Advertisement
Advertisement

शनिबार सुवनमा हुने “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” को सम्पूर्ण तयारी पूरा

Advertisement
Advertisement

विशाल आवाज: राप्रपा निकट प्रवास संगठन प्रवासी नेपाली एकता समाज दक्षिण कोरियाको आयोजनामा भोलि पुष २७ गते अर्थात् जनवरी ११ तारिख शनिबारका दिन सुवनमा  हुन लागेको  “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” सम्पूर्ण तयारी पूरा भएको छ।

प्रवासमा रहेका नेपाली समाजमा एकताको सन्देश दिँदै आधुनिक नेपालको एकीकरण गर्ने नेतृत्वकर्ता एवं राष्ट्र निर्माता पृथ्वीनारायण शाहको ३०३ औ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवसको अवसरमा भोलि  पुष २७ गते अर्थात् जनवरी ११ तारिख शनिबारका दिन  “पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस” मनाइने भएको हो। सुवन स्थित सुवन यक ९ नम्बर गेटबाट ५० मिटर अगाडि रहेको  कामना रेस्टुरेन्टको सभाहलमा गरिने कार्यक्रम ठिक १२ बजे सुरु हुने कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको आयोजकले जनाएको छ।

 

१८औँ शताब्दीको मध्यतिर पृथ्वीनारायण शाहले स–साना राज्यहरूलाई एकीकरण गर्ने प्रयास गरेका थिए जसले अहिलेको नेपाल बनेको थियो। तत्कालीन गोरखाका राजा शाहले विभिन्न सामाजिक, आर्थिक र भौगोलिक चुनौतीबीच जनताको उत्साहजनक सहयोग र सहभागितामा छरिएर रहेका बाइसे, चौबिसे राज्यलाई एकीकृत गरेका थिए ।

उक्त अभियानले राष्ट्रिय स्वाधीनता र सार्वभौमिकतालाई अक्षुण्ण राख्ने आधार तयार गरेका कारण विश्वका पुराना स्वतन्त्र राष्ट्रमध्ये नेपाल एक रहन पुगेको छ ।

विक्रम संवत् १७७९ मा जन्मिएका शाहले २० वर्षको उमेरमा गद्दी आरोहण गर्दै तत्कालीन आन्तरिक तथा बाह्यशक्तिलाई पराजित गरेर एकीकरण अभियान सञ्चालन गरेका थिए । उनले आफ्नो शासनकालमा दिएका ‘घूस लिने र दिने दुवै राष्ट्रका शत्रु हुन्’ भन्नेलगायत दिव्योपदेश आज पनि भ्रष्टाचार न्यूनीकरण र सुशासन प्रवद्र्धन गर्ने सन्दर्भमा त्यतिकै समय सान्दर्भिक छन् । भौगोलिक अवस्थाको पाटोलाई ध्यान दिँदै उनले नेपाललाई दुई ढुङ्गाबीचको तरुलको संज्ञा दिएका थिए ।

पछिल्ला वर्षमा उहाको योगदानको कदर गर्दै पुष्पकमल दाहाल(प्रचण्ड)नेतृत्वको नेपाल सरकारले पृथ्वी जयन्तीको अवसरमा विक्रम सम्वत् २०७९ साल बाट पुस २७ गते पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस बनाउन सार्वजनिक बिदाको परम्परा पुनः सुरु गरेको छ । उहाको निधन ५२ वर्षको उमेरमा विसं १८३१ मा भएको थियो।

कार्यक्रमको सम्पूर्ण तयारी पुरा भइसकेकाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको शुभकामना आदानप्रदान साथै भेटघाट कार्यक्रमलाइ सभ्य र भव्यताका साथमा सम्पन्न पार्नका लागि  कोरियामा क्रियाशील विभिन्न राजनीतिक,धार्मिक,जातीय, क्षेत्रीय संघसंस्थाका अध्यक्ष तथा प्रतिनिधि लगायत बुद्धिजीवी वर्ग, विद्यार्थी,व्यापारी ,पत्रकार एवं सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरुमा आयोजकले हार्दिक निमन्त्रणा समेत गरेको छ।

Advertisement
Advertisement

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमाबाट जन्मिएका बालबालिकालाई स्वास्थ्य बिमा र सरकारी सुविधा उपलब्ध गराउन कानुन संशोधनको तयारी

दक्षिण कोरियामा विदेशी आमा र कोरियाली जैविक बाबुबाट जन्मिएका तर विवाहबाहिर जन्मिएका बालबालिकालाई नागरिकता प्राप्त गर्नुअघि नै स्वा...
चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

चुरोट पिउनेलाई ठूलो झट्का ! दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव !

दक्षिण कोरियामा चुरोटको मूल्य झन्डै दोब्बर बनाउने प्रस्ताव सार्वजनिक भएको छ। हाल प्रतिप्याकेट ४,५०० वन पर्ने चुरोटको मूल्य बढाएर ८...

Top 10 critères pour choisir le meilleur casino en ligne étranger

Top 10 critères pour choisir le meilleur casino en ligne étrangerBonjour, je suis Julien Martin, expert dans le domaine des jeux e...

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-Up

Пин ап: винтажные причёски, которые легко повторить дома — обзор казино Pin-UpМеня зовут Анастасия Миронова, и я расскажу, как иде...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×