विशाल आवाज: नेपाल मगर संघ, गणतन्त्र कोरियाको आयोजनामा अगस्ट १८ तारिक आईतवार का दिन सुवनमा रहेको मेगाबक्समा प्रदर्शन हुन लागेको नेपाली कथानक चलचित्र “घरज्वाईं” को सम्पूर्ण तयारी पुरा भएको अध्यक्ष तुल घर्ति मगरले बिशाल आवाज लाई जानकारी दिनुभएको छ ।
त्रिभुवन विश्वविद्यालयमा “मगर भाषा र संस्कृति अध्ययन“ विषयको पाठ्यक्रम निर्माण सहयोगार्थ “नेपाल मगर संघ, गणतन्त्र कोरियाले सुपरहिट चलचित्र “घरज्वाईं” कोरियाको शुवनको आत्याधुनिक सुबीधायुक्त हल मेगाबक्समा प्रदर्शन गर्न लागेको हो । अगस्ट १८ तारिक आईतवार मध्यान्ह १२ बजे बाट प्रदर्शन हुने चलचित्रको प्रवेश शुल्क ३०००० वन तोकिएको छ भने हल 수원시 팔달구 행궁로71 2층 MEGABOX रहेको छ ।
नेपाल मगर संघ, गणतन्त्र कोरियाले दक्षिण कोरियाको प्रदर्शन अधिकार प्राप्त गरे संगै कोरियाको सुवन सहरमा पहिलो सो गर्न लागेको हुनाले कोरियावासी सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनी...
२९ श्रावण २०८१, मंगलवार १२:१९२९ श्रावण २०८१, मंगलवार १२:१९२९ श्रावण २०८१, मंगलवार १२:१९ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: “आपसी मित्रता र एकताको परिचय, स्वस्थ जीवनको लागि खेलकुद।” भन्ने मूल नाराका साथ यहि आउदो आइतबार अगस्ट १८ तारिखका दिन नोन्सानमा नोन्सान एफ.सिले आयोजना गर्न लागेको “प्रथम नोन्सान कप २०२४” को सम्पूर्ण तयारी पूरा भएको संस्थापक अध्यक्ष सोनाम शेर्पाले विशाल आवाजलाई बताउनुभएको छ।
बिहान ९ बजे बाट शुरु हुने १६ वटा टिम सहभागी रहने प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १० लाख कोरियन वोन प्रदान गरिने र अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडीलाइ कोरियन १ लाख वन , उत्कृष्ट गोलकिपर , हाइ गोल स्कोरर लाइ जनही ५०/५० हजार कोरियन वन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्रदान गरिने आयोजक आयोजक संस्थाका रमेश लामाले विशाल आवाज लाइ जानकारी दिएका छन्।
नोन्सानको 탑정시민체육공원 मा आयोजना हुने प्रतियोगितामा नोन्सान एभरे...
२९ श्रावण २०८१, मंगलवार ११:४५२९ श्रावण २०८१, मंगलवार ११:४५२९ श्रावण २०८१, मंगलवार ११:४५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: कोरियन महान पर्व छुसकको अवसर पारी दक्षिण कोरियामा रहेको काभ्रे सम्पर्क समितिले आफ्नो वार्षिक साधारण सभासहित बृहत वनभोज कार्यक्रम गर्ने भएको छ। सेप्टेम्बर १४ र १५ तारिखका दिन सौलमा कार्यक्रम आयोजना गर्ने भएको हो।
आफ्नो स्थपनाकाल देखीनै सक्रिय रुपमा सामाजिक गतिविधिमा संलग्न हुँदै आएको दक्षिण कोरियामा रहेका काभ्रेलीहरुको साझा संस्था काभ्रे सम्पर्क समिती दक्षिण कोरियाले सेप्टेम्बर १४ तारिख दिउँसो ३ बजेदेखि १५ तारिख बिहान ११ बजेसम्म 북한산 मा रहेको रमाइलो वातावरणमा आफ्नो बार्षिक साधारणसभा सहित बनभोज कार्यक्रम गर्ने भएको हो। संस्थाको अगस्ट महिनाको पहिलो आइतबार बसेको केन्द्रिय समितिको नियमित बैठकबाट साधारणसभा सहितको बनभोज कार्यक्रम गर्ने निर्णय गरिएको संस्थाका अध्यक्ष सुमन चौलागाईंले विशाल आवाजलाई जानकारी दिएका छन।
विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम...
२८ श्रावण २०८१, सोमबार १३:०३२८ श्रावण २०८१, सोमबार १३:०३२८ श्रावण २०८१, सोमबार १३:०३ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: छुसकको अवसर पारी लमजुङ परिवार दक्षिण कोरियाद्वारा आयोजना हुन लागेको मर्स्याङ्दी साङ्गीतिक सौगात भाग-३ को पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन कार्यक्रम अगस्ट १८ तारिख दोङ्देमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभा हलमा हुने भएको छ।
आपतकालीन रातकोष स्थापनार्थ लमजुङ परिवार दक्षिण कोरियाले कोरियन महान पर्व छुसकको अवसर पारी सेप्टेम्बर १५ तारिख “मर्स्याङ्दी सांगीतिक सौगात भाग ३ THE EDGE BAND LIVE IN SEOUL” आयोजना गर्ने कार्यक्रम बारे विस्तृत रूपमा जानकारी दिन यहि अगस्ट १८ तारिख दोङ्देमुन स्थित (लाइन नम्बर १ 동대문 Exit Gate 3)दर्शन नमस्ते रेस्टुरेन्टको सभा हलमा दिउँसो १ बजे पत्रकार सम्मेलन गर्ने भएको हो।
गण्डकी प्रदेश समाज र लमजुङ एफसीको सहयोगमा लमजुङ समाजले आयोजना गर्ने “मर्स्याङ्दी सांगीतिक सौगात भाग ३ THE EDGE BAND LIVE IN SEOUL” को आधिकारिक जानकारी सहित कलाकार समेत रहेक...
२८ श्रावण २०८१, सोमबार १२:२३२८ श्रावण २०८१, सोमबार १२:२३२८ श्रावण २०८१, सोमबार १२:२३ by एलिनाNo Comments
विशाल आवाज: नेपाली सम्पर्क समिति(NCC) दक्षिण कोरियाले अगस्ट २५ तारिख आइतबारका दिन दोङ्देमुन स्थित निक नेपाल ट्राभलको सभाहल मा नेपाली नारीको महान चाड हरितालिका तीजको पावन अवसरमा शुभकामना आदानप्रदान तथा दर खाने कार्यक्रम र आउँदै गरेको छुसकमा आयोजना हुन गइरहेको सांस्कृतिक कार्यक्रमको जानकारी सम्बन्धी पत्रकार सम्मेलन गर्ने भएको छ।
पछिल्लो समय कोरियामा पनि चेलीबेटीहरूको उल्लेख्य मात्रामा सङ्ख्या बढेसँगै नेपाली सम्पर्क समिति दक्षिण कोरियाले महिला दिदीबहिनीहरूलाई लक्षित गरेर प्रदेशमा पनि घरदेशको तिर्सना मेटाई कला संस्कृति जोगाउन तीज विशेष कार्यक्रम आयोजना गरेको अध्यक्ष हरि खनालले विशाल आवाजलाई जानकारी दिनुभयो। कार्यक्रम अगस्ट २५ तारिख आइतबारका दिन दोङ्देमुन स्थित निक नेपाल ट्राभलको सभाहल मा बिहान ११ बजे देखि सञ्चालन हुनेछ। हरितालिका तीजको अवसरमा शुभकामना आदानप्रदान तथा आकर्षणमा तीज नृत्य को ...
२४ श्रावण २०८१, बिहीबार १४:३८२४ श्रावण २०८१, बिहीबार १४:३८२४ श्रावण २०८१, बिहीबार १४:३८ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:कोरियन क्रिकेट एसोसिएसनको सहयोगमा नेपाल राइनो ले छुसकको अवसरमा सेप्टेम्बर १५ र १६ तारिखका दिन इन्छनको इन्टरनेसनल ग्राउन्डमा THE PEOPLE'S CUP INTER NEPALESE TENNIS BALL CRICKET TOURNAMENT -2024 आयोजना गर्ने भएको छ।
पछिल्लो समय दक्षिण कोरियामा रहेका नेपाली हरुको क्रिकेट क्रेज हेरि हार्ड टेनिस बल द्वारा Incheon Yeounhi cricket ground मा २ दिन सम्म खेलाइने प्रतियोगितामा लगभग १६ देखि २० वटा क्रिकेट टिम रहने नेपाल राइनोका म्यानेजर राज श्रेष्ठले बताउनुभएको छ। १० ओभरको खेलाइने खेलको आन्तरिक तयारी पुरा भएको हुनाले दक्षिण कोरियामा रहेको सम्पूर्ण नेपाली क्रिकेट टिमलाई समयमै टिम दर्ता गर्न समेत श्रेष्ठले आह्वान गर्नुभएको छ।
नेपाल राइनो विगत १० वर्षदेखि कोरियामा कोरिया क्रिकेट एसोसिएसनले आयोजना गर्ने विभिन्न प्रतियोगितामा सहभागी भइरहेको एकमात्र नेपाली क्रिकेट टिम हो। सुरुको ...
२४ श्रावण २०८१, बिहीबार १२:३६२४ श्रावण २०८१, बिहीबार १२:३६२४ श्रावण २०८१, बिहीबार १२:३६ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:कर्णाली प्रदेशमा दक्षिण कोरियाले कोरियाको महान पर्व छुसकको अवसरमा “रारा सांगीतिक सौगात भाग १” गर्दैछ। त्यसैको बारेमा जानकारी दिन यहि आउँदो अगस्ट ११ तारिख पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभाहल दोङ्देमुनमा कार्यक्रमको कलाकार सहितको पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन गर्ने भएको छ।
कर्णालीका कला, संस्कृति र उत्कृष्ट पर्यटकीय गन्तव्य स्थलहरूलाई अन्तर्राष्ट्रिय जगतमा परिचित गराउने उद्देश्य र संस्थाको आपतकालीन राहत कोषलाई मजबुत बनाउने उद्देश्यका साथ कर्णाली प्रदेश समाज दक्षिण कोरियाले कोरियाली महान पर्व छुसकको अवसरमा सेप्टेम्बर १६ तारिखका दिन बृहत सांस्कृतिक कार्यक्रम "रारा सांगीतिक सौगात भाग -१" आयोजना गर्न गइरहेको छ। उक्त कार्यक्रमको बारेमा जानकारी दिन अगस्ट ११ तारिख ११ बजे दोङ्देमुनमा रहेको पूर्वी नेपाल समाज दक्षिण कोरियाको सभाहलमा पोस्टर सार्वजनिक तथा पत्रकार सम्मेलन ...
२३ श्रावण २०८१, बुधबार १३:४९२३ श्रावण २०८१, बुधबार १३:४९२३ श्रावण २०८१, बुधबार १३:४९ by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: दक्षिण कोरिया तनहु समाज दक्षिण कोरियाले अगस्ट ११ तारिकका दिन सुवनको आजु युनिभर्सिटी मा आयोजना गर्न लागेको मैत्रीपूर्ण भलिबल प्रतियोगिता “तेस्रो भानुभक्त स्मृति कप भलिबल प्रतियोगिता २०२४ ” को अन्तिम तयारी पुरा भएको छ।
"आपसी मेलमिलाप र सहभागिता, खेलकुद विकासमा प्रवासीको एकता" भन्ने नारा सहित भलिबल खेलको साझा संस्था नेपाल कोरिया भलिबल संघको मातहतमा रहने गरी सो मैत्रीपूर्ण भलिबल प्रतियोगिता सुवन स्थित आजु युनिभर्सिटी को भलिबल स्टेडियममा आयोजना हुँदैछ।
दक्षिण कोरियाको नेपाली भलिबल प्रतियोगितामा पहिलोपटक कोरियन चारजना एम्पायर र एकजना कोरियन बाउन्सर समेत रहने ।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः २० लाख र १२ लाख कोरियन वोन प्रदान गरिने र सान्त्वना स्थान प्राप्त टिमले ४/४ लाख कोरियन वोन सहित मेडल र प्रमाण ...
२३ श्रावण २०८१, बुधबार ०२:५०२३ श्रावण २०८१, बुधबार ०२:५०२३ श्रावण २०८१, बुधबार ०२:५० by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज : सोनसिकले आफ्नो २१ औं वार्षिक साधारण सभा नजिकिँदै गर्दा कोरियामा रहेका ‘नेपाली विद्यार्थीहरूका अवसर र चुनौतीहरू तथा SONSIK को आगामी नेतृत्व’ विषयक अनलाइन अन्तरक्रिया कार्यक्रम गर्ने भएको छ । कार्यक्रम अगस्ट १० तारिख शनिवार बेलुकी ८:३० बजे (कोरियाली समय), बेलुकी ५:१५ बजे (नेपाली समय) मा जुम मा हुने सभापति मेघनाथ पौडेलले जानकारी दिनुभएको छ ।
उच्च अध्ययनका लागि दक्षिण कोरिया आउनु भएका सम्पूर्ण नेपाली विद्यार्थीहरुको साझा संस्था नेपाली बिद्यार्थी समाज दक्षिण कोरिया(सोनसिक) लाई सम्पूर्ण विद्यार्थीहरुको पहुँच सम्म पुर्याउने लक्षका साथ बिभिन्न कार्यक्रमहरु गर्दै आईरहेको छ । कोरियामा नेपाली विद्यार्थीहरुको संख्या बढ्दै गए सँगै बिभिन्न अवसरहरु साथै चुनौतीहरु पनि थपिदै गएका छन् । यसै प्रसंगलाई ध्यानमा राख्दै SONSIK को २१ औं वार्षिक साधारण सभा नजिकिँदै गर्दा कोरियामा रहेका ‘नेपाली विद्...
२२ श्रावण २०८१, मंगलवार १४:४१२२ श्रावण २०८१, मंगलवार १४:४१२२ श्रावण २०८१, मंगलवार १४:४१ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) दक्षिण कोरिया आयोजनामा अगस्ट ११ तारिक आइतबारको दिन सउलमा हुने “३०औं विश्व आदिवासी दिवस-२०२४” बृहत कार्यक्रमको तयारी तीव्र भइरहेको भएको अध्यक्ष बिसन राइले विशाल आवाज लाइ जानकारी दिनुभएको छ।
संयुक्त राष्ट्रसङ्घको पहलमा सन् १९९५ देखि अगस्ट ९ तारिखको दिनलाई विश्व आदिवासी दिवसको रुपमा मनाउने निर्णय गरेदेखि विश्वमा छरिएर रहेका आदिवासी जनजाति हरुले विश्व आदिवासी दिवस मनाउँदै आइरहेको छ। नेफिन कोरियाको मुख्य आयोजना तथा दक्षिण कोरियामा रहेका विभिन्न आदिवासी जनजाति नेफिन कोरियामा आवद्ध सस्थाहरुको आयोजनामा अगस्ट ११ तारिख आइतबारको दिन सउलको 서울특별시 성동구 금호로 118 (금호고등학교) मा अगस्ट ९लाई दिवसको रूपमा लिए पनि समय अनुकूलताका आधारमा अगस्ट ११मा दिवस मनाउन लागिएको हो।
कार्यक्रममा उपस्थित सबैले सकेसम्म आआफ्नो सांस्कृतिक पोसाक लगाएर उपस्थित भैदिनहुन ...