पूर्वी नेपाल समाज, दक्षिण कोरियाले २५ अक्टोबर २०२५, शनिबार साँझ निक नेपाल ट्राभल्सको सभाहल, दोङ्देमुनमा दशैं, तिहार, छठ र नेपाल सम्बत ११४६को अवसरमा भव्य शुभकामना आदान–प्रदान कार्यक्रम २०२५ सम्पन्न गरेको छ।
“हाम्रो भाषा, धर्म र संस्कृतिमा विविधता — प्रवासमा रहेका नेपालीहरूमा एकता” भन्ने मूल नारासहित हुने यो कार्यक्रम प्रवासमा नेपालीहरूबीच आपसी भेटघाट, सुसंस्कृति र परम्परा जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको सफल समापनपछि सहभागी, सहयोगी तथा शुभेच्छुक सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ।
कार्यक्रममा सहभागीहरूले नेपाली परम्परागत परिकार (जस्तै सेल रोटी, अचार, दालभात), सांस्कृतिक प्रस्तुति, र विभिन्न समुदायबीच शुभकामना आदान–प्रदान गर्दै देउसी भैलो समेत् खेलेका थिए ।
पुर्वी नेपाल को आयोजना तथा पुर्बी नेपाल अन्तर्गतको विभिन्न जातिय र क्षेत्रीय संघ–संस्थाहरूको सहआयोजनामा भएको कार्यक्रम कोरियामा रहेर नेपाली पर्व र संस्कृतिको निरन्तरता दिनुका लागि आयोजना गरिएको थियो ।
पूर्वी नेपाल समाज, दक्षिण कोरिया सन् २०१५ मा स्थापना भएको सामाजिक संस्था हो, जसले प्रवासी नेपालीहरूबीच एकता, सहयोग र सांस्कृतिक पहिचानको प्रवर्द्धनमा निरन्तर योगदान दिँदै आएको छ।










