Advertisement
Advertisement

Breaking news 1

जेन्जी आन्दोलनमा दुबै आँखा गुमाएका सन्तोषका लागि कोरियामा सहयोग अभियान — यो आइतबार बन्द हुँदै

जेन्जी आन्दोलनमा दुबै आँखा गुमाएका सन्तोषका लागि कोरियामा सहयोग अभियान — यो आइतबार बन्द हुँदै

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
देशमा भएको जेन्जी आन्दोलनका क्रममा प्रहरीको गोली लागेर दुबै आँखा गुमाएका सुर्खेतका सन्तोष बोहराको उपचार तथा परिवारको सहयोगका लागि दक्षिण कोरियामा चलाइएको अभियान यो आइतबार (अक्टोबर २६) बन्द हुने भएको छ। २०८२ साल भाद्र २४ गते कर्णाली प्रदेशको सुर्खेतमा भएको आन्दोलनको दोस्रो दिन प्रहरीको गोली लागेर गम्भीर घाइते भएका २६ वर्षीय सन्तोष बोहरा हाल नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा उपचाररत छन्। आन्दोलनका क्रममा उनले दुबै आँखा गुमाएका छन् भने टाउको र अनुहारमा समेत गम्भीर चोट पुगेको छ। सन्तोषका बुबा चन्द्र बोहरा र श्रीमती निर्मला बोहरा अहिले नेपालगन्जमा उपचारमा व्यस्त छन्। ४ वर्षीया सानी छोरी घरमै भएकी छन्। परिवारको आर्थिक अवस्था कमजोर भएकाले उपचारसँगै सन्तोषकी छोरीको भविष्य पनि संकटमा परेको बताइएको छ। राजधानीदेखि टाढा रहेको कर्णालीमा भएको घटनाले राज्यको दृष्टि र जिम्मेवारी दुवै टाढा भए...
अनेसास कोरिया च्याप्टरद्वारा लक्ष्मी जयन्ती विशेष कविता वाचन कार्यक्रम अक्टोबर १९ मा हुँदै 

अनेसास कोरिया च्याप्टरद्वारा लक्ष्मी जयन्ती विशेष कविता वाचन कार्यक्रम अक्टोबर १९ मा हुँदै 

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
नेपाली साहित्यका महाकवि लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्ती तथा शुभ दीपावलीको अवसरमा अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले अक्टोबर १९ आईतवारका दिन “लक्ष्मी जयन्ती विशेष कविता वाचन कार्यक्रम” आयोजना गर्ने भएको छ। “काव्य–सुधा” शृङ्खलाको १७६औं संस्करणका रूपमा हुने उक्त कार्यक्रम अक्टोबर १९, २०२५ आइतबारका दिन, साँझ ६:०० बजे (नेपाली समय) फेसबुक लाइभ र जुममार्फत प्रत्यक्ष प्रसारण हुनेछ। यस विशेष साहित्यिक सन्ध्यामा विनोद परिवर्तित, जनक सन्याल र निर कमल उपाध्यायले कविता वाचन गर्नेछन्। कार्यक्रमको सहजीकरण अनेसास कोरिया च्याप्टरका सदस्य सुधाकर दाहालले गर्नेछन्। नेपालका महान् कवि महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्मृतिमा आयोजना गरिएको यस कवि–सन्ध्याले कोरियामा रहेका नेपाली साहित्यप्रेमीबीच साहित्यिक संवाद र सिर्जनाको वातावरण थप सशक्त बनाउने अनेसास कोरिया च्याप्टरले जना...
कोरियामा पनि माओवादीको ‘जेनजी रेड फोर्स’ गठन, संयोजकमा मोहन धमला

कोरियामा पनि माओवादीको ‘जेनजी रेड फोर्स’ गठन, संयोजकमा मोहन धमला

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
  नेकपा (माओवादी केन्द्र) निकट युवाहरूले दक्षिण कोरियामा पनि नयाँ संगठन ‘जेनजी रेड फोर्स’ गठन गरेका छन्। १४ देखि २९ वर्ष उमेर समूहका युवाहरूलाई लक्षित गरी गठन गरिएको यो संगठनले नयाँ पुस्तालाई राजनीतिमा सक्रिय सहभागी गराउने उद्देश्य लिएको छ। कोरियामा गठन गरिएको फोर्सको संयोजकमा मोहन धमलालाई जिम्मेवारी दिइएको छ भने नेपालतर्फको केन्द्रीय समन्वयकमा स्मृति तिमिल्सिना रहेका छन्। नेपालमा सुरु भएको यो अभियान अहिले देशका विभिन्न जिल्लासँगै विदेशस्थित माओवादी निकट युवाबीच पनि तीव्र रूपमा विस्तार भइरहेको छ। अहिलेको संक्रमणकालीन अवस्थामा देश साम्राज्यवादी र प्रतिक्रियावादीहरूको रणभूमि बन्ने खतरा रहेको र सरकार विभिन्न एनजिओ/आइएनजिओहरूले चलाइरहेका अनी जसले राष्ट्रिय स्वाधीनता कमजोर बनाएको भन्दै यस परिस्थितिमा युवाहरूले नेतृत्व लिँदै पार्टीलाई रूपान्तरण गरी चार/पाँच वर्षभित्र देशकै नम्बर ए...
नेपाल खेलाडी संघ, दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न — आर.के. श्रेष्ठ पहारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

नेपाल खेलाडी संघ, दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न — आर.के. श्रेष्ठ पहारीको अध्यक्षतामा नयाँ कार्यसमिति चयन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
नेपाल खेलाडी संघ दक्षिण कोरियाको दोस्रो अधिवेशन सम्पन्न भएको छ। अधिवेशनबाट आर.के. श्रेष्ठ पहारीको अध्यक्षतामा नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरिएको छ। सुवनस्थित निम्तो रेष्टुरेन्टमा सम्पन्न अधिवेशनमा संघका पदाधिकारी, सदस्य तथा विभिन्न क्षेत्रका खेलप्रेमी नेपालीहरूको उल्लेख्य उपस्थिति रहेको थियो। सर्वसम्मतिले गठन भएको नयाँ कार्यसमितिमा बरिष्ठ उपाध्यक्षमा रबिन्द्र खड्का, उपाध्यक्षमा जमानसिङ गुरुङ र नबिन सिंह बिष्ट निर्वाचित भएका छन्। त्यस्तै महासचिवमा कृष्ण भट्ट, कोषाध्यक्षमा सागर गुरुङ, र सदस्यहरूमा सुर्य थापा, नरेश भण्डारी तथा बिरेन्द्र बिष्ट चयन भएका छन्। संस्थाको बरिष्ठ सल्लाहकारमा बुद्धी गुरुङ रहनुभएको छ भने सल्लाहकारमा मिलन श्रेष्ठ, चन्द्र तामाङ र राजु अधिकारी चयन भएका छन्। “Sports for Health, Sports for Nations” भन्ने मूल नाराका साथ स्थापित नेपाल खेलाडी संघ दक्षिण कोर...
नेपाली खेलाडी संघ दक्षिण कोरियाको दोश्रो अधिवेशन यही अक्टोबर १२ मा हुने

नेपाली खेलाडी संघ दक्षिण कोरियाको दोश्रो अधिवेशन यही अक्टोबर १२ मा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका नेपाली खेलकर्मीहरूको साझा संस्था “नेपाली खेलाडी संघ, दक्षिण कोरिया” ले आफ्नो दोश्रो अधिवेशन–२०२५ यही अक्टोबर १२ तारिक सुवनमा गर्ने भएको छ। संघले “Sports for Health, Sports for Nations” भन्ने नाराका साथ आयोजना गर्न लागेको उक्त अधिवेशन अक्टोबर १२ का दिन सुवनस्थित निम्तो रेस्टुरेन्टमा दिउँसो २:०० बजे सुरु हुने कार्यक्रममार्फत सम्पन्न हुने जनाएको छ। संघका अनुसार उक्त अधिवेशनमा दक्षिण कोरियाभर सक्रिय खेलकर्मी, खेलप्रेमी, सामाजिक अगुवा तथा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूको उपस्थिति रहनेछ। कार्यक्रममा संघको औपचारिक संरचना गठन, आगामी कार्ययोजना, कोरियामा खेल क्षेत्रको सशक्तिकरण तथा नेपाली खेलाडीबीच एकता र सहयोगको सञ्जाल विस्तारका विषयमा छलफल हुने अपेक्षा गरिएको छ। संघले सबै खेल प्रेमी, प्रवासी नेपाली र सरोकारवाला व्यक्तिहरूलाई उक्त अधिवेशनमा सहभागी भई खेलक्षेत्रको उ...
डा.निकोलस भुसालले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

डा.निकोलस भुसालले मागे प्रधानमन्त्री र गृहमन्त्रीको राजीनामा

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
अभियन्ता डा.निकोलश भुसालले वर्तमान सुशीला कार्की नेतृत्वको सरकारको राजीनामा मागेका छन् । उनले जेनजी विद्रोहीको रगतमा बनेको सरकारसँग सामान्य माग राख्दा पनि समातिने भन्दै अहिलेको प्रधानमन्त्री र गृहमन्त्रीमाथि हार्दिक श्रद्धाञ्जलीबाहेक केही भन्न नसक्ने बताए । उनले अझै पनि इमान भए सरकारलाई राजीनामा दिन भन्दै आफूहरूले सरकार बनाउने बताए । भुसालले जेनजीका माग पुरा गर्न नसक्ने, प्रदेश खारेज गर्न नसक्ने भनेर यो सरकारले भनेको दिनबाटै सरकार मरिसकेको बताए । भुसाललाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेर राति छाडेको छ ।...
दक्षिण कोरियामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी प्रवासी संगठनबीच ऐतिहासिक एकता घोषणा हुने

दक्षिण कोरियामा नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी प्रवासी संगठनबीच ऐतिहासिक एकता घोषणा हुने

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा रहेका दुई प्रमुख वामपन्थी दलका प्रवासी संगठनबीच ऐतिहासिक एकता घोषणा सभा हुने भएको छ। नेकपा (माओवादी केन्द्र) को प्रवास संगठन “नेपाली जनप्रगतिशील मञ्च, दक्षिण कोरिया” र नेकपा (एकीकृत समाजवादी) को प्रवास संगठन “प्रवासी नेपाली एकता मञ्च, दक्षिण कोरिया” बीचको सहकार्यमा ‘एकता घोषणा सभा’ आयोजना गरिने भएको हो। “फुटेर होइन, जुटेर बन्दछ देश” भन्ने नारा सहित आयोजना हुने उक्त एकता घोषणा सभा आगामी अक्टोबर १९ (आईतबार) का दिन, मध्याह्न ठीक १२:०० बजे, 서울시 종로구 창신길 51, 5 층 MG 새마을금고 (Dongdaemun Exit No.1 बाट २०० मिटर अगाडि) मा सम्पन्न हुनेछ। संयुक्त रूपमा जारी गरिएको प्रेस विज्ञप्तिमा जनाइएअनुसार, नेपालमा देखिएको राजनीतिक अस्थिरता, विभाजन र अवसरवादका कारण वाम शक्तिहरू कमजोर हुँदै गइरहेको परिस्थितिमा प्रवासी नेपालीहरूले एकता र दृढ संकल्पका साथ अघि बढ्नुपर्ने आवश्यकता देखिएको उल्लेख ग...
दक्षिण कोरियामा सम्पन्न नवौं ‘रेसुङ्गा भलिबल कप–२०२५’, गुल्मी सम्पर्क समितिद्वारा कप उचाल्न सफल

दक्षिण कोरियामा सम्पन्न नवौं ‘रेसुङ्गा भलिबल कप–२०२५’, गुल्मी सम्पर्क समितिद्वारा कप उचाल्न सफल

Breaking News, Breaking news 1, Breaking news 2, जानकारी, भर्खरै, समाचार
दक्षिण कोरियामा नेपाली समुदायबीच अत्यधिक लोकप्रिय बनिरहेको मैत्रीपूर्ण भलिवल प्रतियोगिता “रेसुङ्गा कप–२०२५” आइतबार, अक्टोबर ५ मा भव्य रूपमा सम्पन्न भएको छ। नेपाल भलिवल संघ, दक्षिण कोरियाको समन्वयमा गुल्मी सम्पर्क समिति दक्षिण कोरियाले आयोजना गरेको यो प्रतियोगिता “राष्ट्रको लागि खेलकुद, स्वास्थ्यका लागि खेलकुद, खेलले नै दिन्छ राष्ट्रलाई स्वाभिमान, राष्ट्रिय खेल भलिवल बचाउ हाम्रो अभियान” भन्ने मूल नाराका साथ सुवोनस्थित आजु युनिभर्सिटी (Ajou University) को भलिवल स्टेडियममा सम्पन्न भएको हो। प्रतियोगितामा विभिन्न जिल्लाका समुदाय समितिहरूबीच रोमाञ्चक प्रतिस्पर्धा भएको यस संस्करणको विजेता बन्न सफल भएको छ गुल्मी सम्पर्क समिति दक्षिण कोरिया, जसले उपाधिसँगै नगद २५ लाख ५५ हजार ५५५ वोन, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ। त्यस्तै उपविजेता बन्न सफल भएको सुदूरपश्चिम समाज दक्षिण कोरियाले १५ ल...
आज कोरियन लिपी दिवस — भाषा, संस्कृति र चेतनाको गौरवको दिन

आज कोरियन लिपी दिवस — भाषा, संस्कृति र चेतनाको गौरवको दिन

Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, समाचार
दक्षिण कोरियामा हरेक वर्ष अक्टोबर ९ तारिखका दिन “कोरियन लिपी दिवस” (한글날 / Hangeul Day) विभिन्न कार्यक्रमहरूका साथ भव्य रूपमा मनाइन्छ। यो दिन कोरियाली लिपि हाङ्गुल को आविष्कार र प्रयोगको सुरुवात भएको सम्मानमा मनाउने गरिन्छ। इतिहासअनुसार, सन् १४४३ मा राजा सेजोंग महान् (세종대왕) र उनका विद्वानहरूको टोलीले आम जनताका लागि सजिलो र बुझ्न सकिने लेखन प्रणालीको रूपमा “हाङ्गुल” लिपिको विकास गरेका थिए। त्यसअघि कोरियालीहरू आफ्नो विचार चिनियाँ अक्षरहरूमा व्यक्त गर्थे, जुन जटिल र सामान्य जनताका लागि कठिन थियो। हाङ्गुलको मूल नाम “훈민정음 (Hunmin Jeongeum)” हो, जसको अर्थ हुन्छ — “जनताका लागि सही ध्वनिहरू।” सन् १४४३ मा राजा सेजोंग महान् (세종대왕) र उनका विद्वानहरूको टोलीले आम जनताका लागि सजिलो र बुझ्न सकिने लेखन प्रणालीको रूपमा हाङ्गुलको विकास गरेका थिए। ती अक्षरहरू यसरी बनाइएका थिए कि बोल्दा मुख, जिब्रो...
दक्षिण कोरियामा ढोरपाटन समाजको स्थापना तथा भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन

दक्षिण कोरियामा ढोरपाटन समाजको स्थापना तथा भेटघाट कार्यक्रम सम्पन्न, नयाँ कार्यसमिति चयन

Breaking News, Breaking news 1, जानकारी, भर्खरै, समाचार
“समृद्ध परिवेश, पर्यटन गन्तव्य गतिशीलता र भातृत्व, समानता, पारस्परिक सद्भाव र सक्षम प्रवासी नेतृत्व” भन्ने मूल नारासहित ढोरपाटन समाज, दक्षिण कोरियाको स्थापना तथा भेटघाट कार्यक्रम २०२५ अक्टोबर ६ मा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रम दक्षिण कोरियाको सुवोनस्थित भेटघाट रेस्टुरेन्टको सभाहलमा आयोजना गरिएको थियो। उक्त अवसरमा समाजले नयाँ कार्यसमिति गठन गर्दै **असोक अदै (मगर)**को नेतृत्वमा सर्वसम्मत नयाँ नेतृत्व चयन गरेको छ। नवनिर्वाचित समितिको संयोजनमा रुद्र कायत रहेका थिए। समितिका अन्य पदाधिकारीहरू यसप्रकार रहेका छन् —  • अध्यक्ष: असोक अदै (मगर), चौंतारे  • वरिष्ठ उपाध्यक्ष: गिर बहादुर भन्डारी  • उपाध्यक्षहरू: धिरज भन्डारी, सन्तोष कायत, अनिल छन्त्याल  • सचिव: हेबिन्द्र खड्का  • सह–सचिव: कपील गौतम  • कोषाध्यक्ष: थम प्रकाश धर्ति मगर  • सह–कोषाध्यक्ष: बिकाश भन्डारी  •...