Advertisement
Advertisement

युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो ‘दिमाग खराब’

Advertisement
Advertisement

 

‘युनिभर्सल’ सर्टिफिकेट सहित सेन्सर पास भयो ‘दिमाग खराब’

काठमाडौं – आगामी शुक्रबार अर्थात् कात्तिक २४ गतेबाट प्रदर्शनको तयारीमा रहेको प्रतिक्षित सिनेमा ‘दिमाग खराब’ सेन्सर पास भएको छ । आइतबार सिनेमाले केन्दीय जाँस पास समिति (सेन्सर बोर्ड) बाट युनिभर्सस सर्टिफिकेट पाएको हो ।

सेन्सरमा सिनेमा हेरेका पदाधिकारीले सिनेमा उत्कृष्ट बनेको भन्दै तारिफ गरेका छन् । सेन्सर पदाधिकारीले हाम्रो सिनेमालाई देशको समसामायिक कथामा उत्कृष्ट सिनेमा निर्माण गर्नु भएको रहेछ भनेर तारिफ गर्नु भयो निर्माता रौनक विक्रम कडेलले बताए । निर्देशक निश्चल बस्नेतले ६ वर्षपछि निर्देशन गरेको सिनेमा भएकोले पनि सिनेमा दर्शकमाझ प्रतिक्षामा छ ।

सिनेमाले युनिभर्सल सर्टिफिकट पाएसँगै सवै उमेर समुहका दर्शकले सिनेमा सजिलै हेर्न पाउने भएका छन् । निर्माण टिमले सिनेमाको प्रचार प्रसारमा कुनै कसर बाँकी राखेको छैन् । व्यापक प्रचारको फाइदा बक्सअफिसमा देखिने विश्वास सिनेमाकर्मीको छ । सिनेमाको प्रचार सामाग्रीले पनि दर्शकमाझ राम्रो हाइप बनाएका छन् ।

सिनेमा आर्ट्स र ब्ल्याक हर्स पिक्चर्सको निर्माण रहेको सिनेमामा खगेन्द्र लामिछाने, दयाहाङ राई, स्वस्तिमा खड्का, अपर्ण थापा, विजय बराल, सुमन कार्की, पुष्कर गुरुङ, माओत्से गुरुङ, राजन खतिवडा, रमा थपलिया, गौरभी आरएल सिंह, गीत अधिकारी, कृष्णभक्त महर्जन, धीरज भट्ट, राहुल सिवाकोटी, नविन खड्कालगायतको पनि अभिनय छ ।

निर्देशक निश्चल बस्नेत र भिनेत्री सुपुष्पा भट्ट पनि सिनेमाको एक गीतमा विशेष भुमिकामा देखिएका छन् । आकाश बरालको लेखन र मनोज पण्डित स्क्रिप्ट डाक्टर रहेको सिनेमा राजनीतिक विषयमा केन्द्रित रहेर निर्माण भएको हो ।

सिनेमामा रौनक विक्रम कडेल निर्माता र सुरज बम ठकुरी कार्यकारी निर्माताको रुपमा रहेका छन् । सिनेमामा सुसन प्रजापतिको छायांकन, निमेष श्रेष्ठको सम्पादन, जयन के बाइबा र बाबुल गिरीको संगीत, राजकुमार उप्रेतीको द्वन्द्व निर्देशन तथा रोहित शाक्यको ब्याकग्राउन्ड स्कोर छ । सिनेमालाई काठमाडौं भित्र गोविन्द शाहीको काफिया फिल्मस् र मोफसलमा मनोज राठी र उज्वल पौडेलले वितरण गर्दैछन् ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन भव्य रूपमा सम्पन्न, उमेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिवेशन भव्य रूपमा सम्पन्न, उमेश कार्कीको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दक्षिण कोरियाको दोङदेमुनस्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको हलमा (२०२६ मे ३, आइतबार) भोजपुर परिवार दक्षिण कोरियाको एघारौँ अधिव...
कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन भव्य रूपमा सम्पन्न, तिलक हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन भव्य रूपमा सम्पन्न, तिलक हमालको नेतृत्वमा नयाँ कार्यसमिति चयन

दक्षिण कोरियाको दोङदेमुनस्थित एक नेपाली–थाई रेस्टुरेन्टको सभाहलमा आज आइतबार कर्णाली प्रदेश समाज, दक्षिण कोरियाको चौँथो अधिवेशन अत्...
नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको नेतृत्वमा कमान सिंह राई, नयाँ कार्यसमिति सर्वसम्मत चयन

दक्षिण कोरियामा नेपाली खेलकुद समुदायलाई एकताबद्ध गर्दै नेपाल ब्याडमिन्टन कम्युनिटी दक्षिण कोरियाको प्रथम अधिवेशन तथा साधारण सभा भव...
रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

रास्वपा, प्रवास नेपाली सम्पर्क विभाग द. कोरिया, फाजु क्षेत्रको दोस्रो अधिवेशन सफलतापूर्वक सम्पन्न, बीर बहादुर तामाङको नेतृत्वमा नयाँ कार्यसमिति गठन

दक्षिण कोरियामा रहेका नेपालीहरूको सक्रिय संगठन, रास्वपा अन्तर्गत प्रवास नेपाली सम्पर्क विभाग, फाजु क्षेत्रको दोस्रो अधिवेशन हिजो म...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×