विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "प्रवासी भूमिमा बाग्लुङेहरुको एकता,सामाजिक कार्यमा सबैको सहभागिता ,आपतकालिन अवस्थामा बाग्लुङ समाजको आवश्यकता" भन्ने मुलनारा लिएर २००१ मा कोरियामा रहेका बाग्लुङेली बासि हरु मिलेर स्थापना भएको बाग्लुङ समाज दक्षिण कोरियाको अध्यक्षमा भुमिराज भुसाल लाइ चयन गरि दशौ अधिबेशन सम्पन्न भएको छ ।
SHILA RESTAURANT(जोङ्गाक स्टेशन,लाइन न १ गेट न १२ नजिकै ) जनवरी २३ तारिखका दिन भएको १० औ अधिवेशनबाट सर्वसम्मत रुपमा भुमिराज भुसाल लाइ अध्यक्ष र सचिबमा केशव आचार्य लाइ चयन गरेको छ ।बाग्लुङ समाज दक्षिण कोरिया कार्यवाहक अध्यक्ष भुमिराज भुसालको अध्यक्षतामा आयोजित सचिव राजु नेपालीले सन्चालन गरेको कार्यक्रममा अन्तर्राष्ट्रिय बागलुङ समाजका उपाध्यक्ष सुवास लामिछाने प्रमुख अतिथि तथा बागलुङ समाज दक्षिण कोरियाका संरक्षक विपिन गुरुङ, बरिष्ठ सल्लाहकार हरु छानि चन्द,टेक पुन ,नबिन काला, अन्त...
३ माघ २०७९, मंगलवार १४:५३३ माघ २०७९, मंगलवार १४:५३३ माघ २०७९, मंगलवार १४:५३ by एलिनाNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: "आपतकालिन राहत अक्षयकोष निर्माणार्थ" खोटाङ सेवा समाज दक्षिण कोरियाले कोरियन नयाँ वर्ष सलनालको अवसर पारेर जनवरी २२ तारिख DJ Tshering को साथमा COCKTAIL DANCE PARTY-2 सलनाल धमाका गर्ने भएको छ।
कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ लक्षित गरेर कोरिया लगायत नेपालमा हुने भैपरि घटनामा सहयोग गर्न आपतकालीन राहत अक्षयकोष खडा गरि सामाजिक काममा हातेमालो गर्ने संगै मनोरन्जन प्रदान गर्ने उद्देश्यका साथ डान्सपार्टी आयोजना हुन लागेको आयोजकले जनाएको छ।डिके छिरिङको साथमा स्थानीय कलाकार जनम राइ, प्रदिप राइको बेजोड प्रस्तुति रहने कक्टेल डान्स पार्टी जनवरी २२ तारिख बेलुकी ८ बजेदेखि सउलको 성동 나아트클럽 ( 서울 특별시 중구 흥인동 15 번) line no 3/6 sindang station Exit1/12 को क्लबमा होल नाइट फुल डिजे पार्टी हुने खोटाङ सेवा समाज दक्षिण कोरियाको अध्यक्ष नभ नविन राइले BISHALAAWAJ.COM लाइ बताएको छ।
कोर...
१ माघ २०७९, आईतवार १३:४६१ माघ २०७९, आईतवार १३:४६१ माघ २०७९, आईतवार १३:४६ by एलिनाNo Comments
विशाल श्रेष्ठ, दक्षिण कोरिया: फिटनेश नेपाल,जिकेएस र जात्रा पबको संयुक्त आयोजनामा कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन जनवरी २१ तारिख कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ "नेपहप जात्रा डान्सपार्टी भोलुम-२" सुवनमा हुने कार्यक्रमको आज दोङ्देमुनमा भेटघाट, चियापान तथा पत्रकार सम्मेलन सम्पन्न भएको छ।
कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने र गण्डकी प्रदेशको शैक्षिक क्षेत्रमा सहयोग गर्ने उद्देश्य का साथ आयोजना हुन लागेको "नेपहप जात्रा डान्सपार्टी भोलुम-२" विस्तृत जानकारी दिने उद्देश्यका साथ २०२३ जनवरी १५ तारिख अन्नपूर्ण शान रेष्टुरेन्ट,दोङ्देमुनमा भेटघाट, चियापान तथा पत्रकार सम्मेलन कार्यक्रम सम्पन्न गरिएको हो। फिटनेस ग्रुपको संयोजक अन्जन मगरको सभाध्यक्षमा आयोजित कार्यक्रममा दक्षिण कोरियामा रहेका सिन्धुपाल्चोक समाज, काभ्रे सम्पर्क समिती, ...
१ माघ २०७९, आईतवार १२:३९१ माघ २०७९, आईतवार १२:३९१ माघ २०७९, आईतवार १२:३९ by एलिनाNo Comments
विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह 'पाँच-स' दक्षिण कोरिया को जनवरी १५ तारिख आइतबारको दिन "पाँच-स" दक्षिण कोरियाको नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हल, आन्सान ( 경기도 안산시 단원구 원곡동 741-3) मा भएको छैठौं अधिवेशन तथा साधारण सभा बाट अध्यक्षमा नरेश मेहता चयन भएको छ।
पाचसको अध्यक्ष कमल भण्डारीको अध्यक्षतामा गुरुदत्त न्यौपाने र हरि प्रसाद भट्टराईले कार्यक्रम सन्चालन गरि सम्पन्न भएको अधिवेशन कार्यक्रममा प्रमुख अतिथि मा NRNA दक्षिण कोरियाका अध्यक्ष दिपक पुन तथा विशिष्ट अतिथिद्व्य पाँच-स दक्षिण कोरियाका आजिवन संरक्षक मोहन कार्कि र श्याम खड्का लगायत दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थाबाट प्रतिनि...
३० पुष २०७९, शनिबार ०८:०७३० पुष २०७९, शनिबार ०८:०७३० पुष २०७९, शनिबार ०८:०७ by एलिनाNo Comments
बिक्रम बज्यू , दक्षिण कोरिया - नेपाली राजदूतावास, दक्षिण कोरियाको आयोजना र NRNA दक्षिण कोरियाको व्यवस्थापनमा मिति २०२३ फेब्रुअरी १ तारिख, बुधबारको दिन “नेपाल लगानी सेमिनार- २०२३ हुने भएको छ।
विशेष गरि कोरियन ब्यापारी तथा लगानी कर्ताहरु लाई नेपालमा व्यवशाय खोल्न अथवा नेपाली व्यवशाय तथा परियोजनाहरुमा लगानी गर्न उत्प्रेरित गर्ने उद्देस्यले आयोजना गर्न लागिएको गैर आवासीय नेपाली संघ,राष्ट्रिय समन्यव परिषद् (NRNA ) , दक्षिण कोरियाका अध्यक्ष दिपक पुन ज्यूले जनकारी गराएका छन्। साथै सम्पूर्ण कोरिया बासी नेपाली हरुलाई कार्यक्रममा सहभागी हुन हार्दिक अनुरोध समेत गरेका छन्।
कोरोनाको कारण दुई वर्ष यता यस्ता प्रत्यक्ष कार्यक्रम गर्न नसकिएको र अहिलेको समय जनजीवन सामान्य बन्दै गएको सन्दर्भमा ऱ् कोरियामा रहेका विभिन्न संघ संस्थाहरूले विभिन्न कार्यक्रमहरु आयोजना गर्दै आइरहेका छन्।
कार्यक्रम :- ...
२९ पुष २०७९, शुक्रबार १४:३३२९ पुष २०७९, शुक्रबार १४:३३२९ पुष २०७९, शुक्रबार १४:३३ by एलिनाNo Comments
विशाल श्रेष्ठ, दक्षिण कोरिया: फिटनेश नेपाल,जिकेएस र जात्रा पबको संयुक्त आयोजनामा कोरियन नयाँ वर्ष सलनालको पहिलो दिन जनवरी २१ तारिख कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ "नेपहप जात्रा डान्सपार्टी भोलुम-२" सुवनमा हुने कार्यक्रमको अनलाईन टिकट बुकिङ खुल्ला भएको छ।
कोरियामा बसोबास गर्ने सम्पुर्ण लाइ मनोरन्जन प्रदान गर्ने उद्देश्य का साथ "नेपहप जात्रा डान्सपार्टी भोलुम-२" को अनलाईन टिकट शुक्रबार वाट खुला गरिएको र पेपर टिकट शनिबार बाट छनान्,फेन्थेक,सुवन,दोङदेमुन,आनसान,ह्वासाङ लगायत का नेपाली रेष्टुरेन्ट र आयोजक समिति र बिभिन्न सम्पर्क स्थान र व्यक्तीहरूबाट लिन सक्नुहुने आयोजकले BISHALAAWAJ.COM लाइ जानकारी दिनुभएको छ।
यसैगरी अनलाईन टिकटको लागि GME रेमिट को एपमा गएर reward point मा क्लिक गरी दाहिने तिर रहेको Redeem मा क्लिक गरी cultural life मा पुन क्ल...
२५ पुष २०७९, सोमबार ०४:३१२५ पुष २०७९, सोमबार ०४:३१२५ पुष २०७९, सोमबार ०४:३१ by एलिनाNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: रवि लामिछानेको पार्टी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को 'प्रवास नेपाली सम्पर्क विभाग' समितिको गठन सम्बन्धी छलफल जनवरी १५ तारिख आइतबारका दिन हुने भएको छ।
कोरियाको विभिन्न सहरमा रहनुहुने राष्ट्रिय स्वतन्त्र पार्टीका सदस्य, शुभचिन्तक तथा शुभेच्छुकहरु बिच ‘भेटघाट तथा अन्तरक्रियाका’ साथै `प्रवास नेपाली सम्पर्क बिभाग” समिती गठन सम्बन्धि छलफल कार्यक्रम आइतबारका दिन बिहान ठिक ११बजे (कोरिया को समय) वाट नमस्ते रेस्टुरेन्ट सभा हल दोङ्म्योआफ (५ न. गेट अगाडि )सिओल 316-2,sungin-dong,jongno-gu, seoul 나마스테 ㅣ 본 점 03114서울시 종로구 숭인동 31-2 금강빌딩 2F मा हुने भएको हो।राष्ट्रिय स्वतन्त्र पार्टी प्रवास सम्पर्क कमिटी द. कोरिया को आयोजनामा केन्द्रिय सभापति तथा नेपाल सरकारका उप- प्रधानमन्त्री तथा गृहमन्त्री माननिय रवि लामिछाने र केन्द्रिय उप-सभापति तथा विदेश विभाग प्रमुख माननिय डि.पि ...
२५ पुष २०७९, सोमबार ०२:३६२५ पुष २०७९, सोमबार ०२:३६२५ पुष २०७९, सोमबार ०२:३६ by एलिनाNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “युवाहरुको एकता, नयाँ सोचको अवधारणा समृद्धिको चाहना” भन्ने मुल नाराका साथ सन् २०१७ मा स्थापना भएको न्यु भिजन ग्रुप दक्षिण कोरियाको जनावरी ८ तारिख को दिन दक्षिण कोरिया स्थित किम्हे सहरमा भएको तेश्रो अधिवेशन वाट जीवन शर्मा अध्यक्ष चयन हुनुभएको छ।
जिवन शर्माले सन्चालन गरेको न्यू भिजन ग्रुप दक्षिण कोरियाको कार्यवाहक संयोजक उत्तम लामिछानेको सभापतित्वमा आयोजित कार्यक्रममा NRNA का वरिष्ठ उपाध्यक्ष सन्जिभ राइ प्रमुख अतिथि तथा किम्हे बुसान क्षेत्रका विभिन्न संघसंस्थाहरु को प्रतिनिधि हरुको अतिथित्वमा सम्पन्न तेश्रो अधिवेशन वाट तेस्रो कार्यसमितिमा जीवन शर्माको अध्यक्षतामा वरिष्ठ उपाध्यक्षमा तगेन राई उपाध्यक्षमा साजन थापा, महासचिवमा आशिष शाह ठकुरी,सचिवमा रमेश श्रेष्ठ ,कोषाध्यक्षमा मोहन अधिकारी सहकोषाध्यक्षमा प्रकाश गिरी, र सदस्यहरुमा दोस्तिहाङ राई, शंकर पौडेल ,शुशिल अर्य...
२३ पुष २०७९, शनिबार १०:५८२३ पुष २०७९, शनिबार १०:५८२३ पुष २०७९, शनिबार १०:५८ by एलिनाNo Comments
सिन्धुपाल्चोक,पुस २३- राेजगारीका लागि काेरिया आएर १० वर्ष काम गरि गत नाेभेम्बर १६ तारिख फर्किएका गाेकर्ण राउतकाे पुस २२ गते शुक्रबारका दिन मृत्यु भएको छ ।
राउत बाह्रबिसे स्थित सिम्लेमा रहेकाे आफ्नै घरमा झुन्डिएको अवस्थामा शुक्रबार फेला परेका हुन् । उनी १० वर्ष कार्यकाल सकिन २ महिना बाकी हुदा गत महिना नेपाल फर्किएका थिए। तर नेपाल फर्किएको ५५ दिन नबित्दै शुक्रबार अन्दाजी १२ बजेकाे समयमा उनी आफ्नै घरमा झुन्डिएको अबस्थामा फेला परेकाे स्थानीयले बताएका छन् ।
घरमा श्रीमान,श्रीमती रहेकाे र राउतले आफ्नी श्रीमतीलाई बाहिर काम गर्नु म खाजा बनाउछु भन्दै घरभित्र पसेका थिए साेहि समयमा उनले डाेरिकाे पासाे बनाई झुन्डिएर आत्माहत्या गरेका हुन् । राउतकाे शव शुक्रबारनै प्रहरीले पाेष्टमार्टम गरिसकेपछि बाह्रबिसेकाे शुनकाेशि मन्दिर नजिकैको आर्यघाटमा अन्त्यष्टि गरिएकाे हाे । मृतक राउतकाे श्रीमती, एक छाेरा र एक छ...
२२ पुष २०७९, शुक्रबार १४:४८२२ पुष २०७९, शुक्रबार १४:४८२२ पुष २०७९, शुक्रबार १४:४८ by एलिनाNo Comments
विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह 'पाँच-स' दक्षिण कोरिया को छैठौं अधिवेशन तथा साधारण सभा यहि जनवरी १५ तारिख आइतबारको दिन "पाँच-स" दक्षिण कोरियाको नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हल, आन्सान ( 경기도 안산시 단원구 원곡동 741-3) मा 'हुने भएको छ।
परदेशमा रहेर पनि पूर्वीय कला सँस्कार अनि नेपाली सँस्कृतिको संरक्षण तथा सम्वर्धन गर्दै साहित्य र सङ्गीतको माध्यमबाट विश्व भर आध्यात्मिक जागरण गराउने मुख्य उद्देश्य लिएर स्थापित "पाँच-स" एक आध्यात्मिक संस्था भएकाले पूर्वीय कला,संस्कार साथै संस्कृतिको प्रवर्द्धनमा दक्षिण कोरियामा दशैं तिहार,तिजमा कार्यक्रम गर्ने तथा ध्यान योगा सिकाउने, पुजापाठ गर्ने ,단원FM सग सहकार्य ...