Advertisement
Advertisement

खेल

कोरियामा २०२५ को सिजनमा हुने भलिबल प्रतियोगिताहरूको बाँडफाँड गर्दै नेपाल भलिबल संघ कोरिया

कोरियामा २०२५ को सिजनमा हुने भलिबल प्रतियोगिताहरूको बाँडफाँड गर्दै नेपाल भलिबल संघ कोरिया

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै
विशाल आवाज: नेपाल भलिबल सङ्घ दक्षिण कोरियाले जनवरी २६ मा सन् २०२५ मा सङ्घको मातहतमा रहेर दक्षिण कोरियामा आयोजना गरिने भलिबल प्रतियोगिताहरूको बाँडफाँड गर्ने भएको छ। “स्वास्थ्यका लागि खेल,राष्ट्रका लागि खेल” भन्ने मूल नाराका साथ स्थापित नेपाल भलिबल संघ दक्षिण कोरियाले यही आउँदो जनवरी २६ तारिख आइतबारका दिन‌ १२ बजे दोङ्गदेमुन स्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा भलिबल प्रतियोगिता बाँडफाँड कार्यक्रम आयोजना गर्ने भएको हो। नेपालको राष्ट्रिय खेल भलिबल खेलको विकास र दक्षिण कोरियामा रहेका खेलाडीहरूको खेलस्तर अभिवृद्धि गर्नका निम्ति नेपाल भलिबल संघ दक्षिण कोरियाको मातहतमा रहेर यसअघि २०२४ को सिजनमा ६ वटा प्रतियोगिता बाँडफाँड भएको थियो। यसपालि पनि संघ मातहत रहेर दक्षिण कोरियामा स्थापित विभिन्न संघसंस्थाहरूले सन् २०२५ सिजनको लागि दक्षिण कोरियाको विभिन्न भूभागमा आयोजना गर्न इच्छुक भए सो दिन...
जनवरी १९ मा सउलमा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “कार्साङ”

जनवरी १९ मा सउलमा प्रदर्शन हुँदै बहुप्रतिक्षित चलचित्र “कार्साङ”

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
विशाल आवाज:अभिनेता दयाहाङ राईको ६ महिनापछि रिलिज भएको नयाँ चलचित्र ‘कार्साङ’ दक्षिण कोरियाको सउलमा पनि यही आउँदो  जनवरी १९ तारिखका दिन प्रदर्शन हुने भएको छ। शेर्पा समुदायको  ग्रामीण परिवेशमा आधारित भएर बनेको चलचित्र ‘कार्साङ’ आपतकालीन राहत कोष स्थापनार्थ माङ्गेन्ना इन्टरटेन्मेन्टले यही जनवरी १९ तारिख आइतबारका दिन दक्षिण कोरियाको सौलस्थित जोगेसाको हलमा प्रदर्शन गर्न लागेको हो। दिउसो १ बजेबाट प्रदर्शन हुने चलचित्र को प्रवेश शुल्क २२००० कोरियन वन  तोकिएको छ‌ भने अनलाइन टिकटको बुकिङ समेत खुल्ला भइसकेको आयोजकले जनाएको छ। यम शेर्पाको लेखन तथा निर्देशनमा तयार भएको ‘कार्साङ’ ग्रामीण परिवेशमा आधारित पारिवारिक कथावस्तुमा बनेको फिल्म हो । अभाव, गरिबी र शेर्पा समुदायको सांस्कृतिक कथावस्तुलाई उठाइएको फिल्ममा दयाहाङ राई, जितु नेपाल ,दिया मास्के,  सिर्जना निङलेखु, बुद्धि तामाङ, कविता आले, डोमा ...
शनिबार सुवनमा हुने “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” को सम्पूर्ण तयारी पूरा

शनिबार सुवनमा हुने “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” को सम्पूर्ण तयारी पूरा

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै, समाचार
विशाल आवाज: राप्रपा निकट प्रवास संगठन प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा भोलि पुष २७ गते अर्थात् जनवरी ११ तारिख शनिबारका दिन सुवनमा  हुन लागेको  “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” सम्पूर्ण तयारी पूरा भएको छ। प्रवासमा रहेका नेपाली समाजमा एकताको सन्देश दिँदै आधुनिक नेपालको एकीकरण गर्ने नेतृत्वकर्ता एवं राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भोलि  पुष २७ गते अर्थात् जनवरी ११ तारिख शनिबारका दिन  “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” मनाइने भएको हो। सुवन स्थित सुवन यक ९ नम्बर गेटबाट ५० मिटर अगाडि रहेको  कामना रेस्टुरेन्टको सभाहलमा गरिने कार्यक्रम ठिक १२ बजे सुरु हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।   १८औँ शताब्दीको मध्यतिर पृथ्वीनारायण शाहले स–साना राज्यहरूलाई एकीकरण गर्ने प्रयास गरेका ...
राजदूत तुम्बाहाम्फेद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

राजदूत तुम्बाहाम्फेद्वारा ओहदाको प्रमाणपत्र प्रस्तुत

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै, समाचार
गणतन्त्र कोरियाका कार्यवाहक राष्ट्रपति चोइ साङ मोकसमक्ष नेपालका राजदूत डा शिवमाया तुम्बाहाम्फेले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी छन् । मङ्गलबार सियोलमा आयोजित एक समारोहमा उनले आफ्नो ओहदाको प्रमाणपत्र प्रस्तुत गरेकी हुन् । प्रमाणपत्र पेस गरेपछि राजदूत तुम्बाहाम्फेले कार्यवाहक राष्ट्रपति चोईसँग शिष्टाचार भेट गरेकी सिओलस्थित नेपाली राजदूतावासले आज जनाएको छ । त्यस अवसरमा उनले नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको सन्दर्भमा द्विपक्षीय सम्बन्धलाई अझ सुदृढ बनाउन उच्चस्तरीय भ्रमण आदानप्रदानको महत्वपूर्ण हुने बताउँदै आगामी मेसम्ममा त्यस्ता भ्रमणका निम्ति सहजीकरण गर्न दूतावासलाई अवसर मिल्ने विश्वास व्यक्त गरिन् । आफ्नो कार्यकालमा दुई देशबिचको सम्बन्धलाई सुदृढ बनाउन इमान्दार भएर लाग्ने प्रतिबद्धता व्यक्त गर्दै राजदूत तुम्बाहाम्फेले गणतन्त्र कोरियामा रहेका एक ...
सलनालमा “प्रथम यायोक्खा पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता २०२५” आयोजना हुदै

सलनालमा “प्रथम यायोक्खा पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता २०२५” आयोजना हुदै

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, खेलकुद, जानकारी, भर्खरै
विशाल आवाज: कोरियनहरूको नयाँ वर्ष सलनालको पावन अवसरमा किरात राई यायोक्खा खेलकुद विभाग द्वारा जनवरी २८ तारिखका दिन सुवनमा "प्रथम यायोक्खा पुरुष डबल ब्याडमिन्टन प्रतियोगिता २०२५” को आयोजना हुने भएको छ। किरात राई यायोक्खा खेलकुद विभाग द्वारा प्रवासमा नेपालीहरू बीच सद्भाव एकता।खेलकुद स्वास्थ्य जीवनको आवश्यकता भन्ने मुल नाराका साथ जनवरी २८ तारिख मङ्गलबारका दिन सुवन स्थित 수원시 권선구 이북동 796-16 मा "प्रथम यायोक्खा पुरुष डबल ब्याडमिन्टन प्रिमियर लिग २०२५” आयोजना हुन लागेको हो। प्रतियोगितामा नेपाली खेलाडीहरूले A, B, र C गरि ३ श्रेणीहरूमा भाग लिन पाउनेछन् भने प्रत्येक श्रेणीका विजेता र उपविजेता हुने खेलाडीहरूले चार लाख र दुइ लाख ५० हजार कोरियन वन सहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गर्नेछन् । यसैगरी तीनवटै श्रेणीमा तेस्रो हुने खेलाडीहरूले १ लाख ५० हजार कोरियन वन सहित मेडल र प्रमाणपत्र‌ प्राप्त...
दक्षिण कोरियाले ९ नेपालीलाई गर्‍यो निष्कासन

दक्षिण कोरियाले ९ नेपालीलाई गर्‍यो निष्कासन

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, भर्खरै, समाचार
नेपालीहरूको प्रमुख गन्तव्यको रूपमा रहेको दक्षिण कोरियाले ९ जना नेपालीलाई निष्कासन गरेको छ। त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा दक्षिण कोरियाले उनीहरूलाई निष्कासन गरेको हो। स्रोतका अनुसार निष्कासन गरिनेहरूमा कान्छालाल मोक्तान, दावा छिरिङ शेर्पा, नवदत्त गुरुङ, विशेष लामा, गोपाल राना मगर, निर्मल गौतम, रुद्रबहादुर भुजेल र सन्दीप लामा रहेका छन्। उनीहरूलाई गत साता डीपोर्ट (निष्कासन) गरिएको स्रोतले बताएको छ। भिसाको म्यादभन्दा बढी बसेका कुमार तामाङलाई पनि दक्षिण कोरियाले निष्कासन गरेको स्रोतले बताएको छ। उनीहरूलाई थाइ एयरवेयजको जहाजबाट नेपाल फर्काइएको हो। इपीएसबाहेक पनि दलालहरूको प्रलोभनमा परेर दक्षिण कोरिया जाने नेपालीहरूको जमात ठूलो छ। आकर्षक तलब र भाषा परीक्षा बिनै दक्षिण कोरिया जाने प्रलोभनमा परेर नेपालीहरू त्यहाँ पुग्ने गरेका छन्। दक्षिण कोरियामै रहेका एक नेपालीले अध्यागमन क...
फेडेरेसनद्धारा रिटर्नी उधमीहरु सम्मानीत

फेडेरेसनद्धारा रिटर्नी उधमीहरु सम्मानीत

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, समाचार
रिटर्नी फेडेरेसन नेपालले चौथो स्थापना दिवसको अवसरमा रिटर्नी उधमीहरुलाई सम्मानित गरेको छ । काठमाण्डौं थापागाँउमा रहेको केन्द्रीय कार्यलयमा “स्थापना दिवसको विशेष समारोह”को विच सो सम्मान गरिएको हो । सम्मानित भएकाहरुमा कोशी प्रदेशबाट झापाका दिपक चापागाई, बाग्मती प्रदेशबाट दोलखाका ज्ञानु खवास , लुम्बीनी प्रदेशबाट गुल्मीका रविलाल पन्त , गण्डकी प्रदेश नवलपुरका शिव बहादुर केसी खत्री क्षेत्री र कर्णाली दैलेखबाट राम बहादुर बडुवाल रहेका छन । सम्मानित हुनेहरुले रिटर्नीहरुको रुपमा सम्मानित हुन पाउँदा खुसी व्यक्त गर्दै यसले स्वदेशमा केही गर्ने प्रेरणा मिलेको बताएका छन । रिटर्नी फेडेरेशनका ईन्चार्ज कृष्ण बहादुर केसीले विदेशमा दुःख गरेर फर्केका रिटर्नीहरु एकजुट भएर उधमशिलता सहितको राजनीतिमा सक्रिय रुपमा लाग्नुपर्नेमा जोड दिनुभएको छ । एमाले केन्द्रीय सदस्य समेत रहेका केसीले भोलीका दिनका देशको नेतृत्वमा र...
कोरियाको जेजु एयर दुर्घटनामा एक खर्ब ३९ अर्बको दावी, इतिहासकै महंगो बीमा दावीको सामना गर्दै पुनर्बीमा कम्पनी

कोरियाको जेजु एयर दुर्घटनामा एक खर्ब ३९ अर्बको दावी, इतिहासकै महंगो बीमा दावीको सामना गर्दै पुनर्बीमा कम्पनी

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, खेल, जानकारी, भर्खरै, समाचार
  हवाई बीमाको इतिहासमा सर्वाधिक महंगो बीमा दावी भुक्तानी बोईङ ७८७ इथोपियन एयरलाइन्स (२०१९ को दुर्घटना) घट्नालाई लिईन्छ । त्यसपछिको सर्वाधिक महंगो बीमा दावी भुक्तानीको रुपमा हालै कोरियाको मुहान अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो दुर्घट्नामा परेको घट्नालाई हेरिएको छ । वित्तीय अधिकारीहरूले मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जेजु एयरको यात्रुवाहक विमान दुर्घटनाका पीडितहरूको सुरक्षाका लागि बीमाको क्षतिपूर्ति सीमा एक अर्ब डलर नेपाली रुपैयाँ एक खर्ब ३५ अर्ब (करिब १.४७२ ट्रिलियन वोन) तोकिएको बताएका छन् । सो बाहेक जहाजको मूल्य समेतको आधारमा एक खर्ब ३९ अर्ब भन्दा बढि नेपाली रुपैयाँको बीमा दावी पर्ने प्रारम्भिक रुपमा देखिएको छ । यद्यपि दुर्घटनामा निधन भएका पीडित यात्रुका आफन्तहरुको एक्चुरी भ्यालुएशन गराउनु परेमा थप अर्बौ रुपैयाँ बढ्नेछ । कोरियाको चर्चित आर्थिक मिडिया मेल बिजनेस न्यूजपे...
सलनालमा हुने ओखलढुङ्गा सेवा  समाजको “ओखलढुङ्गा नाइट म्युजिकल इभेन्ट”  को पोस्टर सार्बजनिक

सलनालमा हुने ओखलढुङ्गा सेवा समाजको “ओखलढुङ्गा नाइट म्युजिकल इभेन्ट” को पोस्टर सार्बजनिक

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन, समाचार
  विशाल श्रेष्ठ/दक्षिण कोरिया: कोरियन नयाँ वर्ष सलनालको अवसरमा ओखलढुङ्गा सेवा समाज दक्षिण कोरियाद्वारा जनवरी २९  तारिख  आयोजना हुन लागेको “ओखलढुङ्गा नाइट म्युजिकल इभेन्ट” को पोस्टर आइतबारका दिन सौलमा एक कार्यक्रम गरी सार्वजनिक गरिएको छ। पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वय तथा पूर्वी नेपाल समाज अन्तर्गतका संस्था हरूको सहकार्यमा सलनालको दोस्रो दिन जनवरी २९ तारिख बुधबारका  हुने “ओखलढुङ्गा नाइट म्युजिकल इभेन्ट” को पोस्टर आइतबारका दिन दोङ्देमुन स्थित  पूर्वी नेपाल समाज दक्षिण कोरियाको  हलमा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थितिमा सार्बजनिक गरेको हो।   आयोजकले नेपालका चर्चित ख्याति प्राप्त राष्ट्रिय कलाकार गायिका आस्था राउतको  साथमा कार्यक्रम आयोजना गर्न लागेको जनाएको छ। सउल स्थित 성동 나이트클럽 मा नेपालबाट आमन्त्रित कलाकार आस्था राउतसँगै डिजे रमेश र स्थानीय कलाकारह...
भोजपुर परिवार दक्षिण कोरियाले “सलनाल नाइट डान्स पार्टी २०२५” ‌ गर्ने

भोजपुर परिवार दक्षिण कोरियाले “सलनाल नाइट डान्स पार्टी २०२५” ‌ गर्ने

Breaking News, Breaking news 1, Breaking news 2, Breaking news 3, अन्तराष्ट्रिय, खेल, जानकारी, ट्रेन्डिङ, भर्खरै, मनोरञ्जन, समाचार
विशाल आवाज: भोजपुर परिवार दक्षिण कोरियाले कोरियन नया बर्ष सलनालको अवसर पारेर आकस्मिक कोष संचालनार्थ जनवरी २८ तारिखका दिन सउलमा “सलनाल नाइट डान्स पार्टी २०२५” ‌आयोजना गर्नेभएको छ। पूर्वी नेपाल समाज दक्षिण कोरियाको समन्वयमा सलनालको पहिलो दिन जनवरी २८ तारिख मङ्गलबार हुने भोजपुर  परिवार दक्षिण कोरियाको “सलनाल नाइट डान्स पार्टी २०२५” को पोस्टर आइतबारका दिन दोङ्देमुन स्थित पूर्वी नेपाल समाज दक्षिण कोरियाको हलमा विभिन्न संघ संस्थाका व्यक्तिहरुको उपस्थितिमा सार्बजनिक गर्दै कार्यक्रम हुने जनाइएको हो। भोजपुर घर भइ हाल दक्षिण कोरियामा बसोबास गर्दै आएका व्यक्तिहरू मिली स्थापना गरेको भोजपुर परिवार दक्षिण कोरियाले पूर्वी नेपाल समाज दक्षिण कोरिया र सो अन्तर्गतका सबै सस्थाको सहयोगमा सधैं काममा व्यस्त जीवनलाई मनोरञ्जन पनि होस् भन्ने मूल उद्देश्यका साथ कार्यक्रम गर्न लागेको आयोजकले जनाएको छ।सलनालक...