एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिप खेल्न कोरिया पुगेका ३६ नेपाली खेलाडी आर्थिक संकटमा, सहयोगको अपिल
पाँचौँ एसिया–प्यासिफिक बहिरा फुटबल च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व गर्न दक्षिण कोरिया आइपुगेका ३६ जना नेपाली खेलाडी आर्थिक समस्यामा परेका छन्। प्रतियोगितामा सहभागी हुन आवश्यक हवाई टिकट, आवास, भोजन तथा दर्ता शुल्कको व्यवस्थापन गर्न कठिन भएपछि नेपाल बहिरा ओलम्पिक कमिटीले सहयोगका लागि अपिल गरेको छ।
प्रतियोगितामा नेपालको तर्फबाट १६ महिला र २० पुरुष गरी कुल ३६ खेलाडी सहभागी छन्। अन्तर्राष्ट्रियस्तरमा देशको प्रतिनिधित्व गर्दै प्रतियोगितामा सहभागी हुन आएका खेलाडीहरूको सम्पूर्ण व्यवस्थापनका लागि ठूलो रकम आवश्यक परेको कमिटीले जनाएको छ।
कमिटीले उपलब्ध गराएको विवरणअनुसार खेलाडीहरूको हवाई टिकटमा प्रतिव्यक्ति करिब १ लाख ५० हजार रुपैयाँका दरले कुल ५४ लाख रुपैयाँ खर्च भएको अनुमान छ। त्यस्तै, खाना तथा आवासका लागि प्रतिव्यक्ति दैनिक ३० अमेरिकी डलरका दरले १२ दिनको कुल ६ हजार ६ सय अमेरिकी डलर खर्च लाग...









