Advertisement
Advertisement

आफ्नो कामदारको विहेमा कोरियाबाट श्रीमतीसहित कम्पनीका सीईओ

Advertisement
Advertisement

 

रुपन्देहीको सैनामैना गाउँपालिका वडा नं २ बिहानीटोलका गणेश क्षेत्रीको माघ महिनाको अन्तिम दिन विवाहको कार्यक्रमले त्यो टोलमा त्यसैपनि खुशीयाली छाएको छ उसैगरी रमाइलो पनि छ तर त्यो भन्दा धेरै खुशीयाली र रमाइलो उनको विवाहको लागि कोरियाबाट आएका एक जोडीले बनाएका छन् । बिहे घर र गाउँमा दुलाहदुलहीको भन्दा बढी चर्चामा रहेका छन् ती जोडी ।

गणेश ५ वर्षदेखि कोरियामा अध्ययन र रोजगारीका लागि पुगेका हुन् । उनको इमान्दारिता र मेहनतको सम्मान गर्दै उनी कार्यरत कम्पनीका प्रमुख अहिले विवाहमा आएर उस्तै रमाइलो गरेका छन् । भाषाका हिसाबले अंग्रेजी, नेपाली केही नबुझ्ने ६४ वर्षीय योङ वा स्किम श्रीमती ह सुनेहलाई लिएर आफ्ना कामदारको वैवाहिक कार्यक्रमका लागि विशेष समय मिलाएर घरमै आएर बसेपछि अहिले गणेश, उनका परिवार र उनको टोलमा चर्चा चुलिएको छ ।

‘नेपालमा मालिकहरुले कामदारलाई हेर्ने दृष्टिकोण नै फरक हुन्छ तर कोरियालीले कामदारलाई सम्मान गरेर आफ्ना सबै काम छोडेर कामदारको विवाहमा लाखौं खर्च गरेर नेपाल आएका छन्, यो नेपालीहरुप्रतिको उच्च सम्मान पनि हो, कामदारप्रतिको सम्मान हो, कोरियनहरु काम गर्ने मान्छेलाई निकै आदर गर्छन्’, दुलाह गणेशका छिमेकी कोरिया बसेर फर्केका उमेश अर्याल भन्छन् ।

सोमबार सैनामैनाबाट विवाहमा बुटवलको बेलबास जन्ती बनेर आएका कोरियन नागरिक योङ यहाँको परम्परालाई नजिकबाट हेरिरहेका थिए । आफ्ना कामदार गणेश बेहुला भएकाले धेरै बोल्न नमिल्ने तर दोभासेको काम गरिरहेका उमेशले यहाँको परम्परा र अवस्थाबारे उनलाई जानकारी दिइरहेका थिए । योङको जोडीले सबै कर्महरु चाख दिएर हेरिरहेका थिए ।

विहेमा सहभागी बेहुला र बेहुली पक्षका अधिकांशको ध्यान उनीहरुको जोडीलाई हेरिरहेका देखिन्थे । सँगै फोटा खिचाउने, भिडिओ खिचाउने गरिरहेका उनीहरु निकै रमाइरहेका थिए । विवाहका लागि आफ्ना कम्पनीका मालिकलाई निमन्त्रणा गरेर केही साताअघि नेपाल आएका गणेश योङको जोडी आएसँगै निकै खुशी छन् ।

दक्षिण कोरियामा युङ वा छिवुङ कम्पनी चलाइरहेका योङको जोडी गणेशका विवाहका लागि एक साताअघि नेपाल आएको बताए । ‘म पनि बुद्धिष्ट हो, हामी धेरै कोरियामा बुद्धिष्ट छौं, गणेशको विवाह भएकैले पहिलोपटक नेपाल आउन पायौं, पहिले लुम्बिनी पुगेर आयौं, निकै रमाइलो लागेको छ’, उनले भने, ‘कोरियाको बिहे संस्कृति र यहाँको धेरै फरक रहेछ, सुरुदेखि सबै प्रकृया हेरिरहेको छु ।’

योङ पहिलो पटक नेपाल आएका हुन् । आफ्नो कम्पनीमा रहेका सबै देशका कामदारमध्ये सबैभन्दा इमानदारी नेपाली कामदारमा रहेको उनले बताए । ‘म अरु देश पनि गएको छु तर विवाहका लागि अरु कामदारको देशमा गएको थिइनँ, गणेशको इमानदारीको सम्मान गर्दै सबै काम छोडेर आएका हौं, हामीले कामको सम्मान गर्छौं, एक ठाउँको राम्रो विषयलाई ग्रहण पनि गर्छौ’, योङले भने ।

दुलाहा गणेशका छिमेकी अमृत गिरीका अनुसार योङ सैनामैनामा आएर बसेपछि टोलमै धेरै रमाइलो भइरहेका बताए । ‘कोरियामा सम्पन्न घरानाको मान्छे यहाँको कामदारको सम्मान गर्दै एक साता आएर बस्नु सामान्य विषय होइन, यसले निकै राम्रो सन्देश दिएको छ, हामीले कामदारलाई हेर्ने दृष्टिकोण र उनीहरुको धेरै फरक रहेछ, भाषा, खानपिन नमिल्ने उमेर पनि बूढो भएको मान्छे परिवारलाई लिएर आएकाले पनि धेरै खुशी लागेको छ’, उनले भने ।

विहेमा जन्ती रहेका गणेशका छिमेकी बाबुराम अर्यालले योङको परिवारले आफूहरुलाई पनि धेरै कुरा सिकाएको बताए । ‘हामीले श्रमको सम्मान कमै गरेका हुन्छौं, साहुले कामदारको वास्ता गर्ने निकै कम हुन्छ तर कोरियन योङको जोडीको उच्च सम्मानले धेरै कुरा सिकाएको छ, हामीलाई केही कुरा परिवर्तन गर्नुपर्छ भन्ने सिकाएको छ’, अर्यालले थपे ।

श्रोत : नेपाल प्रेस

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?

Proč jsou hry se symboly drahokamů a sedmiček v 22bet oblíbené mezi hráči?Ahojte, jmenuji se Jan Novák a rád bych se s vámi poděli...

Jak se liší bonusy za vklad kartou od bankovního převodu?

SlotRave Withdrawal to a New Payment Method

Contents1. Preparing for Your SlotRave Withdrawal2. A Step-by-Step Withdrawal Process3. Understanding Withdrawal Timelines and Lim...

Magius Server Stability: Uptime and Outages

Spis treściWskaźnik czasu działania (Uptime) platformy MagiusPlanowane przerwy techniczne i aktualizacjeNajczęstsze przyczyny niep...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×