Advertisement
Advertisement

कोरियाको जेजु एयर दुर्घटनामा एक खर्ब ३९ अर्बको दावी, इतिहासकै महंगो बीमा दावीको सामना गर्दै पुनर्बीमा कम्पनी

Advertisement
Advertisement

 

हवाई बीमाको इतिहासमा सर्वाधिक महंगो बीमा दावी भुक्तानी बोईङ ७८७ इथोपियन एयरलाइन्स (२०१९ को दुर्घटना) घट्नालाई लिईन्छ । त्यसपछिको सर्वाधिक महंगो बीमा दावी भुक्तानीको रुपमा हालै कोरियाको मुहान अन्तर्राष्ट्रिय विमानस्थलमा हिजो दुर्घट्नामा परेको घट्नालाई हेरिएको छ ।

वित्तीय अधिकारीहरूले मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको जेजु एयरको यात्रुवाहक विमान दुर्घटनाका पीडितहरूको सुरक्षाका लागि बीमाको क्षतिपूर्ति सीमा एक अर्ब डलर नेपाली रुपैयाँ एक खर्ब ३५ अर्ब (करिब १.४७२ ट्रिलियन वोन) तोकिएको बताएका छन् । सो बाहेक जहाजको मूल्य समेतको आधारमा एक खर्ब ३९ अर्ब भन्दा बढि नेपाली रुपैयाँको बीमा दावी पर्ने प्रारम्भिक रुपमा देखिएको छ । यद्यपि दुर्घटनामा निधन भएका पीडित यात्रुका आफन्तहरुको एक्चुरी भ्यालुएशन गराउनु परेमा थप अर्बौ रुपैयाँ बढ्नेछ ।

कोरियाको चर्चित आर्थिक मिडिया मेल बिजनेस न्यूजपेपरका अनुसार वित्तीय अधिकारीहरूले २९ तारिखमा बीमा कभरेजको वर्तमान अवस्था बुझी पीडितहरूको संरक्षणका लागि सहायता प्रणाली स्थापना गरेको जनाएको छ ।
दुर्घटनामा परेको विमानलाई १.०३६५१ अर्ब डलर (करिब १.५२५७ ट्रिलियन वोन) को बीमा गरिएको कोरियन सञ्चार माध्यमले उल्लेख गरेको छ । उक्त दुर्घटनाग्रस्त विमानमा सवार घाइते यात्रुको उपचार खर्च, पीडाको क्षतिपूर्ति, मृतक तथा मृतकका आफन्तलाई क्षतिपूर्ति समेत गरी कूल सीमा १ अर्ब डलर (करिब १.४७२ ट्रिलियन वोन) निर्धारण गरिएको मिडिया मेल बिजनेसले जनाएको छ । बोईङ ७३७ जहाजको मात्रै क्षतिको लागि ३६.५१ मिलियन डलर अर्थात नेपाली रुपैयाँ चार अर्बभन्दा माथिको बीमा गरिएको तथ्य खुलेको छ ।

कोरियामा हिजो भएको जेजु एयरको जहाज दुर्घटनामा १७९ जना यात्रु तथा चालक दलका सदस्यहरुको निधन भएको छ । त्यस्तै, हिजैदेखि विमानस्थल बन्द गरी उद्धार कार्य गरिएको छ । थाईल्याण्डबाट दक्षिण कोरियाका मौन विमानस्थलमा अवतरणको क्रममा धावनमार्गमा चिप्लिएर जेजु एयरको जहाज दुर्घटनाग्रस्त बन्न पुगेको थियो । धावनमार्ग नजिकै पुगेको जहाजमा चरा ठोक्किएको भनिएको थियो । तर, अवतरणको क्रममा जहाज ल्याण्डिङ गियर बिना नै धस्सिएका कारण चिप्लिएर विमानस्थलको पर्खालमा बजारिन पुगेको थियो ।

जेजु एयरले उक्त जहाजको सम्पूर्ण बीमा कोरियाको सामसुङ फायर एण्ड मरिन इन्स्योरेन्स कम्पनीको नेतृत्वमा गराएको थियो । अहिले बीमा दावी भुक्तानी सम्बन्धी सचिवालय समेत सोही कम्पनीको कार्यालयमा स्थापना गरिएको छ । विवरण अनुसार सामसुङ फायर एन्ड मरिन इन्स्योरेन्समा ५५ प्रतिशत, केबी इन्स्योरेन्स कम्पनीमा २६ प्रतिशत, डिबी इन्स्योरेन्समा १३ प्रतिशत, मेरिट्ज फायर एण्ड मरिन इन्स्योरेन्स कम्पनीमा ३ प्रतिशत र हाना इन्स्योरेन्स कम्पनीमा ३ प्रतिशत हिस्सा बीमा गरिएको पल्समा उल्लेख छ । पाँच विमा कम्पनीहरूलाई मृतकका परिवार र घाइतेहरूलाई उपयुक्त र शीघ्र क्षतिपूर्ति दिन कदम चाल्ने योजना बनाएका छन् । यी पाँच बीमा कम्पनीहरूले ९९.२ प्रतिशत एयरलाइन्स बीमा विदेशी पुनर्बीमाकर्तालाई दिएको र बाँकी ०.८ प्रतिशत मात्रै आफूले ग्रहण गरेका छन् ।

यसबाहेक, प्रभावित ग्राहकहरूको लागि बीमा रकमको समीक्षा र भुक्तानीलाई प्राथमिकता दिइनेछ । बीमा सदस्यतासम्बन्धी जानकारी ‘फाइन’ पोर्टल र ‘फाइन्ड माई इन्स्योरेन्स’ वेबसाइटमार्फत प्राप्त गर्न सकिन्छ । साथै, जीवन बीमा संघ र निर्जीवन बीमा संघमार्फत फोनमार्फत परामर्श पनि उपलब्ध हुने व्यवस्था गरिएको जनाइएको छ ।

कोरियामा हिजो भएको जेजु एयरको जहाज दुर्घटनामा इतिहासकै महंगो मध्येका बीमा दावी भुक्तानीको सामना गर्न पुनर्बीमा कम्पनीहरु बाध्य भएका छन् । यसअघिको सबैभन्दा महंगो इथियोपियन एयरको जहाजको दावी भुक्तानी रकम २.२५ बिलियन अमेरिकी डलर दावी भुक्तानी तिर्नुपरेको थियो । सो घटनापछि विश्वभर नै हवाई बीमाको शुल्क आकासिएको थियो । यस पटक दुई दिन पहिले कजाकस्तानमा अजरबैजान एयरको जहाज दुर्घटनाको क्षतिपूर्ति पनि निकै ठूलो हुनेवाला छ । विकसित घटनाक्रमहरुले हवाई बीमाको प्रिमियम थप बृद्धि हुने अनुमान गरिएको छ ।

दक्षिण कोरियाको पूर्वाधार तथा यातायात मन्त्रालय (मोलिट) को आर्टिक ७० (१) र (२) अन्तर्गतको हवाई व्यवसाय ऐन अनुसार हवाई बीमालाई राखिएको छ । उक्त कानुन अनुसार यात्रु बीमा, एयरफ्रेम इन्स्योरेन्स, कार्गो इन्स्योरेन्स, वार रिक्स इन्स्योेरेन्स, थर्ड पार्टी इन्स्योरेन्स, एयर क्रू इन्स्योरेन्स तथा मोलिट आर्टिकल २ (३७) बमोजिमका अन्य इन्स्योरेन्सहरु अनिवार्य गरिएको छ । हवाई यात्रु बीमा दुई ट्रिलियन कोरियन युआन अर्थात नेपाली दुई खर्ब रुपैयाँसम्म तोकिएको छ ।

एजेन्सीहरुको सहयोगमा ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Warum GGBet die absolute Nummer eins für eSports-Wetten in Deutschland ist

Warum GGBet die absolute Nummer eins für eSports-Wetten in Deutschland istMein Name ist Max Müller, und in diesem Artikel werde ic...

BetOnRed: Význam ověřování původu her pro hráče

BetOnRed: Význam ověřování původu her pro hráčeJmenuji se Jan Novák a dnes se podíváme na BetOnRed, online kasino, které se v posl...

Ograniczone gry w bonusie powitalnym Dudespin: Pełna lista

Spis treściRestrykcje gier w bonusie powitalnym Dudespin: Kompletna listaCzym są ograniczenia gier i dlaczego istnieją?Pełna lista...

Cash out values at Casual Spin Casino drop sharply when your selection goes a goal down

In the fast-paced world of online sports betting, the cash out feature has become a vital tool for punters looking to manage ris...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×