Advertisement
Advertisement

आपतकालीन राहतकोषका लागि चलचित्र ‘रिमै’ को थेगु-शो नोभेम्बर ९ मा हुने

Advertisement
Advertisement

बोम्जन गुरुङ: करिब एक दशकअघि चर्चित नेपाली फिल्म कबड्डी बाट ‘दया–रिश्मा’को जोडीमा परिचित अभिनेता दयाहाङ राई र रिश्मा गुरुङ अभिनित नेपाली कथानक चलचित्र ‘रिमै’ नोभेम्बर ९ मा तमु धीं दक्षिण कोरिया थेगु शाखाको आयोजनामा थेगुमा प्रदर्शन हुने भएको छ।

संस्थाका अध्यक्ष मदन गुरुङका अनुसार, उक्त चलचित्रको प्रदर्शन आपतकालीन राहतकोष स्थापना सहयोगार्थ तथा नेपाली चलचित्रलाई विदेशमा प्रोत्साहन दिने उद्देश्यले गर्न लागिएको हो। फिल्मको शो 대구광역시 달서구 벌대로 1095, 계명대학교 바우어관 1229호 मा दिउँसो १ बजेबाट सुरु हुनेछ।

गत भदौ २० गतेदेखि नेपालमा प्रदर्शनमा आएको, खिल बहादुर गुरुङ निर्देशित यो फिल्म गुरुङ समुदायको सामाजिक तथा सांस्कृतिक परिवेशमा आधारित रहेको छ। फिल्मले परम्परा र व्यक्तिगत इच्छाबीचको द्वन्द्व, साँचो प्रेमको खोजी र छोरीचेलीको महत्वजस्ता गहिरा विषयहरूलाई कलात्मक ढंगले प्रस्तुत गरेको छ।

फिल्ममा दयाहाङ राई, अर्पण थापा, रिश्मा गुरुङ, गौमाया गुरुङ, कविता आले मगर, माओत्से गुरुङ, पुस्कर गुरुङ, वीरमाया गुरुङ, वीरबल घले, डिबी गुरुङ, टेक गुरुङ लगायत कलाकारहरूको उत्कृष्ट अभिनय देख्न सकिन्छ। साथै बाल कलाकार असिम सुब्बा, प्रेस्टु गुरुङ, र प्रश्ना राना मगरको पनि आकर्षक भूमिका छ।

फिल्म गोरखा सिरानचोक एण्ड लिगलिगकोट फिल्म्स प्रालिको प्रस्तुति र रोटेपिङ इन्टरटेनमेन्टको सहकार्यमा निर्माण गरिएको हो। उपेन्द्र सुब्बाको पटकथा र शैलेन्द्र ध्वज कार्कीको छायांकन रहेको फिल्ममा वीरबल घले कार्यकारी निर्माता तथा टिका गुरुङ, जित यात्री गुरुङ, र दुन बहादुर घले निर्माता रहेका छन्।

संस्थाका सचिव निमेश गुरुङका अनुसार, नेपालमा ‘रिमै’ प्रदर्शन भएसँगै कोरियामा पनि प्रदर्शन गर्ने तयारी गरिएको भएपनि, नेपालमा चलेको ‘Gen-Z आन्दोलन’का कारण मिति पछाडि सरेको हो। अहिले भने तयारी पूरा भइसकेको र दर्शकको उपस्थिति बाक्लो हुने अपेक्षा गरिएको छ।

फिल्म हेर्नका लागि प्रवेश शुल्क २५,००० कोरियन वोन तोकिएको छ। आयोजकले कोरियामा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई चलचित्र हेरेर मनोरञ्जनसँगै सामाजिक सहयोगमा हात मिलाउन हार्दिक अनुरोध गरेका छन्।

📞 विस्तृत जानकारीका लागि सम्पर्क:

 • Madan Gurung: 010-4400-0683

 • Harka Gurung: 010-9941-1605

 • Neemesh Gurung: 010-4882-2044

 • Milan Gurung: 010-7154-2140

 • Bhupal Gurung: 010-6728-1982

💳 Online Booking:

Daegu Bank – 508136035677 (Gurung Bhupal)

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×