजकका अनुसार चलचित्र प्रदर्शनका लागि नयाँ मिति र हल केही समयपछि तय गरिनेछ। नयाँ मिति तथा प्रदर्शनस्थल निश्चित भएपछि दर्शक तथा चलचित्रप्रेमीलाई पुनः जानकारी गराइनेछ।
बासुरी फिल्म्सको प्रस्तुतिमा तथा रामबाबु गुरुङको निर्देशनमा बनेको ‘कबड्डी ५ : आफ्टर द...









