कोरियन स्टारलाई साइन गर्न पिएसजी सफल
Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी, भर्खरै, मनोरन्जन, समाचार
कोरियन स्टारलाई साइन गर्न पिएसजी सफल
फ्रेन्च क्लब पिएसजी कोरियन स्टार मिडफिल्डर काङ-इन लीलाई भित्राउन सफल भएको छ। इटालियन ट्रान्सफर विज्ञ फाब्रिजियो रोमानोका अनुसार काङ-इन ली र पिएसजी बिच दीर्घकालीन सम्झौताको लागि पूर्ण रूपमा मौखिक सहमति भएको छ।
कोरियन स्टार काङ-इन लीलाई पिएसजीले स्पेनिस क्लब मल्लोर्काबाट साइन गरेको हो र रिपोर्ट अनुसार उनले पिएसजी सँगको मेडिकलको महत्त्वपूर्ण भाग पनि पुरा गरेका छन्। उनको लागि पिएसजीले €२० मिलियनको ट्रान्सफर सुल्क तिर्ने रिपोर्ट रहेको छ।
२२ वर्षीय मिडफिल्डर २०२१मा भ्यालेन्सियाबाट मल्लोर्कामा आएका थिए भने मल्लोर्कामा उनको प्रदर्शन निकै प्रभावशाली रहेको छ जसको कारण उनी माथि पिएसजी सहित अन्य धेरै क्लबहरूको नजर रहेको थियो।
२०२१/२२ सिजनमा उनको प्रदर्शन निकै उत्कृष्ट रहेको छ। उनको ड्रीबल गर्ने क्षमता र गोल अवसर सिर्जना गर्ने क्षमताको निकै प्रशंसा ...









