१३ वर्षपछि दक्षिण कोरिया फर्किए जस्टिन बिबर, पत्नी हेलीका साथ आफ्नै फेसन ब्रान्ड प्रवर्द्धन गर्न सउलमा
दक्षिण कोरियामा आफ्नो अन्तिम कन्सर्ट गरेको करिब १३ वर्षपछि विश्वप्रसिद्ध क्यानडेली पप गायक जस्टिन बिबर पुनः कोरिया आइपुगेका छन्। यसपटक उनी सांगीतिक प्रस्तुतिका लागि नभई आफ्नै फेसन तथा लाइफस्टाइल ब्रान्ड ‘SKYLRK’ को प्रवर्द्धनका लागि पत्नी हेली बिबरसँगै दक्षिण कोरिया आएका हुन्।
स्थानीय सञ्चारमाध्यमका अनुसार बिबर दम्पती शुक्रबार बिहान इन्छन अन्तर्राष्ट्रिय विमानस्थल हुँदै दक्षिण कोरिया आइपुगेका हुन्। कोरिया आइपुगेपछि जस्टिनले सामाजिक सञ्जालमा सउलका तस्बिरहरू सार्वजनिक गर्दै ‘Made it to Seoul’ लेखेका थिए। उनको आगमनसँगै कोरियाली प्रशंसकहरूबीच उत्साह बढेको छ।
जस्टिनको फेसन तथा लाइफस्टाइल ब्रान्ड SKYLRK ले अक्टोबर २२ देखि २५ सम्म सउलको सेओङ्सु-दोङ क्षेत्रमा पहिलोपटक पपअप स्टोर सञ्चालन गरिरहेको छ। उक्त स्टोरमा हुडी, टी-सर्ट, जुत्ता, सनग्लासलगायतका विभिन्न सामग्री राखिएका छन्। साथै, सउलका लागि व...









