अर्घाखाँची सम्पर्क मञ्चले सुपादेउराली देउसी भैलो तथा सास्कृतिक साझ-२०२३ गर्ने
अर्घाखाँची सम्पर्क मञ्चले सुपादेउराली देउसी भैलो तथा सास्कृतिक साझ-२०२३ गर्ने
विशाल आवाज:शुभ दिपावली २०८० को पावन अवसरमा अर्घाखाँची सम्पर्क मन्च द कोरियाले नोभेम्बर ११ तारिख शनिबार साँझ ५ बजे देखि देङ्देमुनको निक ट्राभलको हलमा सुपादेउराली देउसी भैलो तथा सास्कृतिक साझ-२०२३ आयोजना गर्ने भएको छ।
"प्रवासी भूमिमा हाम्रो एकता, सबै जिल्लावासीहरुको प्रतिबद्धता" भन्ने मुल नारा लिएर सन् २०१० मा स्थापित सम्पर्क मन्चले स्थापना काल देखिनै कोरियामा आपतविपतमा परेका नेपालीहरुलाइ सहयोग गर्नुका साथै नेपालमा पनि सहयोग गर्दै आइरहेको छ।
परदेशमा रहेर पनि घरदेशको कला सस्कृती लाइ बचाइरहन अर्घाखाँचीको अर्घानिक नाचको साथै देउसी भैलो गर्न लागिएको हुदा नेपालिबासी कोरियामा रहनुहुने सम्पुर्ण नेपालिहरुमा आयोजकले हार्दिक निमन्त्रणा गरेको छ।
ADVERTISEMENT...









