डिसेम्बर १३ मा नेपाली सम्पर्क समितिको आयोजनामा सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ हुँदै
Breaking News, Breaking news 1, Breaking news 2, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
दक्षिण कोरियामा रहेका नेपाली समुदायलाई खेलकुदमार्फत एकताबद्ध गर्ने उद्देश्यसहित सुवनमा ‘NCC RUNNING BADMINTON CUP 2026’ आयोजना हुने भएको छ।
नेपाली सम्पर्क समिति (NCC) दक्षिण कोरियाको आयोजनामा तथा नेपाली ब्याडमिन्टन कमिटी दक्षिण कोरियाको समन्वयमा आगामी डिसेम्बर १३ तारिख आइतबार उक्त प्रतियोगिता हुन लागेको हो।
प्रतियोगितामा पुरुष डबल्सतर्फ ए, बी र सी गरी तीन विधामा प्रतिस्पर्धा हुनेछ भने महिलातर्फ खुला डबल्स प्रतियोगिता सञ्चालन गरिने आयोजकले जनाएको छ। महिलातर्फको प्रतियोगितामा सहभागिता निःशुल्क रहनेछ भने पुरुष डबल्सका लागि ८० हजार वन प्रवेश शुल्क निर्धारण गरिएको छ।
प्रतियोगितामा प्रत्येक विधाका विजेता, उपविजेता तथा तृतीय हुने दुई टोलीलाई समान पुरस्कार प्रदान गरिनेछ। जसअनुसार प्रथम हुने टोलीले ६ लाख वन, द्वितीय हुने टोलीले ३ लाख वन तथा तृतीय हुने दुई टोलीले जनही १ लाख ५० हजार वनसहित ट्रफी, ...









