“संगठित समूह नै परदेशको सहारा हो” भन्ने मूल नाराका साथ सन् २००८ मा स्थापित कास्की परिवार दक्षिण कोरियाको आठौं अधिवेशन गत २०२५ अक्टोबर ५ आईतवार का दिन दक्षिण कोरियाको सउलस्थित दोङ्देमुन नमस्ते रेस्टुरेन्ट सभाहलमा भव्यरूपमा सम्पन्न भएको छ।
कोरियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा डा. प्रदीप अधिकारी संयोजक अनी खोम प्रसाद गुरुङ र राजेश सुवेदी सदस्य रहेका निर्वाचन मण्डलले सन्तोष गुरुङको नेतृत्वमा नवौं कार्यसमिति चयन गरिएको हो।
नव–निर्वाचित कार्यसमिति (२०२५–२०२७):
• अध्यक्ष: सन्तोष गुरुङ
• वरिष्ठ उपाध्यक्ष: कपिल अधिकारी
• महिला उपाध्यक्ष: सन्जना परियार
• उपाध्यक्षहरू: अमर थापा मगर, पोम गुरुङ
• महासचिव: चिरञ्जीवी के.सी.
• सचिव: बिक्रम के.सी.
• कोषाध्यक्ष: सि.बी. कार्की
• सह–कोषाध्यक्ष: लिला गुरुङ
सदस्यहरू:
मिलन लामिछाने, बद्री अधिकारी, टाइम बराल, सुवास शाही ठकुरी, अनुप गुरुङ, आईसा परियार, समीर बराल, ध्रुव गुरुङ, सुवास गुरुङ
कार्यक्रममा उपस्थित अतिथिहरूले नवनिर्वाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिएका थिए।
त्यसैगरी, अघिल्लो (आठौं) कार्यसमितिले “माछापुच्छ्रे सांगीतिक सौगात” जस्ता महत्वपूर्ण कार्यक्रम सम्पन्न गरी सफल कार्यकाल पूरा गरेको भन्दै तत्कालीन अध्यक्ष सन्तोष पौडेल नेतृत्वको समितिलाई धन्यवाद व्यक्त गरिएको छ।











