दक्षिण कोरियाको 강원도 원주시 मा कार्यरत एक नेपाली श्रमिकको औद्योगिक दुर्घटनामा परी मृत्यु भएको छ।
मृतक केहरसिंह छन्त्याल, स्थायी घर बागलुङ, नेपालका हुन्। उनी कार्यरत कम्पनीमा फोर्कलिफ्टले च्यापिँदा उनी गम्भीर घाइते भएका र घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
दुर्घटना 강원도 원주시 소초면 도도리길 98 मा रहेको कम्पनी परिसरभित्र भएको हो।छन्त्याल गत आठ वर्षदेखि दक्षिण कोरियामा कार्यरत रहेका थिए।
घटनास्थलमा पुगेका प्रतिनिधिहरूका अनुसार, मृतकको शव प्रहरी आएर लैसकेको र प्रारम्भिक बुझाइ अनुसार एक जना कोरियन व्यक्ति पनि त्यहाँ उपस्थित रहेका थिए।
घटनाको प्रकृति हेर्दा केही शंकास्पद पक्षहरू पनि देखिएको घटनास्थलमा पुगेका हरुले बताएका छन।
यसबाहेक, घटना भएको वरिपरि CCTV क्यामेरा नभएको कारणले दुर्घटना कसरी र किन भयो भन्ने विषयमा अझै स्पष्टता नआएको र सबै पक्ष अनविज्ञ अवस्थामै रहेको बताइएको छ।
गायन र वाद्...
५ कार्तिक २०८२, मंगलवार ००:५१५ कार्तिक २०८२, मंगलवार ००:५१५ कार्तिक २०८२, मंगलवार ००:५१ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियास्थित गैर–आवासीय नेपाली संघ (NRNA NCC Korea) भित्रको आन्तरिक विवादले अहिले नयाँ मोड लिएको छ।
महासचिव अजय सोडारी (पूर्णबहादुर वुढा) लाई पदमुक्त गर्ने निर्णय सार्वजनिक भएपछि, त्यसै दिन राती सोडारी पक्षबाट जारी गरिएको प्रेस विज्ञप्तिले संघको नेतृत्वमाथि नै ठूलो प्रश्न उठाएको छ।
सोडारीले विज्ञप्तिमार्फत अध्यक्ष विपिन कुमार गुरुङ र सचिव टार्जन बान्तवा राइ माथि संघको कोष दुरुपयोग, पदाधिकारी र सदस्यहरूलाई धम्की दिने, र संघलाई व्यक्तिगत तथा व्यावसायिक फाइदाको माध्यम बनाउने आरोप लगाएका छन्।
विज्ञप्तिमा भनिएको छ — “अध्यक्ष गुरुङले कार्यसमितिका सदस्यहरूलाई हप्काउँदै–धम्क्याउँदै अवैधानिक रूपमा पत्र लेख्न लगाएका छन्, जुन संघको आचारसंहिताविपरीत छ।”
सोडारीको पक्षले कारबाहीलाई “नाटकपूर्ण, असंवैधानिक र हतास मानसिकताको उपज” भन्दै त्यसको खारेजी माग गरेको छ। उनी केही समयअघि नेपाल फर्किए...
२३ आश्विन २०८२, बिहीबार ०९:०७२३ आश्विन २०८२, बिहीबार ०९:०७२३ आश्विन २०८२, बिहीबार ०९:०७ by एलिनाNo Comments
दक्षिण कोरियामा नेपाली समुदायबीच अत्यधिक लोकप्रिय बनिरहेको मैत्रीपूर्ण भलिवल प्रतियोगिता “रेसुङ्गा कप–२०२५” आइतबार, अक्टोबर ५ मा भव्य रूपमा सम्पन्न भएको छ। नेपाल भलिवल संघ, दक्षिण कोरियाको समन्वयमा गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आयोजना गरेको यो प्रतियोगिता “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान, राष्ट्रिय खेल भलिवल बचाउ हाम्रो अभियान” भन्ने मूल नाराका साथ सुवोनस्थित आजु युनिभर्सिटी (Ajou University) को भलिवल स्टेडियममा सम्पन्न भएको हो।
प्रतियोगितामा विभिन्न जिल्लाका समुदाय समितिहरूबीच रोमाञ्चक प्रतिस्पर्धा भएको यस संस्करणको विजेता बन्न सफल भएको छ गुल्मी सम्पर्क समिति दक्षिण कोरिया, जसले उपाधिसँगै नगद २५ लाख ५५ हजार ५५५ वोन, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।
त्यस्तै उपविजेता बन्न सफल भएको सुदूरपश्चिम समाज दक्षिण कोरियाले १५ ल...
२३ आश्विन २०८२, बिहीबार ०५:५६२३ आश्विन २०८२, बिहीबार ०५:५६२३ आश्विन २०८२, बिहीबार ०५:५६ by एलिनाNo Comments
दक्षिण कोरियामा हरेक वर्ष अक्टोबर ९ तारिखका दिन “कोरियन लिपी दिवस” (한글날 / Hangeul Day) विभिन्न कार्यक्रमहरूका साथ भव्य रूपमा मनाइन्छ। यो दिन कोरियाली लिपि हाङ्गुल को आविष्कार र प्रयोगको सुरुवात भएको सम्मानमा मनाउने गरिन्छ।
इतिहासअनुसार, सन् १४४३ मा राजा सेजोंग महान् (세종대왕) र उनका विद्वानहरूको टोलीले आम जनताका लागि सजिलो र बुझ्न सकिने लेखन प्रणालीको रूपमा “हाङ्गुल” लिपिको विकास गरेका थिए। त्यसअघि कोरियालीहरू आफ्नो विचार चिनियाँ अक्षरहरूमा व्यक्त गर्थे, जुन जटिल र सामान्य जनताका लागि कठिन थियो।
हाङ्गुलको मूल नाम “훈민정음 (Hunmin Jeongeum)” हो, जसको अर्थ हुन्छ — “जनताका लागि सही ध्वनिहरू।”
सन् १४४३ मा राजा सेजोंग महान् (세종대왕) र उनका विद्वानहरूको टोलीले आम जनताका लागि सजिलो र बुझ्न सकिने लेखन प्रणालीको रूपमा हाङ्गुलको विकास गरेका थिए।
ती अक्षरहरू यसरी बनाइएका थिए कि बोल्दा मुख, जिब्रो...
२० आश्विन २०८२, सोमबार १३:०९२० आश्विन २०८२, सोमबार १३:०९२० आश्विन २०८२, सोमबार १३:०९ by एलिनाNo Comments
धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङको नेतृत्वमा सञ्चालन हुँदै आएको “Harka Sampang: A Revolution” अभियान अब विदेशमा समेत फैलिन थालेको छ। सोही अभियानअन्तर्गत दक्षिण कोरियाको राजधानी सिओलमा पहिलो संगठन निर्माण कार्यक्रम सम्पन्न भएको छ।
“चेतना र पसिना, औजार र विचारको क्रान्ति” भन्ने नाराका साथ अघि बढाइएको अभियानको कोरियास्थित संगठन गठन कार्यक्रम पूर्वी नेपाल समाजको सभाहल, दोङ्देमुन गेट नं. ३ मा आज (अक्टोबर ६) विशेष रूपमा सम्पन्न भएको हो।
कार्यक्रममा विभिन्न क्षेत्र र सहरबाट श्रम, सेवा र राष्ट्रिय भावना बोकेर आएका नेपालीहरूले “हामी जुट्ने छौं, हामी उठ्ने छौं, श्रमको पसिना बगाउने छौं” भन्ने उत्साहका साथ सहभागिता जनाएका थिए।
कार्यक्रममार्फत चन्द्रहाङ राईको नेतृत्वमा २१ सदस्यीय कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ।
नवनिर्वाचित कार्यसमिति:
• अध्यक्ष: चन्द्रहाङ राई
• वरिष्...
१९ आश्विन २०८२, आईतवार १२:२४१९ आश्विन २०८२, आईतवार १२:२४१९ आश्विन २०८२, आईतवार १२:२४ by एलिनाNo Comments
“संगठित समूह नै परदेशको सहारा हो” भन्ने मूल नाराका साथ सन् २००८ मा स्थापित कास्की परिवार दक्षिण कोरियाको आठौं अधिवेशन गत २०२५ अक्टोबर ५ आईतवार का दिन दक्षिण कोरियाको सउलस्थित दोङ्देमुन नमस्ते रेस्टुरेन्ट सभाहलमा भव्यरूपमा सम्पन्न भएको छ।
कोरियामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थितिमा डा. प्रदीप अधिकारी संयोजक अनी खोम प्रसाद गुरुङ र राजेश सुवेदी सदस्य रहेका निर्वाचन मण्डलले सन्तोष गुरुङको नेतृत्वमा नवौं कार्यसमिति चयन गरिएको हो।
नव–निर्वाचित कार्यसमिति (२०२५–२०२७):
• अध्यक्ष: सन्तोष गुरुङ
• वरिष्ठ उपाध्यक्ष: कपिल अधिकारी
• महिला उपाध्यक्ष: सन्जना परियार
• उपाध्यक्षहरू: अमर थापा मगर, पोम गुरुङ
• महासचिव: चिरञ्जीवी के.सी.
• सचिव: बिक्रम के.सी.
• कोषाध्यक्ष: सि.बी. कार्की
• सह–कोषाध्यक्ष: लिला गुरुङ
सदस्यहरू:
मिलन लामिछाने, बद्री अधिका...
२० भाद्र २०८२, शुक्रबार ०९:३१२० भाद्र २०८२, शुक्रबार ०९:३१२० भाद्र २०८२, शुक्रबार ०९:३१ by एलिनाNo Comments
दक्षिण कोरियामा कार्यरत नेपाली श्रमिकका हकहित र अधिकार सम्बन्धी समस्यामा नेपाल राजदूतावास, सिओलले अत्यन्त जरुरी सूचना प्रकाशित गरेको छ।
दूतावासले नेपाली श्रमिकहरूले काम गर्ने कम्पनी वा स्थानमा हुने श्रम शोषण, आर्थिक शोषण, ठेक्का (Contract) विपरीतको व्यवहार, तलब बक्यौता (wage arrears) लगायतका गुनासा भएमा तुरुन्तै जानकारी दिन आग्रह गरेको छ।
विशेषगरी, श्रमिकहरूले मानव अधिकार उल्लंघनसँग सम्बन्धित घटना वा अन्य समस्या भोग्दै आएका छन् भने, सम्बन्धित कम्पनीको नाम, कामको प्रकार, समस्या विवरणसहित जानकारी दूतावासको आधिकारिक इमेल ठेगानामा पठाउन भनिएको छ।
श्रमिकहरूले आफूले भोगिरहेको समस्या आगामी आइतबार, ७ सेप्टेम्बर २०२५ भित्रै
eonseoul@mofa.gov.np वा labourkorea@mofa.gov.np मा इमेलमार्फत बुझाउन सक्ने व्यवस्था गरिएको दूतावासले स्पष्ट पारेको छ।
नेपाल राजदूतावासले सबै नेपाली श्रमिकलाई आफ्...
६ भाद्र २०८२, शुक्रबार ०४:४०६ भाद्र २०८२, शुक्रबार ०४:४०६ भाद्र २०८२, शुक्रबार ०४:४० by एलिनाNo Comments
दक्षिण कोरियाको इन्छनमा घटेको एक रहस्यमयी घटनाले प्रहरीसमेत शंकाको घेरामा पारेको छ।
अगस्ट २० तारिख दिउँसो करिब २ बजे इन्चोन शहरको नामदोंगुस्थित एक भिलामा ५० वर्षीय पुरुष ए씨 मृत अवस्थामा भेटिएका थिए। प्रारम्भिक खबर अनुसार उनलाई श्वास नचल्ने अवस्थामा फेला पारिएपछि दमकल टोली घटनास्थल पुगेको थियो। तर घटनास्थलमै उनको मृत्यु भइसकेको पुष्टि भएपछि प्रहरीले लिएको थियो।
तर, घटनास्थलमा मृतकले लगाएको २० तोला बराबरको सुनको हार (बजार मूल्य झन्डै १ करोड १० लाख वोन) गायब भएको तथ्य बाहिर आएपछि थप रहस्य गहिरिएको छ।
नामदोंग प्रहरीको पहिलो प्रतिवेदन अनुसार, घटनास्थलमा खिचिएको प्रारम्भिक फोटोमा मृतकको शरीरमा सो सुनको हार प्रष्टै देखिन्छ। तर केही बेरपछि इन्चोन प्रहरीको अनुसन्धान टोलीले खिचेका तस्बिरमा भने हार देखिँदैन।
यसपछि घटनास्थलमै रहेका प्रहरीहरूले आपसमा नै एक–अर्काको शारीरिक खानतलासीसमेत गरेका...
२८ श्रावण २०८२, मंगलवार ०३:४५२८ श्रावण २०८२, मंगलवार ०३:४५२८ श्रावण २०८२, मंगलवार ०३:४५ by एलिनाNo Comments
सौलस्थित नेपाली दूतावासले आज एक सूचना प्रकाशित गर्दै आगामी १५ अगस्ट २०२५ (शुक्रबार) का दिन दूतावास बन्द रहने जनाएको छ। सो दिन कोरियामा “National Liberation Day of Republic of Korea” सार्वजनिक बिदा पर्ने भएकाले दूतावासका सबै सेवा स्थगित हुने सुचनामा जनाइएको छ ।
सूचना अनुसार, सामान्यतया हरेक शुक्रबार दिउँसो ३ बजे खुल्ने e-Passport Online Pre-enrollment Form सेवा यसपटक एक दिन अघि १४ अगस्ट बिहीबार दिउँसो ३ बजे नै सञ्चालन गरिनेछ ।
यस्तै, सेवाग्राहीहरूको गुनासो लाई मध्यनजर गर्दै शुक्रबार ३ बजे खोलिने फर्म अब देखी e-Passport Online Pre-enrollment Form शुक्रबार दिनको ५ बजे मात्र खोलिने दूतावासले जनाएको छ।...
२२ श्रावण २०८२, बुधबार ०७:०३२२ श्रावण २०८२, बुधबार ०७:०३२२ श्रावण २०८२, बुधबार ०७:०३ by एलिनाNo Comments
दक्षिण कोरियामा एक जना 택배 चालक (कुरियर ड्राइभर) को मासिक आम्दानी ८० लाखदेखि १ करोड वोनसम्म पुगेको समाचारले सबैलाई चकित बनाएको छ।
१२ वर्षदेखि CJ대한통운 मा कार्यरत A씨 नाम गरेका ती चालक अहिले हप्तामा ६२ घण्टा काम गर्छन्। तर यो सामान्य मेहनत होइन —उनले डेलिभरीसँगै सामान संकलन पनि गर्छन्। अनि त्यही मेहेनतले उनलाई महिनाको औसत ९३ लाख वोन कमाइको स्तरमा पुर्याएको छ।
अझ अचम्म त के भने — खर्चपानी कटाएर पनि उनले ९० लाख वोनजति घर लैजाने गरेको बताइएको छ।
यो सब त्यत्तिकै भएन। सुरुमा व्यवसायमा असफल भएका उनी, जीवनलाई नयाँ मोड दिन ‘कुरियर’ बने। अनि एक वर्षमै आफ्नै निजी गाडी किनेर काम गर्न थालेपछि त कमाइ झनै चुलिएको हो।
सामान्य कामजस्तो देखिए पनि यो कथा बुझाउँछ —
कोरियामा अवसर छ, तर त्यसलाई च्याप्न सक्ने आँट र अक्कल चाहिन्छ।...