Advertisement
Advertisement

दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपति पक्राउ

Advertisement
Advertisement

दक्षिण कोरियामा निलम्बित राष्ट्रपति युन सुक योल पक्राउ परेका छन्। बुधबार बिहान उनलाई सउलस्थित निवासबाटै पक्राउ गरिएको हो। 

स्थानीय समय अनुसार बिहान १० बजेर ३३ मिनेट जाँदा उनलाई पक्राउ गरिएको अधिकारीहरूले जनाएका छन्। यससँगै उनी पदमा रहँदै पक्राउ पर्ने पहिलो दक्षिण कोरियाली राष्ट्रपति बनेका छन्।

यसअघि, दक्षिण कोरियाली जाँचकर्ताहरूले यो महिनाको सुरुवातमा यून सुकलाई पक्रिने प्रयास गरेका थिए ।

अदालत समेतले पछिल्लो वारेन्टीको अवधि बढाएपछि भ्रष्टाचार अनुसन्धान कार्यालयबाट खटिएका अधिकारीले उनलाई पक्राउ गरेका हुन् । 

गत डिसेम्बरमा सैन्य शासन लागू गर्ने प्रयास गरेसँगै यून सुकमाथि विद्रोह गरेको आरोपमा जाँच भइरहेको छ । 

पक्राउको क्रममा यूनको आधिकारिक निवासबाहिर समर्थक र आलोचक दुवैको भीड देखिएको थियो । प्रहरीले समेत एक हजार बढी अधिकारीहरू तैनाथ गरेको थियो । 

समर्थकहरूले उनको नाम लिएर चिच्याइरहँदा विरोधीहरूले भने “पक्राउ गर” भन्दै नाराबाजी गरेका थिए।

अब उनी त्यहाँको भ्रष्टाचार अनुसन्धानसम्बन्धी कार्यालयमा उपस्थित गराइनेछन् जसले यसअघि उपस्थितिका लागि गरेको निर्देशनलाई उनले बेवास्ता गरेका थिए।

अनुसन्धानकर्ताहरूले यस महिनाको सुरुमासमेत उनलाई पक्राउ गर्न खोजे पनि असफल भएका थिए।

उनको महाभियोगसम्बन्धी सुनुवाइ मङ्गलवार सुरु भए पनि उनी उपस्थित नभएका कारण चार मिनेटमै सकिएको थियो। उक्त सुनुवाइले उनी पदमुक्त हुने-नहुने टुङ्गो लगाउनेछ।

यूनलाई पदबाट हटाउन वा नहटाउने विषयमा महाभियोगको परीक्षणले तय हुने बताउँदै कानुन व्यवसायीहरूले यसरी धरपकड गरी पक्राउ गर्नू जनतामाथि विश्वासघात भएको उल्लेख गरेका छन् ।

कट्टर परम्परावादी नेता यून सन् २०२२ मा राष्ट्रपतिमा निर्वाचित भएका थिए।

तर एप्रिलमा भएको संसदीय निर्वाचनमा विपक्षी पार्टीले फराकिलो जित हासिल गरेपछि उनका “हातखुट्टा बाँधिए जस्तै” भएको थियो।

त्यसयता उनको सरकारले चाहेका कानुनहरू पारित गर्न सकिरहेको छैन र उदारवादी विपक्षीहरूले पारित गरेका विधेयकहरूमा भिटो लगाउने अवस्थामा सीमित भएको छ।

कैयौँ भ्रष्टाचार प्रकरणमा नाम जोडिएका कारण उनको लोकप्रियता पनि खस्किएको छ।

उनकी पत्नीलाई एउटा महँगो ब्र्यान्डको झोला उपहार लिएको र धितोपत्र बजारमा चलखेल गरेको आरोप लागेको थियो।

यउल र उनीपछिका कार्यवाहक राष्ट्रपति दुवैलाई संसद्‌द्वारा महाभियोग लगाइएपछि दक्षिण कोरियामा राजनीतिक सङ्कट गहिरिएको छ।

राष्ट्रपति र कार्यवाहक राष्ट्रपतिमाथि महाभियोग लागेपछि हाल अर्थमन्त्री चोई साङ-मोकलाई कार्यवाहक राष्ट्रपति बनाइएको छ।

 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

BetOnRed: Význam ověřování původu her pro hráče

BetOnRed: Význam ověřování původu her pro hráčeJmenuji se Jan Novák a dnes se podíváme na BetOnRed, online kasino, které se v posl...

Ograniczone gry w bonusie powitalnym Dudespin: Pełna lista

Spis treściRestrykcje gier w bonusie powitalnym Dudespin: Kompletna listaCzym są ograniczenia gier i dlaczego istnieją?Pełna lista...

Cash out values at Casual Spin Casino drop sharply when your selection goes a goal down

In the fast-paced world of online sports betting, the cash out feature has become a vital tool for punters looking to manage ris...

Sociale medier og casinospil: Forstå free spins tilbud effektivt

Sociale medier og casinospil: Forstå free spins tilbud effektivtMit navn er Mads Jensen, og som ekspert inden for online gaming og...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×