दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकका हकहित र अधिकार सम्बन्धी समस्यामा नेपाल राजदूतावास, सिओलले अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ।
दूतावासले नेपाली श्रमिकहरूले काम गर्ने कम्पनी वा स्थानमा हुने श्रम शोषण, आर्थिक शोषण, ठेक्का (Contract) विपरीतको व्यवहार, तलब बक्यौता (wage arrears) लगायतका गुनासा भएमा तुरुन्तै जानकारी दिन आग्रह गरेको छ।
विशेषगरी, श्रमिकहरूले मानव अधिकार उल्लंघनसँग सम्बन्धित घटना वा अन्य समस्या भोग्दै आएका छन् भने, सम्बन्धित कम्पनीको नाम, कामको प्रकार, समस्या विवरणसहित जानकारी दूतावासको आधिकारिक इमेल ठेगानामा पठाउन भनिएको छ।
श्रमिकहरूले आफूले भोगिरहेको समस्या आगामी आइतबार, ७ सेप्टेम्बर २०२५ भित्रै
eonseoul@mofa.gov.np वा labourkorea@mofa.gov.np मा इमेलमार्फत बुझाउन सक्ने व्यवस्था गरिएको दूतावासले स्पष्ट पारेको छ।
नेपाल राजदूतावासले सबै नेपाली श्रमिकलाई आफ्...
६ भाद्र २०८२, शुक्रबार ०४:४०६ भाद्र २०८२, शुक्रबार ०४:४०६ भाद्र २०८२, शुक्रबार ०४:४० by एलिनाNo Comments
दक्षिण कोरियाको इन्छनमा घटेको एक रहस्यमयी घटनाले प्रहरीसमेत शंकाको घेरामा पारेको छ।
अगस्ट २० तारिख दिउँसो करिब २ बजे इन्चोन शहरको नामदोंगुस्थित एक भिलामा ५० वर्षीय पुरुष ए씨 मृत अवस्थामा भेटिएका थिए। प्रारम्भिक खबर अनुसार उनलाई श्वास नचल्ने अवस्थामा फेला पारिएपछि दमकल टोली घटनास्थल पुगेको थियो। तर घटनास्थलमै उनको मृत्यु भइसकेको पुष्टि भएपछि प्रहरीले लिएको थियो।
तर, घटनास्थलमा मृतकले लगाएको २० तोला बराबरको सुनको हार (बजार मूल्य झन्डै १ करोड १० लाख वोन) गायब भएको तथ्य बाहिर आएपछि थप रहस्य गहिरिएको छ।
नामदोंग प्रहरीको पहिलो प्रतिवेदन अनुसार, घटनास्थलमा खिचिएको प्रारम्भिक फोटोमा मृतकको शरीरमा सो सुनको हार प्रष्टै देखिन्छ। तर केही बेरपछि इन्चोन प्रहरीको अनुसन्धान टोलीले खिचेका तस्बिरमा भने हार देखिँदैन।
यसपछि घटनास्थलमै रहेका प्रहरीहरूले आपसमा नै एक–अर्काको शारीरिक खानतलासीसमेत गरेका...
२८ श्रावण २०८२, मंगलवार ०३:४५२८ श्रावण २०८२, मंगलवार ०३:४५२८ श्रावण २०८२, मंगलवार ०३:४५ by एलिनाNo Comments
सौलस्थित नेपाली दूतावासले आज एक सूचना प्रकाशित गर्दै आगामी १५ अगस्ट २०२५ (शुक्रबार) का दिन दूतावास बन्द रहने जनाएको छ। सो दिन कोरियामा “National Liberation Day of Republic of Korea” सार्वजनिक बिदा पर्ने भएकाले दूतावासका सबै सेवा स्थगित हुने सुचनामा जनाइएको छ ।
सूचना अनुसार, सामान्यतया हरेक शुक्रबार दिउँसो ३ बजे खुल्ने e-Passport Online Pre-enrollment Form सेवा यसपटक एक दिन अघि १४ अगस्ट बिहीबार दिउँसो ३ बजे नै सञ्चालन गरिनेछ ।
यस्तै, सेवाग्राहीहरूको गुनासो लाई मध्यनजर गर्दै शुक्रबार ३ बजे खोलिने फर्म अब देखी e-Passport Online Pre-enrollment Form शुक्रबार दिनको ५ बजे मात्र खोलिने दूतावासले जनाएको छ।...
२२ श्रावण २०८२, बुधबार ०७:०३२२ श्रावण २०८२, बुधबार ०७:०३२२ श्रावण २०८२, बुधबार ०७:०३ by एलिनाNo Comments
दक्षिण कोरियामा एक जना 택배 चालक (कुरियर ड्राइभर) को मासिक आम्दानी ८० लाखदेखि १ करोड वोनसम्म पुगेको समाचारले सबैलाई चकित बनाएको छ।
१२ वर्षदेखि CJ대한통운 मा कार्यरत A씨 नाम गरेका ती चालक अहिले हप्तामा ६२ घण्टा काम गर्छन्। तर यो सामान्य मेहनत होइन —उनले डेलिभरीसँगै सामान संकलन पनि गर्छन्। अनि त्यही मेहेनतले उनलाई महिनाको औसत ९३ लाख वोन कमाइको स्तरमा पुर्याएको छ।
अझ अचम्म त के भने — खर्चपानी कटाएर पनि उनले ९० लाख वोनजति घर लैजाने गरेको बताइएको छ।
यो सब त्यत्तिकै भएन। सुरुमा व्यवसायमा असफल भएका उनी, जीवनलाई नयाँ मोड दिन ‘कुरियर’ बने। अनि एक वर्षमै आफ्नै निजी गाडी किनेर काम गर्न थालेपछि त कमाइ झनै चुलिएको हो।
सामान्य कामजस्तो देखिए पनि यो कथा बुझाउँछ —
कोरियामा अवसर छ, तर त्यसलाई च्याप्न सक्ने आँट र अक्कल चाहिन्छ।...
१६ श्रावण २०८२, बिहीबार ०५:५६१६ श्रावण २०८२, बिहीबार ०५:५६१६ श्रावण २०८२, बिहीबार ०५:५६ by एलिनाNo Comments
गैर-आवासीय नेपाली संघ (NRNA) कोरियाको विवाद झनै चुलिँदै गएको छ। हालै सामाजिक सञ्जाल फेसबुक म्यासेन्जरमार्फत भएको एक संवाद सार्वजनिक भएपछि सनसनी फैलिएको छ। उक्त संवादमा केन्द्रमा महेश श्रेष्ठ अध्यक्ष रहेको NRNA कोरियाका अध्यक्ष बिपिन कुमार गुरुङले युगल थेगिमलाई सिधै धम्की दिएको देखिन्छ। केही दिनअघि सामाजिक सन्जाल फेसबुकको कमेन्टमा युगलले बिपिन कुमार गुरुङको 𝗡𝗥𝗡𝗔 लाई बैधानिक NRNA भन्न नमिल्ने चुनाव हारेर नयाँ NRNA खोली अध्यक्ष भको भन्ने जस्ता आरोप लगाएका थिए ।
सोही कुरा बाट चिडिएर गुरुङले थेगिमलाई धम्किपूर्ण सन्देश दिएको पाइएको छ। के थियो धम्कीपूर्ण सन्देशमा?
बिपिन गुरुङले थेगिमलाई पठाएको म्यासेजमा लेखिएको छ:
“NRNA भन्ने के हो तिमीलाई थाहा छ? असल NRNA अभियानमा को हो कता के हो भन्ने कुरा बुझेरै लेख्नू गर। युगल भाइ जीत हारको कुरा मात्र थाहा छ। तिमीलाई एकता महाधिवेशनबाट अभियान्ता शेष...
१५ श्रावण २०८२, बुधबार ०७:१७१५ श्रावण २०८२, बुधबार ०७:१७१५ श्रावण २०८२, बुधबार ०७:१७ by विशाल श्रेष्ठNo Comments
एनआरएनए दक्षिण कोरियाका निवर्तमान अध्यक्ष बुद्धि गुरुङले अघिल्लो कार्यसमितिमाथि सार्वजनिक रूपमा लगाइएको करिब ₩१० करोड कोरियन वन हिनामिनाको आरोपलाई “निराधार, भ्रामक र नियोजित प्रपञ्च” को संज्ञा दिएका छन्। उनले सामाजिक सञ्जालमार्फत सार्वजनिक रूपमा प्रतिक्रिया दिंदै भने, “संघ कुनै नाफामुखी संस्था होइन। हाम्रा सम्पूर्ण गतिविधिहरू पारदर्शी ढंगले र विधिसम्मत रूपमा सञ्चालित भएका छन्।”
उनले ती आरोपहरूलाई सिधा शब्दमा “गैरजिम्मेवार, तथ्यविहीन र समुदायलाई भ्रमित पार्ने षड्यन्त्र” भन्दै कडा खण्डन गरेका छन्। “कसैसँग प्रमाण छ भने ल्याओस्, म त्यो रकमको १० गुणा फिर्ता दिन कानुनी रूपमा तयार छु,” भन्दै उनले चुनौती समेत दिएका छन्।
गुरुङका अनुसार अघिल्लो कार्यकालमा हस्तान्तरण गरिएको रकम (₩१४ करोड ४४ लाख) र हालको बाँकी कोषबीच देखिएको फरक संघको विविध कार्यक्रम, अधिवेशन सञ्चालन, सहयोग र सेवा अभियानहरूमा खर...
१३ श्रावण २०८२, सोमबार १३:३७१३ श्रावण २०८२, सोमबार १३:३७१३ श्रावण २०८२, सोमबार १३:३७ by एलिनाNo Comments
कोरियाको किम्हेमा रहेर नेपाली महिलाहरूको आवाज बन्दै अघि बढिरहेको संस्था सिस्टरहुड कोरियाले आफ्नो दोस्रो ऐतिहासिक अधिवेशन–२०२५ भव्य रूपमा सम्पन्न गरेको छ।
जुलाई २७ मा न्यू लिटिल इन्डिया रेस्टुरेन्टको सभाहलमा सम्पन्न अधिवेशनबाट विष्णु पाण्डेय पुनः अध्यक्षमा चयन हुँदै १२ सदस्यीय तेस्रो कार्यसमिति सर्वसम्मत गठन गरिएको हो।
वरिष्ठ उपाध्यक्षमा सरिता बरुवाल, उपाध्यक्षहरूमा रोजा गुरुङ र शान रायमाझी, सचिवमा स्मृति अधिकारी, सह–सचिवमा एलिजा क्षेत्री, कोषाध्यक्षमा रमा शर्मा (अधिकारी), सह–कोषाध्यक्षमा शोभा दुलाल, र सदस्यहरूमा राधा गुरुङ, ममिता तिम्सिना, रिनि राई र पनिका गुरुङ रहेका छन्।
“Together We Can” भन्ने नारासहित सन् २०१८ मा स्थापना भएको सिस्टरहुड कोरियाले कोरियाको बुसान, किम्हे, मासान, छाङ्वनलगायत क्षेत्रमा रहेका नेपाली महिलाहरूलाई संगठित गर्दै सामाजिक, साँस्कृतिक र परोपकारी क्षेत्रमा नि...
१३ श्रावण २०८२, सोमबार ०८:१९१३ श्रावण २०८२, सोमबार ०८:१९१३ श्रावण २०८२, सोमबार ०८:१९ by एलिनाNo Comments
अब दक्षिण कोरियामा सामान किन्दा नगद वा कार्ड नचलिए पनि हुन्छ। केवल अनुहार देखाएरै पैसा तिर्न मिल्ने सुविधा फैलिँदैछ।
यो प्रविधिलाई “Pay by Face” भनिन्छ। यसमा तपाईंले कार्ड, मोबाइल, वा QR को आवश्यकता पर्दैन — क्यामेराले तपाईंको अनुहार चिन्न्छ र भुक्तानी सकिन्छ।
सुरुमा Shinhan Card ले सन् २०१९ मा आफ्नै अफिसको क्यान्टिन र केही क्याफेहरूमा यो सेवा सुरू गरेको थियो। पछि यो विश्वविद्यालय र सुपरमार्केट हरूमा पनि विस्तार गरिएको थियो। तर, पहिले अनुहार दर्ता गर्न बैंक जानुपर्ने झण्झट र गोपनीयता (प्राइभेसी) को डरले धेरैले यो प्रयोग गरेनन्।
तर अहिले भने Naver Pay र Toss जस्ता ठूला मोबाइल एपहरूले यो सेवा दिन थालेका छन्। अब एपमै अनुहार दर्ता गर्न मिल्ने भएकोले प्रयोग गर्न सजिलो भएको छ।
यो सेवा अहिले जसले प्रविधि मन पराउँछन्, खासगरी युवाहरू माझ लोकप्रिय बन्दैछ।
अब कोरियामा बस्ने हामी नेपाली...
९ श्रावण २०८२, बिहीबार ०७:४१९ श्रावण २०८२, बिहीबार ०७:४१९ श्रावण २०८२, बिहीबार ०७:४१ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज :गैर–आवासीय नेपाली संघ (एनआरएनए) दक्षिण कोरियाको नयाँ कार्यसमिति चयनको प्रक्रियाअन्तर्गत अध्यक्ष पदमा मात्र निर्वाचन हुने पक्का भएको छ। आगामी कार्यकाल (२०२५–२०२७) का लागि नेतृत्व चयन गर्न लागिएको एनआरएनए कोरियाको १०औं महाधिवेशनमा अधिकांश पदमा उम्मेदवार निर्विरोध चयन भएका छन्।
अध्यक्ष पदका लागि प्रारम्भमा उम्मेदवारी दिएका बुद्धि गुरुङले उम्मेदवारी फिर्ता लिएपछि अब पार्वती मोक्तान र हरि भट्टराई बीच प्रतिस्पर्धा हुने भएको छ।
त्यस्तै, वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार सुनिल कान्दाङवा लिम्बु र महासचिव पदका उम्मेदवार दिपक के.सी. ले पनि उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ। त्यसअनुसार अन्य सबै पदमा उम्मेदवारहरू निर्विरोध चयन भएका छन्।
एनआरएनए कोरियाको नेतृत्व चयनलाई लक्षित गर्दै उम्मेदवारहरूबीच भएको प्रचारप्रसार, दौडधुप र अन्तिम समयमा आएका उम्मेदवारी फिर्ताले चुनावी...
९ श्रावण २०८२, बिहीबार ०४:२७९ श्रावण २०८२, बिहीबार ०४:२७९ श्रावण २०८२, बिहीबार ०४:२७ by विशाल श्रेष्ठNo Comments
सिओल, दक्षिण कोरिया – आगामी गैरआवासीय नेपाली संघ (NRNA) कोरिया २०२५–२०२७ कार्यकालको निर्वाचनलाई लक्षित गर्दै समाजसेवी पार्वती मोक्तानले अध्यक्ष पदको लागी उम्मेद्वारी दिसक्नुभएको छ्।
उहाँले कोरियामा रहनु भएका सम्पूर्ण नेपाली समुदायसँग भावनात्मक अपील गर्दै भन्नुभयो:
“सानो निर्णयले ठूलो परिवर्तन सम्भव हुन्छ। अब गहिरिएर सोच्ने समय आएको छ। तपाईंको अमूल्य मत समाज परिवर्तनको कोसेढुंगा बन्न सक्छ।”
पार्वती मोक्तानले आफू एकता, पारदर्शिता र सेवामूलक नेतृत्व प्रदान गर्न प्रतिबद्ध रहेको बताउँदै, NRNA कोरियालाई सबै प्रवासी नेपालीहरूको साझा संस्था बनाउने संकल्प व्यक्त गरेकी छन्।
उहाँको भनाइमा:
“अवसर खोज्ने र भाषण गर्ने धेरै छन्, तर इमानदारीपूर्वक काम गर्ने नेतृत्वको खाँचो अझै छ। त्यसैले म तपाईंहरूको साथ र समर्थनको अपेक्षा गर्छु।”
मतदाताहरूलाई आह्वान गर्दै उहाँले आग्रह गर्नुभयो कि:
“आफ्नो वि...