विशाल आवाज: नेपालीहरूको राष्ट्रिय चाड तथा बौद्ध धर्मावलम्बीहरूको महान पर्व २१५१ औ स्यिङ फो डुक लो को अवसरमा शेर्पा संघ दक्षिण कोरिया द्दारा आयोजित “ग्याल्पो लोसार साझ-२०८०” शुभकामना आदानप्रदान तथा संस्कृति कार्यक्रम भब्यताका साथ सम्पन्न भएको छ।

२१५१ औ स्यिङ फो डुक लो को अवसरमा आयोजित शुभकामना आदानप्रदान तथा सांस्कृतिक कार्यक्रम लाइ सभ्य र भव्यताका साथ सफल पार्न नेपाली दुतवास दक्षिण कोरियाका श्रम काउन्सिलर श्री चन्द्रकला ओलि,पुर्व सुचना तथा सन्चार मन्त्री एवं १ नम्बर प्रदेशको पुर्व मुख्य मन्त्री मानवीय शेरधन राई,मिस मङ्गाेल २०१८ का बिजेता श्री जाङ्मु ईन शेर्पा ,MTU काेरिया का अध्यक्ष श्री उदय राईका साथै दक्षिण कोरियामा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिहरु संगै शेर्पा लगायत गैर शेर्पाहरुको बाक्लो उपस्थिती रहेको थियो।


“शेर्पा समुदायको मौलिक भाषा, धर्म र संस्कृतिलाई सम्बर्धन र प्रवर्द्धन गरौं, सामाजिक मूल्य मान्यतामा आधारित सभ्य र शान्तिपूर्ण समाज निर्माण गरौं” भन्ने मूल उद्देश्यका साथ स्थापित शेर्पा सङ्घ दक्षिण कोरियाद्वारा सलनालको दोश्रो दिन फेब्रुअरी १० तारिक साझ ७ बजे देखि बिहान ५ बजे सम्म सउलमा भएको कार्यक्रममा प्रवेश शुल्क ६०००० वन तोकिएको थियो। पानोरमा बुफे(पहिलेकै हल) मा भएको “ग्याल्पो लोसार साझ-२०८०” मा डिजे OOJOO को साथमा स्थानीय कलाकारहरूको बेजोड प्रस्तुति रहेको थियो।










