काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सरकारबाट बाहिरिने निर्णय गरेको छ।
उक्त पार्टीको केन्द्रीय सदस्य र सांसदहरुको संयुक्त बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको हो। तर, सरकारलाई दिएको समर्थन भने कायमै राखेको छ।
यो निर्णयसँगै उक्त पार्टीबाट सरकारमा सहभागी मन्त्रीहरुले आजै प्रधानमन्त्री प्रचण्डसमक्ष राजीनामा दिँदैछन्।
अदालतको आदेशपछि पद गुमाएमा रास्वपका सभापति रवि लामिछानेले फेरि गृहमन्त्री बन्ने चाहना राखेका थिए। तर, त्यसमा प्रधानमन्त्री प्रचण्ड सहमत भएनन्।
प्रचण्डले लामिछानेलाई गृहको सट्टा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय लिन प्रस्ताव गरेका थिए, त्यो प्रस्ताव लामिछानेले स्वीकार गरेनन्।
गृह मन्त्रालय दिन रास्वपाको यसअघिको बैठकबाट सरकारलाई दिएको दुई दिनको ‘अल्टिमेटम’ शनिबार सकिएको थियो। त्यसपछि बसेको बैठक बिनानिष्कर्ष टुंगिएको थि...
२२ माघ २०७९, आईतवार ०८:२५२२ माघ २०७९, आईतवार ०८:२५२२ माघ २०७९, आईतवार ०८:२५ by एलिनाNo Comments
काठमाडौँ- पार्टीको बैठकअघि राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछानेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल गरेका छन् । आइतबार बिहान पार्टीको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्नुअघि प्रधानमन्त्री प्रचण्डलाई भेट्न लामिछाने बालुवाटार पुगेका थिए ।
प्रचण्डले गैरसांसद रहेकाले रविलाई गृह मात्रै होइन् अरु मन्त्री पनि अहिले बनाउन नसकिने बताएको बालुवाटार स्रोतले बताएको छ । प्रचण्डको कुराकानीपछि रवि रिसाउँदै अब आफ्नो पार्टी रास्वपा सरकारमा पनि बस्न नसक्ने भन्दै बालुवाटारबाट बाहिरिएका थिए ।
छलफलमा प्रचण्डले मन्त्री बनाउनेबारे राहदानीको मुद्धा टुंगिएपछि सोच्न सकिने बताएका थिए ।
सरकारमा बस्ने वा बाहिरिने भन्नेबारेमा निर्णय लिन रास्वपाको बैठक अहिले बसिरहेको छ ।...
१९ माघ २०७९, बिहीबार १२:२११९ माघ २०७९, बिहीबार १२:२११९ माघ २०७९, बिहीबार १२:२१ by एलिनाNo Comments
काभ्रेको नमोबुद्ध नगरपालिका-७ स्थित भकुण्डेमा बिहीबार बसको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ । नमोबुद्ध नगरपालिका वडा नं.७ स्थित बीसकिलोमा बनेपाबाट खार्पाचोक जाँदै गरेको बा २ ख ७३४२ नं को बसले दिउँसो साढे ३ बजेतिर ठक्कर दिँदा पैदलयात्री स्थानीय कृष्णबहादुर अधिकारीका ८ वर्षीया छोरी दिविसाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय काभ्रेका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपाने जानकारी दिए ।
उनका अनुसार, दुर्घटनापश्चात् आक्रोशित स्थानीयले बसमा आगजनी गरेका थिए । नमोबुद्ध नगरपालिकाको दमकल प्रयोग गरी आगो निभाइएको थियो ।
स्थानीयले करिब दुई घण्टादेखि बीपी राजमार्ग समेत अवरोध गरेको सूचना अधिकारी न्यौपानेले बताए ।...
१९ माघ २०७९, बिहीबार १२:०११९ माघ २०७९, बिहीबार १२:०११९ माघ २०७९, बिहीबार १२:०१ by एलिनाNo Comments
१९ माघ, जुम्ला । रवि लामिछानेलाई न्याय दिनुपर्ने भन्दै जुम्लामा एक युवकले आत्मदाहको प्रयास गरेका छन् ।
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ड्राइभरको रुपमा कार्यरत ४० वर्षीय गोकर्ण कार्कीले आफ्नै शरीरमा आगो लगाउने प्रयास गरेका हुन् ।
जिल्ला प्रशासन कार्यालय अगाडि शरीरमा पेट्रोल छर्किएका उनले लाइटर पार्ने प्रयास गर्दै गर्दा प्रहरीले उद्धार गरेको छ ।
प्रहरी निरीक्षक यामबहादुर बुढामगर भन्छन्, ‘ कुनै दुर्घटना हुन पाएन, थप प्रहरी अनुसन्धानबाट खुल्ला ।’...
२५ पुष २०७९, सोमबार ०२:३६२५ पुष २०७९, सोमबार ०२:३६२५ पुष २०७९, सोमबार ०२:३६ by एलिनाNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको न्यु भिजन ग्रुप दक्षिण कोरियाको जनावरी ८ तारिख को दिन दक्षिण कोरिया स्थित किम्हे सहरमा भएको तेश्रो अधिवेशन वाट जीवन शर्मा अध्यक्ष चयन हुनुभएको छ।
जिवन शर्माले सन्चालन गरेको न्यू भिजन ग्रुप दक्षिण कोरियाको कार्यवाहक संयोजक उत्तम लामिछानेको सभापतित्वमा आयोजित कार्यक्रममा NRNA का वरिष्ठ उपाध्यक्ष सन्जिभ राइ प्रमुख अतिथि तथा किम्हे बुसान क्षेत्रका विभिन्न संघसंस्थाहरु को प्रतिनिधि हरुको अतिथित्वमा सम्पन्न तेश्रो अधिवेशन वाट तेस्रो कार्यसमितिमा जीवन शर्माको अध्यक्षतामा वरिष्ठ उपाध्यक्षमा तगेन राई उपाध्यक्षमा साजन थापा, महासचिवमा आशिष शाह ठकुरी,सचिवमा रमेश श्रेष्ठ ,कोषाध्यक्षमा मोहन अधिकारी सहकोषाध्यक्षमा प्रकाश गिरी, र सदस्यहरुमा दोस्तिहाङ राई, शंकर पौडेल ,शुशिल अर्य...
११ पुष २०७९, सोमबार १३:५६११ पुष २०७९, सोमबार १३:५६११ पुष २०७९, सोमबार १३:५६ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ,दक्षिण कोरिया: “युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको न्यु भिजन ग्रुप दक्षिण कोरियाको तेश्रो अधिवेशन जनावरी ८ तारिख को दिन दक्षिण कोरिया स्थित किम्हेमा गर्ने भएको छ।
नेपालबाट विभिन्न पेशा व्यवसाय तथा रोजगारीको शिलशिलामा दक्षिण कोरियामा रहेका स्वच्छ तथा परोपकारी युवाहरु समूह भइ सामाजिक कार्यहरुमा लागि बनाएको ग्रुपले विभिन्न सामाजिक गतिबिधीहरुमा सक्रिय रुपमा नेपालमा र कोरियामा सहकार्य र समन्वय गर्दै आएको छ। त्यस्तै कोरियामा आपतविपत परेका नेपालीहरुलाई सहयोग गर्दै आएको छ भने नेपालमा दैवीप्रकोप ,प्रकितिक प्रकोप साथै अहिलेको कोरोना लहरमा पनि नेपालको लागि स्वास्थ्य सामग्री सहयोग गर्नु को साथै भर्चुअल स्वास्थ्य परामर्श कार्यक्रम हरु पनि गर्दै आएको छ।
ग्रुपले गरेको केहि कार्यहरुको तस्बिर:
तेश्रो अधिवेशन ...
११ पुष २०७९, सोमबार १३:११११ पुष २०७९, सोमबार १३:११११ पुष २०७९, सोमबार १३:११ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: BLUE LION FC SOUTH KOREA ले कोरिया स्थित 서울 सहरको को Subway line 4 성신여대입구 exit 1(뜻밖의 극장) मा कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन मिति JANUARY 21 तारिख मा प्रदर्शन गर्न लागेको नेपाली कथानक चलचित्र (SOUL OF THE COMMANDO) Seoul show को प्रचारप्रसार तिब्र गतिमा भइरहेको छ।
'हरेक देशको लागि कमान्डो हो भन्ने सन्देश दिएर बनाइएको चलचित्र SOUL OF THE COMMANDO "सम्पूर्ण चलचित्र प्रेमि हरु लाई कोरोना महामारिको लामो समयदेखिको नियमित काम,थकान र तनावबाट केहि समयको लागि भए पनि मुक्त हुन र एक आपसमा आपसी एकता सद्भाव र भाइचारा समृद्धिका लागि पनि यो चलचित्र प्रदर्शन कार्यक्रम बलियो माध्यम बन्ने आशाका साथ चलचित्र हेर्न को लागि उपस्थितीका लागि कार्यक्रम संयोजक बालु हाङ राइले हार्दिक अनुरोध गरेको छ।
दिउसो २:०० बजे सुरु हुने सो को हल 서울특별시 성북구 동소문로 20 이길 27 (뜻밖의 극장) रहेको ...
१० पुष २०७९, आईतवार १४:२३१० पुष २०७९, आईतवार १४:२३१० पुष २०७९, आईतवार १४:२३ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/ दक्षिण कोरिया: ""प्रवासी भूमिमा बाग्लुङेहरुको एकता,सामाजिक कार्यमा सबैको सहभागिता ,आपतकालिन अवस्थामा बाग्लुङ समाजको आवश्यकता" भन्ने मुलनारा लिएर २००१ मा कोरियामा रहेका बाग्लुङेली बासि हरु मिलेर स्थापना भएको बाग्लुङ समाज दक्षिण कोरियाको २०१९ मा स्थापित थेगु शाखाको दोस्रो अधिबेशन सम्पन्न भएको छ ।
बाग्लुङ समाज दक्षिण कोरिया(थेगु शाखा) को दोश्रो अधिबेसन प्रत्यक्ष उपस्थित थेगु शहरमा गरेर सम्पन्न भएको छ। अधिवेशनबाट सर्वसम्मत रुपमा ज्ञानू श्रीस मगरलाइ अध्यक्ष र सचिबमा हिमशिखर भण्डारी चयन गरेको छ ।बाग्लुङ समाज दक्षिण कोरिया (थेगु शाखाको) अध्यक्ष ज्ञानु श्रीस मगरको अध्यक्षतामा आयोजित उक्त कार्यक्रममा अन्तरास्ट्रिय बाग्लुङ समाजका महासचिव प्रेमसागर पौडेल प्रमुख अतिथि तथा बागलुङ समाज दक्षिण कोरियाका वरिष्ठ उपाध्यक्ष भुमिराज भुसाल विशेष अतिथि थिए । लोक दोहोरी प्रतिष्ठान का संरक्षक तथा...
८ पुष २०७९, शुक्रबार १०:३०८ पुष २०७९, शुक्रबार १०:३०८ पुष २०७९, शुक्रबार १०:३० by एलिनाNo Comments
विशाल श्रेष्ठ, दक्षिण कोरिया : NEPKOR ENTERTAINMENT को आयोजनामा कोरियन नयाँ वर्ष सलनालको दोश्रो दिन जनवरी २२ तारिख कोरियामा बसोबास गर्ने सम्पुर्ण पार्टि लभर लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ ""NEPKOR NIGHT PARTY"नेपालको चर्चित र्यापर DONG को साथमा राजधानी सउलमा हुने भएको छ।
अहिले नेपहपका चर्चित ऱ्यापर महेश दोङ AKA DONG को साथमा कोरियामा रहेको चर्चित DJ RX / DJ BIT/ DJ MAEG ले मनोरञ्जन दिने नाइट पार्टी को opening act कोरियामा रहेको र्यापर द्वय बिक्रम लामा, DORZ JOJO ले दिने भएको छ। NAMDUNG र ALOYNA HARA ले सन्चालन गर्ने "NEPKOR NIGHT PARTY"युवा पुस्ताको र्याप गीतप्रतिको बढ्दो क्रेजलाई लक्षित गर्दै कार्यक्रम मार्फत नेपालीहरुको एकता र बन्धुत्वको भावना अझ मजबूत बनाउने उद्धेश्यले सो कार्यक्रम आयोजना गरिएको आयोजकले जनाईएको छ । कोरोनाको कारण दुई वर्ष यता प्रत्यक्ष कार्यक्रम गर्न ...
७ पुष २०७९, बिहीबार १३:१२७ पुष २०७९, बिहीबार १३:१२७ पुष २०७९, बिहीबार १३:१२ by एलिनाNo Comments
काठमाडौं, २५ मंसिर । नेपाली कांग्रेसभित्र संसदीय दलको नेताको चुनाव हुने तयारी सुरु भएको छ । सभापति शेरबहादुर देउवा आँफै दलको नेता बन्नेगरि आन्तरिक गृहकार्यमा जुटेको बेला शेखर कोइराला समूहले पनि यसबारेमा छलफल थालेको छ । पछिल्लो समय उक्त समूहबाट दलको नेतामा महामन्त्री गगनकुमार थापाले इच्छा देखाएका छन् । उनले चुनावअघि नै आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका थिए ।
चुनाव सकिएलगत्तै पनि उनी दलको नेताको चुनावको लागि गृहकार्यमा जुटेका छन् । थापालाई वरिष्ठ नेता शेखर कोइरालाको साथ रहने वा नरहने भन्नेबारे चर्चा भैरहेको बेलामा उक्त समूहबाट शेखरलाई नै दलको नेता बन्न दबाब सिर्जना भएको छ । यसैबीच कोइराला समूहले आज संसदीय दलको नेतामा कसलाई अघि सार्ने भन्ने विषयमा छलफल थालेको छ।
अहिले काठमाडौंमा उक्त समूहका सांसदहरुको बैठक बसिरहेको छ । कतिपयले शेखरले दलको नेतामा गगनलाई समर्थन नगर्ने पनि च...