दक्षिण कोरियाको 강원도 원주시 मा कार्यरत एक नेपाली श्रमिकको औद्योगिक दुर्घटनामा परी मृत्यु भएको छ।
मृतक केहरसिंह छन्त्याल, स्थायी घर बागलुङ, नेपालका हुन्। उनी कार्यरत कम्पनीमा फोर्कलिफ्टले च्यापिँदा उनी गम्भीर घाइते भएका र घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
दुर्घटना 강원도 원주시 소초면 도도리길 98 मा रहेको कम्पनी परिसरभित्र भएको हो।छन्त्याल गत आठ वर्षदेखि दक्षिण कोरियामा कार्यरत रहेका थिए।
घटनास्थलमा पुगेका प्रतिनिधिहरूका अनुसार, मृतकको शव प्रहरी आएर लैसकेको र प्रारम्भिक बुझाइ अनुसार एक जना कोरियन व्यक्ति पनि त्यहाँ उपस्थित रहेका थिए।
घटनाको प्रकृति हेर्दा केही शंकास्पद पक्षहरू पनि देखिएको घटनास्थलमा पुगेका हरुले बताएका छन।
यसबाहेक, घटना भएको वरिपरि CCTV क्यामेरा नभएको कारणले दुर्घटना कसरी र किन भयो भन्ने विषयमा अझै स्पष्टता नआएको र सबै पक्ष अनविज्ञ अवस्थामै रहेको बताइएको छ।
गायन र वाद्यवादनप्रति रुचि भएका छन्त्याल कोरियास्थित राष्ट्रिय लोकदोहोरी प्रतिष्ठानका सक्रिय सदस्य थिए। विभिन्न सांगीतिक र सांस्कृतिक कार्यक्रममा उनी सक्रिय सहभागिता जनाउने गर्थे।
घटनाबारे NRNA, दक्षिण कोरियास्थित नेपाली दूतावास र MTU (Migrant Trade Union) का अध्यक्षलाई पनि आधिकारिक रूपमा जानकारी गराइएको छ।
यो जानकारी वोन्जु मुन्माक समाजका अध्यक्ष बोम्जन गुरुङले दिएका हुन्।











