Advertisement
Advertisement

वैशाख २४ गते आइतबारको तपाईको दैनिक राशिफल

Advertisement
Advertisement

आज श्री शाके १९४५ बि.स.२०८० बैशाख २४ गते आइतबार । इश्वी सन २०२३ मे ७ तारीख जेष्ठ कृष्णपक्ष द्वितिया तिथी अनुराधा नक्षत्र वरियान योग तैतिल करण चन्द्रमा वृश्चिक राशिमा आनन्दादि योगमा मृत्यु योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु, किरात समाजसुधार दिवस (ज्यो.प. सरोज घिमिरे)

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): गरेका कामबाट तत्काल फाइदा उठाउन मुस्किलै पर्नेछ। अवसर प्राप्त भए पनि ठूलो उपलब्धि हातलागी नहुने देखिन्छ। स्वास्थ्य कमजोर रहनाले नयाँ काममा जुट्न नसकिएला। गरी आएको कामलाई भने निरन्तरता दिन सकिनेछ। आश्वासन दिनेहरूले झुक्याउन सक्छन्। अरूको स्वार्थका लागि उपयोग भइएला। गोपनीयता बाहिरिनाले पनि समस्या पर्नेछ।

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): मन मिल्ने साथीभाइ भेटिए पनि वादविवादले सम्बन्ध कमजाेर बनाउन सक्छ। गलत व्यक्तिको विश्वास गर्दा काम रोकिन सक्छ। पहिलेका समस्या दोहोरिनाले अलमलमा परिएला। जिम्मेवारी बढे पनि काम पूरा गर्न समय लाग्नेछ। न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ला। तापनि, विशेष काममा जग बसाउने मौका पाइनेछ। यात्रा र भाेगविलासमा खर्च बढ्नेछ।

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): भौतिक साधनले उत्साह जगाउनेछ। साहसी काम गरेर प्रशस्त लाभ उठाउन सकिनेछ। प्रतिपक्षीहरू समेत सहयोगी बन्नेछन्। जटिल काम समेत सम्पादन हुनेछ। चुनौती चिर्दै काम बनाउन सकिनेछ। शत्रुहरू किनारा लाग्नेछन् भने प्रतिस्पर्धामा विजयी भइनेछ। प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। आयआर्जन बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुनेछ।

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): सुखद समाचारले दिन उत्साहपूर्ण रहनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्न सक्छ। मेहनतले प्रतिष्ठित काम सम्पादन गर्ने मौका दिलाउनेछ। व्यापारमा धेरै फाइदा नभए पनि पशुपालन र कृषि क्षेत्रबाट राम्रो लाभ मिल्ने योग छ। सन्तान वा अनुयायीको साथले पनि हिम्मत जगाउनेछ। राेकिएकाे काम बन्नाले नयाँ काम थालनी गर्न सकिनेछ।

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): आफन्त र परिवारजनलाई धेरै समय दिनुपर्ने हुन सक्छ। आश्वासन दिनेहरूले प्रतिबद्धता पूरा नगर्न सक्छन्। अरूको विश्वास गर्दा धोका हुन सक्छ। कृषि, पशुपालन तथा घरेलु कामकाजमा बढी प्रवृत्त भइनेछ। धेरै फाइदा नहुने काममा समय बित्नेछ। नजिकका आफन्त, साथीभाइ टाढिन सक्छन्। दोहोर्याएर प्रयत्न गर्दा राेकिएकाे काम बनाउन सकिनेछ।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): प्रयत्न गर्दा ठूलाे काम सम्पादन हुनेछ। छोटो समयमा राम्रो उपलब्धि हातपार्न सफल भइनेछ। स्रोत–साधन जुट्नाले गरिएका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। लाभांश बढ्नाले दैनिकीमा परिवर्तन आउनेछ। रोकिएका काम बन्ने र नयाँ काम सुरु गर्ने समय छ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। शत्रु तथा प्रतिस्पर्धीलाई पछि पार्न सकिनेछ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): मेहनतले सम्मानित स्थान समेत दिलाउनेछ। मान-सम्मान प्राप्त हुनेछ। आम्दानीका स्रोत बढ्नुका साथै दिगो फाइदा हुने काममा सम्झौता गर्ने समय छ। अध्ययनमा प्रगति हुनेछ भने चिताएको काम समेत सम्पादन हुनेछ। पहिलेका कमजोरीलाई सुधार्ने मौका पाइनेछ। बोलीको प्रभाव बढ्नेछ भने अभिव्यक्ति कलामा निखारता ल्याउने अवसर प्राप्त हुनेछ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): सहयोगीहरू प्रशस्तै भेटिनेछन्। रचनात्मक कार्य प्रारम्भ गर्ने समय छ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द पाइएला। विगतको सफलताले थप काम गर्न हौसला मिल्नेछ। नयाँ कामको प्रस्ताव आउनेछ। मनग्य धन आर्जन गर्न सकिनेछ। विगतका कमीकमजोरीलाई सुधार गर्ने अवसर प्राप्त हुनेछ। विछोडिएका परिवारजनसँग भेटघाट हुनेछ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): अप्ठ्याराे काम थाल्नाले दिनभरि दाैडधुप गर्नुपर्ला। कामले खर्च बढाउन सक्छ। सञ्चित रकम अरूलाई सरसापट दिनुपर्ने हुन सक्छ। अर्थअभावले सताउने समय छ। टाढाका साथीभाइसँग सम्पर्क भने बढ्नेछ। परिवारजनबाट टाढिनुपर्ला। अरूलाई समय दिँदा आफू पछि परिनेछ। करकापमा परी कुनै काम वा विशेष निर्णय गर्नुपर्ने परिस्थिति आउन सक्छ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): आम्दानीका विभिन्न स्रोत देखिए पनि सोचेको फाइदा नहुन सक्छ। लगानीतर्फ लागत बढ्नेछ। आफ्नो लाभांशमाथि अरूले दाबी–विरोध गर्न सक्छन्। ईर्ष्या गर्नेहरूबाट सजग रहनुहोला। कामको राम्रै मूल्यांकन भए पनि प्रतिफल हातपार्न केही समय लाग्नेछ। अरूको मुख ताक्ने बानीले पछि परिनेछ। तापनि पछिका लागि गरिएको मेहनत र लगानीले फाइदै दिनेछ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): भाग्यले कीर्तिमानी काम गर्ने अवसर दिलाउन सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। भूमि, वाहन र पैत्रिक सम्पत्तिबाट लाभ मिल्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। प्रयत्न गर्दा महत्त्वपूर्ण वस्तु लाभ होला। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): प्रतिष्ठित काम गरेर धेरैको मन लोभ्याउन सकिनेछ। सामाजिक कार्यले हौसला प्रदान गर्नेछ। राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न रहनेछ। चिताएकाे काम बन्नेछ र केही लाभांश पनि प्राप्त भइरहनेछ। विशिष्ट व्यक्तिको सहयोग जुट्नाले महत्त्वाकांक्षी काम बन्न सक्छ। समाजमा तारिफयोग्य काम गर्न सकिनेछ। घर–परिवारमा मेलमिलाप र आत्मीयता बढ्नेछ।

तपाईको दिन शुभ रहोस्

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?

Jaké technologické inovace zlepší online automaty s 3D grafickými prvky?Jmenuji se Tomáš Novák a jako odborník na online hazardní ...

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusy

Kod promocyjny NV Kasyno 2026: Najlepsze sposoby na ekskluzywne bonusyWitajcie, nazywam się Jakub Nowak i dziś pragnę podzielić si...

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casina

Důležité tipy: Jak se chránit před falešnými e-maily českého online casinaJmenuji se Jakub Novák a jsem odborníkem na online hazar...

Jak správně kombinovat různé typy bonusových nabídek v rozhraní Mostbet?

Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×