उर्गेन दोङको साथमा झुमे सउलबासि, सोनाम ल्होछार बृहत सांस्कृतिक कार्यक्रम २०२४ सम्पन फोटो फिचर सहित
विशाल आवाज: मंन्जुश्री संवत् २८६०औ मु पुख्रि ल्हो ( डुक ल्हो ) सोनाम ल्होछारको अवसरमा नेपाल तामाङ घेदुङ दक्षिण कोरियाद्वारा जोङ्गाक स्टेशन नजिक खोङवामुन पछाडि रहेको HW CONVENTION HALL मा आयोजित बृहत ल्होछार सास्कृतिक कार्यक्रम २०२४ मा उर्गेन दोङको साथमा दर्शक हरु मस्तले झुमेका थिए।
नेपाल तामाङ घेदुङ दक्षिण कोरियाको अध्यक्ष राजकुमार स्याङतानको अध्यक्षतामा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथिको रुपमा नेपाल राजदूतावासका द्वितीय सचिव सूर्य थापाको हुनुहुन्थ्यो। यसैगरी एनआरएनए दक्षिण कोरिया, आदिवासी जनजाति महासंघ नेफिन कोरिया, एनसिसी कोरिया, बागमती प्रदेश एकता समाज, फोनिज कोरिया, सँगै विभिन्न जातीय संस्था र क्षेत्रीय संस्थाको प्रतिनिधि हरुको अतिथिमा सम्पन कार्यक्रम मा लामा गुरुहरूले सामूहिक पूजापाठ गरेर सुरुवात गर्नुभएको थियो। औपचारिक कार्यक्रम पश्चात सांस्कृतिक कार्यक्रमका साथै...









