पाँचौं प्रवासी मजदुर वक्तृत्वकलामा गुन्जमानको प्रथम स्थानसगै नेपालको जीत कायमै
पाँचौं प्रवासी मजदुर वक्तृत्वकलामा गुन्जमानको प्रथम स्थानसगै नेपालको जीत कायमै
पाँचौं प्रवासी मजदुर कोरियन वक्तृत्वकला प्रतियोगिता–२०२३ मा नेपालको तर्फबाट गुन्जमान लामा विजेता भएको छ । विभिन्न देशका प्रतियोगीहरूमध्ये गुन्जमानले जितेसँगै नेपालले लगातार प्रथम स्थान हासिल गर्न सफल भएको छ । यसअघि सङगे तामाङ, सानु शेर्पा, दुध बहादुर लामा र वायु पौडेलले जितेका हुन् ।
अन्तर्राष्ट्रिय धर्म इस्टक्टर एसोसिएसन (IDIA) जेग्योसा गुम्बाले आयोजना गरेको खुल्ला प्रतियोगितामा १६ जनालाई पछि पार्दै विजेता भएको हो । उनले विजेता भएसँगै प्रमाणपत्र र नगद ५ लाख वन (नेपाली पचास हजार रुपैयाँ) प्राप्त गरेका छन् ।
आइतबार सउल जोङ्गाकको जोगेसा गुम्बाको हलमा भएको कार्यक्रममा दोस्रो क्रमशः. श्रीलङ्का पहन थिहगे अन्जन र इन्डोनेसीकी निङसिह त्रि महरिअन्ती भएका छन् । त्यस्तै तेस्रो नेपालका अर्जुन बहादुर मुक्तान र किर्गिस...









