Advertisement
Advertisement

वैशाख २३ गते शनिबारको तपाईको दैनिक राशिफल

Advertisement
Advertisement

आज श्री शाके १९४५ बि.स.२०८० बैशाख २३ गते शनिबार । इश्वी सन २०२३ मे ६ तारीख जेष्ठ कृष्णपक्ष प्रतिपदा तिथी विशाखा नक्षत्र व्यतीपात योग बालव करण चन्द्रमा तुला राशिमा पश्चात वृश्चिक राशिमा आनन्दादि योगमा शुभ योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु (ज्यो.प. सरोज घिमिरे)

 

मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तकाे उपहारले प्रसन्नता मिल्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ। स्वास्थ्यका लागि सजग रहनुहोला।

 

बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भावना देखिए पनि उपलब्धि प्राप्त गर्न समय लाग्नेछ। चुनौतीपूर्ण जिम्मेवारी वहन गर्नुपर्ला। साँझतिर स्थितिमा सुधार आउनाले राेकिएकाे काम बन्नेछ। व्यापार बढ्नुका साथै पेसा–व्यवसायमा लाभ हुनेछ। मिहिनेत गर्दा पहिलेको उपलब्धि जोगाउन सफल भइनेछ।

 

मीथुन राशि (का, कि, कु, घ, ङ, छ, के, को, ह): लगनशीलताले अध्ययनमा प्रगति हुनेछ र अनुभवलाई निखार्ने अवसर प्राप्त हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। बौद्धिक अभिव्यक्तिको प्रभाव बढ्नेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ। आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। साँझतिर महत्त्वाकांक्षी काम गर्न सफल भइनेछ। चुनौती चिर्दै काम बनाउने समय छ। पराक्रमद्वारा अधिकार स्थापित गर्न सकिनेछ।

 

कर्कट राशि (हि, हु, हे, हो, डा, डि, डु, डे, डो): शुभचिन्तकहरूको सुझाव नमान्दा दुःख पाइनेछ। अप्ठ्यारो परिस्थिति अँगाल्दै अघि बढ्नुपर्ने समय छ। समस्या दर्साउँदा साझेदार तथा आफन्तजन सहयोगीका रूपमा देखा पर्नेछन्। रोकिएका काममा दोहोर्याएर प्रयत्न गर्दा लाभ हुनेछ। साँझदेखि स्थितिमा सुधार आउनाले काम बन्नेछ। विद्यार्थीहरूकाे अध्ययनमा प्रगति हुनेछ। मिहिनेतले सम्मानित स्थानसमेत दिलाउनेछ।

 

सिंह राशि (मा, मि, मु, मे, मो, टा, टि, टु, टे): शुभचिन्तककाे साथ–सहयाेगले काम गर्न सकिनेछ। श्रम परे पनि प्रतिफल प्राप्त हुनेछ। तर परिस्थिति अलि संघर्षपूर्ण रहन सक्छ। अरूका काममा धेरै समय अलमलिनुपर्ला। अरूको विश्वास गर्ने बानीले समस्या निम्त्याउला। साँझतिर विवादास्पद कामकाे जिम्मेवारी आउन सक्छ। हडबडको त्रुटिले काम दोहोर्याउनुपर्ला। केही घरायसी समस्याले आफन्त टाढिन सक्छन्।

कन्या राशि (टो, प, पि, पु, ष, ण, ठ, पे, पो): अरूको बारेमा चासो राख्दा स्वयं समस्यामा परिएला। अध्ययन र व्यापारमा सामान्य प्रगति हुनेछ। आफ्ना कमजोरीमाथि टिप्पणी हुने समय रहेकाले सजग रहनुहोला। मिहिनेतीहरूलाई सामान्य फाइदा भइरहनेछ। साँझतिर स्थितिमा सुधार आउनेछ। चुनौती पन्छाएर काम बनाउन सकिनेछ। विभिन्न कामका अवसर प्राप्त हुनेछन् भने पेसा–व्यवसायमा पनि फाइदा हुनेछ।

तुला राशि (र, रि, रु, रे, रो, ता, ति, तु, ते): रमाइलो जमघट एवं भोजभतेरको अवसर प्राप्त हुनेछ। तर, आगन्तुकले व्यर्थैमा अलमल्याउन सक्छन्। अवसर प्राप्त भए पनि चुनौतीसँग जुध्नुपर्ने समय छ। समयमा सजग नहुँदा फाइदा लिने अवसर गुम्न सक्छ। खानपानको सोखले स्वास्थ्य पनि प्रतिकूल बन्ने देखिन्छ। साँझतिर स्थितिमा सुधार आउनेछ। मिहिनेतले केही काम गर्न सकिनेछ। स्राेत–साधन जुटाउने समय छ।

बृश्चिक राशि (तो, ना, नि, नु, ने, नो, या, यि, यु): कामका लागि रकम जोहो गर्ने समय छ। आफन्त र परिवारबाट टाढिनुपरे पनि दिउ उपलब्धिमूलक रहनेछ। टाढाका साथीभाइको निम्तो प्राप्त हुनेछ। तर, अवसरको खोजीमा दौडधुप भने गर्नुपर्ला। साँझतिर सहयोगीहरूले साथ दिनेछन्। आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन आउन सक्छ।

धनु राशि (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे): मिहिनेत गर्दा आम्दानीका स्रोत फेला पर्नेछन्। आवश्यक भौतिक साधन सजिलै जुट्नेछन्। आम्दानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै फड्को मार्न सकिनेछ। साँझदेखि खर्च बढ्नाले अर्थ अभाव देखा पर्न सक्छ। आवश्यकता पूरा गर्न सरसापट वा ऋण लिनुपर्ने हुन सक्छ। सोखले फजुल खर्च बढाउनेछ। आँटेको काममा बाधा हुन सक्छ।

मकर राशि (भो, ज, जि, खि, खु, खे, खो, गा, गि): अरूका काममा समय खर्चनुपर्दा पछि परिनेछ। सामाजिक जिम्मेवारी पूरा गर्नमा बाधा हुनेछ। अवसरवादीहरूले कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्। पेसा–व्यवसायमा कम मात्र फाइदा हुनेछ। साँझदेखि आम्दानीका नयाँ स्रोत फेला पर्नेछन्। कर्मयोगले नाम, दाम र इनाम दिलाउन सक्छ। अवसरले पछ्याउनेछन् भने दिगो काममा जग बसाउने अवसर प्राप्त हुनेछ।

कुम्भ राशि (गु, गे, गो, सा, सि, सु, से, सो, द): प्रतिष्ठित काम सम्पादन गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। शुभचिन्तकहरूको सहयोग जुट्नाले मनग्य फाइदा हुनेछ। आध्यात्मिक चेतनाले धर्मकर्म र सेवामूलक काममा प्रवृत्त गराउनेछ। मिहिनेतले कार्यसिद्धि हुनेछ। साँझदेखि नयाँ अवसर प्राप्त हुनेछ। पेसा–व्यवसायमा पनि मनग्य फाइदा हुनेछ। आफ्नो क्षेत्रमा प्रभुत्व जमाउँदै दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ।

मिन राशि (दि, दु, थ, झ, ञ, दे, दो, च, चि): स्वास्थ्य कमजाेर रहनेछ। खर्च र चुनौतीको समय रहेको हुँदा व्यवहारमा पनि सजग रहनुपर्ला। कामको चाप बढ्नेछ तर सानोतिनो समस्यामाले अल्झाउन सक्छ। अवसरको खोजीमा दौडधुप गर्नुपर्ला। आफ्नो श्रम परे पनि कामकाे प्रतिफलमाथि अरूले राज गर्नेछन्। साँझतिर स्थितिमा सुधार आउनेछ। उपलब्धिको स्रोत प्राप्त हुनेछ भने प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ।

तपाईको दिन शुभ रहोस्

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?

Gdzie zagrasz za grosze w najlepszym kasynie online z minimalnym zakładem?Nazywam się Marek Kowalski, jestem specjalistą w dziedzi...

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?

Gibt es einen Casino Bonus ohne Einzahlung für Sportwetten-Fans?Hallo, mein Name ist Lukas Schneider, und als Experte im Bereich O...

Bezpečné odhlášení z aplikace 22bet při krádeži telefonu: Jak na to?

Bezpečné odhlášení z aplikace 22bet při krádeži telefonu: Jak na to?Jmenuji se Martin Novák a dnes se podíváme na online kasino 22...

ICE Casino Treuepunkte gegen Bargeld tauschen: Tipps für den Shop

ICE Casino Treuepunkte gegen Bargeld tauschen: Tipps für den ShopMein Name ist Lukas Müller, und ich möchte Ihnen heute das ICE Ca...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×