कोरियाली महान पर्व छुसक तथा नेपाली महान चाड दशैं २०८२ को पावन अवसरमा पाँचथर सेवा समाज दक्षिण कोरियाले सगौरव आयोजना गरेको सुजन चापागाइ लाइभ इन कोरिया “पाँचथर साङ्गीतिक सौगात – भाग २” कार्यक्रमको यही आउदो आईतवार नोभेम्बर २ तारिक सौलमा आयव्यय सार्वजनिक गरिने भएको छ।
गत २०२५ अक्टोबर ५ (आइतबार) का दिन सउलस्थित विश्व तेक्वान्दो मुख्यालय हल (KUKKIWON, 강남역) मा सम्पन्न सो कार्यक्रममा नेपाली राष्ट्रिय कलाकार सुजन चापागाईं & The Infinity, Voice of Nepal Season 5 का फाइनलिस्ट नोगेन हाङसुरूम्बा, Voice of Nepal 2018 की गायिका श्रेया राई लगायत अन्य कोरियामा रहेका स्थानिय कलाकारहरूको विशेष प्रस्तुति रहेको कार्यक्रमको यही आईतवार सउल दोङ्देमुनस्थित निक नेपाल ट्राभल्सको सभा हलमा आयव्यय सार्वजनिक गरिने भएको हो।
उक्त कार्यक्रममा कोरियामा रहेका नेपाली समुदायको उल्लेखनीय उपस्थिति रहेको थियो। मनोर...
१४ कार्तिक २०८२, बिहीबार ०७:४९१४ कार्तिक २०८२, बिहीबार ०७:४९१४ कार्तिक २०८२, बिहीबार ०७:४९ by एलिनाNo Comments
इन्छन सहरमा एक पाकिस्तानी नागरिकले स्कुले बालिकालाई जुस र बर्गर किनिदिएर गलत उद्देश्यले कोठामा लैजाने प्रयास गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ।
इन्छन पश्चिम प्रहरी कार्यालयका अनुसार, ३० वर्षीय पाकिस्तानी पुरुष ‘ए’ (A) लाई यौन दुर्व्यवहारको उद्देश्यले नाबालिकालाई प्रलोभन देखाउने अपराध अन्तर्गत यही अक्टोबर २७ तारिखमा पक्राउ गरिएको हो।
प्रहरीले दिएको विवरणअनुसार, अक्टोबर २१ तारिख राति करिब ९:३० बजे सो-गु (서구) क्षेत्रको एक 편의점 अगाडि ‘ए’(A) ले एक माध्यमिक विद्यालयकी छात्रा ‘बी’ (B) लाई जुस र ह्याम्बर्गर किनिदिएर आफ्नो साथीको कोठामा लैजाने प्रयास गरेका थिए।
‘बी’ का अभिभावकले २७ तारिखमा घटनाको बारेमा थाहा पाएपछि प्रहरीमा उजुरी दिएका थिए। त्यसपछि प्रहरीले सीसीटीभी फुटेजमार्फत घटनाको पुष्टि गरेको जनाएको छ।
विद्यार्थी ‘बी’ ले प्रहरीलाई दिएको बयानमा भनिन् — “ए ले मेरो शरीर देखाउन माग ग...
१४ कार्तिक २०८२, बिहीबार ०१:२५१४ कार्तिक २०८२, बिहीबार ०१:२५१४ कार्तिक २०८२, बिहीबार ०१:२५ by एलिनाNo Comments
दुई वर्षअघि बक्स अफिसमा तहल्का मच्चाएको ‘जारी’ को सिक्वेल ‘जारी २’ यही नोभेम्बर ९ (आइतबार) मा दक्षिण कोरियाको सुवनस्थित अत्याधुनिक सुविधा सम्पन्न MEGABOX हलमा प्रदर्शन हुने भएको छ। Manggena Entertainment दक्षिण कोरियाको आयोजनामा हुने यो विशेष ‘Suwon Show’ का लागि अग्रिम अनलाइन बुकिङ २०% मात्रै बाँकी आयोजकले जनाएको छ।
‘जारी २’ मा ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु लगायतको दमदार अभिनय रहेको छ। चलचित्रका निर्माता रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन्।
निर्देशक उपेन्द्र सुब्बाले लेखन तथा निर्देशन गरेको फिल्ममा सञ्जय लामाको छायांकन, निमेष श्रेष्ठको सम्पादन, उत्तम न्यौपानेको साउन्ड डिजाइन, कोविद बज्रचार्यको ब्याकग्राउन्ड स्कोर र राजेन्द्र मोक्तानको रंग संयोजन छ।
दुई वर्षअघि रिलिज भएको ‘जारी’ ले उ...
१४ कार्तिक २०८२, बिहीबार ०१:२०१४ कार्तिक २०८२, बिहीबार ०१:२०१४ कार्तिक २०८२, बिहीबार ०१:२० by एलिनाNo Comments
बोम्जन गुरुङ: करिब एक दशकअघि चर्चित नेपाली फिल्म कबड्डी बाट ‘दया–रिश्मा’को जोडीमा परिचित अभिनेता दयाहाङ राई र रिश्मा गुरुङ अभिनित नेपाली कथानक चलचित्र ‘रिमै’ नोभेम्बर ९ मा तमु धीं दक्षिण कोरिया थेगु शाखाको आयोजनामा थेगुमा प्रदर्शन हुने भएको छ।
संस्थाका अध्यक्ष मदन गुरुङका अनुसार, उक्त चलचित्रको प्रदर्शन आपतकालीन राहतकोष स्थापना सहयोगार्थ तथा नेपाली चलचित्रलाई विदेशमा प्रोत्साहन दिने उद्देश्यले गर्न लागिएको हो। फिल्मको शो 대구광역시 달서구 벌대로 1095, 계명대학교 바우어관 1229호 मा दिउँसो १ बजेबाट सुरु हुनेछ।
गत भदौ २० गतेदेखि नेपालमा प्रदर्शनमा आएको, खिल बहादुर गुरुङ निर्देशित यो फिल्म गुरुङ समुदायको सामाजिक तथा सांस्कृतिक परिवेशमा आधारित रहेको छ। फिल्मले परम्परा र व्यक्तिगत इच्छाबीचको द्वन्द्व, साँचो प्रेमको खोजी र छोरीचेलीको महत्वजस्ता गहिरा विषयहरूलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।
फिल्ममा दया...
११ कार्तिक २०८२, सोमबार २१:४५११ कार्तिक २०८२, सोमबार २१:४५११ कार्तिक २०८२, सोमबार २१:४५ by विशाल श्रेष्ठNo Comments
लगातारको विवाद र पद रिक्ततापछि नयाँ नेतृत्वको आगमन
बिपिन कुमार गुरुङ अध्यक्ष रहेको गैर–आवासीय नेपाली संघ (NRNA–NCC South Korea) को कार्यसमितिले नयाँ महासचिवको रूपमा नरेश शर्मालाई मनोनित गरेको छ।
संघका तात्कालिन महासचिव अजय सोडारी (पूर्ण वहादुर बुढा) नेपाल फर्किएपछि रिक्त बनेको पदमा शर्मा नियुक्त गरिएको हो। आइतबार दोङ्देमुनस्थित संघको कार्यालयमा बसेको कार्यसमिति, सल्लाहकार र संरक्षक सहितको बैठकले उक्त निर्णय गरेको हो।
गत केही हप्तादेखि संघभित्र आन्तरिक विवाद तीव्र बनेको थियो।उक्त घटनाले संस्था नै विवादको केन्द्रमा परेपछि, नेतृत्वले महासचिवको पद रिक्त घोषणा गर्दै नयाँ अनुशासन र स्थायित्वका लागि नरेश शर्मालाई जिम्मेवारी दिएको हो।
बैठकले सो अवसरमा खाली रहेका सचिवमा अनन्त आचार्य,युवा संयोजकमा खगेन्द्र जोशी र सदस्यमा सन्जिब जङ कार्की लाई पनि नयाँ मनोनयन गरेको छ।
अध्यक्ष गुरुङले नयाँ...
११ कार्तिक २०८२, सोमबार १८:२५११ कार्तिक २०८२, सोमबार १८:२५११ कार्तिक २०८२, सोमबार १८:२५ by विशाल श्रेष्ठNo Comments
पूर्वी नेपाल समाज, दक्षिण कोरियाले २५ अक्टोबर २०२५, शनिबार साँझ निक नेपाल ट्राभल्सको सभाहल, दोङ्देमुनमा दशैं, तिहार, छठ र नेपाल सम्बत ११४६को अवसरमा भव्य शुभकामना आदान–प्रदान कार्यक्रम २०२५ सम्पन्न गरेको छ।
“हाम्रो भाषा, धर्म र संस्कृतिमा विविधता — प्रवासमा रहेका नेपालीहरूमा एकता” भन्ने मूल नारासहित हुने यो कार्यक्रम प्रवासमा नेपालीहरूबीच आपसी भेटघाट, सुसंस्कृति र परम्परा जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको सफल समापनपछि सहभागी, सहयोगी तथा शुभेच्छुक सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ।
कार्यक्रममा सहभागीहरूले नेपाली परम्परागत परिकार (जस्तै सेल रोटी, अचार, दालभात), सांस्कृतिक प्रस्तुति, र विभिन्न समुदायबीच शुभकामना आदान–प्रदान गर्दै देउसी भैलो समेत् खेलेका थिए ।
पुर्वी नेपाल को आयोजना तथा पुर्बी नेपाल अन्तर्गतको विभिन्न जातिय र क्षेत्रीय संघ–संस्थाहरूको सहआयोजनामा भएक...
११ कार्तिक २०८२, सोमबार १०:०५११ कार्तिक २०८२, सोमबार १०:०५११ कार्तिक २०८२, सोमबार १०:०५ by एलिनाNo Comments
२०औं MAMF (Migrants’ Arirang Multicultural Festival)–2025 मा सुदूरपश्चिम समाज बुसानले आफ्नो क्षेत्रको मौलिक पहिचान झल्काउने भव्य देउडा नृत्य प्रस्तुत गरेको छ।
देउडा खेलमा सुदूरपश्चिमका धार्मिक र पर्यटकीय स्थलहरूलाई समेटिएका मार्मिक शब्दहरू प्रयोग गरिएका थिए। सहभागीहरूले मौलिक पहिरनमा सजिएर आकर्षक ढंगले सांस्कृतिक झल्को प्रस्तुत गरे।
कार्यक्रममा दुई समूहमा विभाजन भई ५/५ जना सहभागीहरूले तालमेलसहित देउडा खेल प्रस्तुत गरेका थिए।
उक्त अवसरमा सुदूरपश्चिम समाज बुसानका अध्यक्ष देवराज बडु स्वयंले देउडा गीत गाएर प्रस्तुति दिनुभएको थियो।
सांस्कृतिक विविधताबीच नेपालको सुदूरपश्चिम पहिचानलाई उजागर गर्ने यो प्रस्तुति कार्यक्रममा उपस्थित दर्शकहरूको आकर्षणको केन्द्र बनेको थियो।...
९ कार्तिक २०८२, शनिबार ०४:४१९ कार्तिक २०८२, शनिबार ०४:४१९ कार्तिक २०८२, शनिबार ०४:४१ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको 강원도 원주시 मा कार्यरत एक नेपाली श्रमिकको औद्योगिक दुर्घटनामा परी मृत्यु भएको छ।
मृतक केहरसिंह छन्त्याल, स्थायी घर बागलुङ, नेपालका हुन्। उनी कार्यरत कम्पनीमा फोर्कलिफ्टले च्यापिँदा उनी गम्भीर घाइते भएका र घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
दुर्घटना 강원도 원주시 소초면 도도리길 98 मा रहेको कम्पनी परिसरभित्र भएको हो।छन्त्याल गत आठ वर्षदेखि दक्षिण कोरियामा कार्यरत रहेका थिए।
घटनास्थलमा पुगेका प्रतिनिधिहरूका अनुसार, मृतकको शव प्रहरी आएर लैसकेको र प्रारम्भिक बुझाइ अनुसार एक जना कोरियन व्यक्ति पनि त्यहाँ उपस्थित रहेका थिए।
घटनाको प्रकृति हेर्दा केही शंकास्पद पक्षहरू पनि देखिएको घटनास्थलमा पुगेका हरुले बताएका छन।
यसबाहेक, घटना भएको वरिपरि CCTV क्यामेरा नभएको कारणले दुर्घटना कसरी र किन भयो भन्ने विषयमा अझै स्पष्टता नआएको र सबै पक्ष अनविज्ञ अवस्थामै रहेको बताइएको छ।
गायन र वाद्...
८ कार्तिक २०८२, शुक्रबार ०९:२६८ कार्तिक २०८२, शुक्रबार ०९:२६८ कार्तिक २०८२, शुक्रबार ०९:२६ by एलिनाNo Comments
“सामाजिक एकता र समृद्ध नुवाकोट, हाम्रो अठोट” भन्ने नारासहित नुवाकोट समाज दक्षिण कोरियाले आफ्नो १२औं वार्षिक साधारण सभा तथा अधिवेशन कार्यक्रम आगामी नोभेम्बर १६, २०२५ (बिहान १२ बजे) गर्ने भएको छ।
कार्यक्रम राजधानी सउलको देदेमुन–३ नं गेटस्थित नेपाली थाई रेस्टुरेन्टमा हुने समाजले जनाएको छ।
कोरियामा विभिन्न पेशा, व्यवसाय तथा रोजगारीमा संलग्न सबै नुवाकोटवासीलाई उक्त कार्यक्रममा सहभागी हुन समाजले हार्दिक स्वागत तथा निमन्त्रणा गरेको छ।
नुवाकोट समाज दक्षिण कोरियाले विगतका वर्षहरूमा नुवाकोट जिल्लामा आपतबिपतका लागि सहयोग, सांस्कृतिक संरक्षण, र प्रवासी नेपालीबीच एकताको भावना विस्तार गर्ने उद्देश्यले निरन्तर रूपमा समाजसेवामूलक कार्य गर्दै आएको छ।
कार्यक्रममा नयाँ कार्यसमिति चयन, वार्षिक प्रतिवेदन प्रस्तुतिकरण, सदस्यता नवीकरण तथा आगामी वर्षका योजनाबारे छलफल गरिने जनाइएको छ।...
८ कार्तिक २०८२, शुक्रबार ०९:०६८ कार्तिक २०८२, शुक्रबार ०९:०६८ कार्तिक २०८२, शुक्रबार ०९:०६ by एलिनाNo Comments
बोम्जन गुरुङ:“आजको आवश्यकता प्रवासी पर्वतेहरुको एकता, भूमिमा हाम्रो एकता, समुन्नत समाज, समृद्ध पर्वत निर्माणमा हाम्रो अभियान” भन्ने मूल नारालाई आत्मसात् गर्दै अगाडि बढिरहेको क्षेत्रीय संस्था पर्वत समाज दक्षिण कोरियाले आफ्नो पाँचौ अधिवेशन आगामी नोभेम्बर २३ (आइतबार) का दिन आयोजना गर्ने भएको छ।
संस्थाका अध्यक्ष दीपक केसीका अनुसार, चौथो कार्यसमितिको कार्यकाल सफलतापूर्वक सम्पन्न भइसकेकाले नयाँ कार्यसमिति चयन गरी संस्थालाई अझ सशक्त र गतिशील बनाउने उद्देश्यका साथ यो अधिवेशन आयोजना गर्न लागिएको हो।
सन् २००८ मा स्थापना भएको पर्वत समाज दक्षिण कोरियाले प्रवासी पर्वतेहरुलाई एकताको सूत्रमा बाँध्दै विभिन्न परोपकारी, सामाजिक र सांस्कृतिक गतिविधिहरूमा निरन्तर सक्रियता देखाउँदै आएको छ। संस्थाका महासचिव डा. कमला केसीले अधिवेशनका सबै तयारी तीव्र गतिमा अगाडि बढेको जानकारी दिँदै, कार्यक्रम बिहान ११:०० बज...