वैशाख २४ गते आइतबारको तपाईको दैनिक राशिफल
आज श्री शाके १९४५ बि.स.२०८० बैशाख २४ गते आइतबार । इश्वी सन २०२३ मे ७ तारीख जेष्ठ कृष्णपक्ष द्वितिया तिथी अनुराधा नक्षत्र वरियान योग तैतिल करण चन्द्रमा वृश्चिक राशिमा आनन्दादि योगमा मृत्यु योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु, किरात समाजसुधार दिवस (ज्यो.प. सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। अरूको स्वार्थका लागि उपयोग भइएला। गोपनीयता बाहिरिनाले पनि समस्या पर्नेछ।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मन मिल्ने साथीभाइ भेटिए पनि वादविवादले सम्बन्ध कमजाेर बनाउन सक्छ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। पहिलेका समस...








