अनेसास कोरियाले बृहत् साहित्य मेला गर्ने
Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, धर्म सस्कृति, भर्खरै, मनोरञ्जन, साहित्य
अनेसास कोरियाले बृहत् साहित्य मेला गर्ने
विशाल आवाज:प्रवासी भूमि दक्षिण कोरियामा रहेर नेपाली भाषा साहित्यको विकास र विस्तारमा अनवरत रुपमा सकृय सँस्था अन्तरराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) कोरिया च्याप्टरले कोरियन छुसकको अवसरमा बृहत् साहित्यमेला गर्ने भएको छ।
कार्यक्रम छुसकको पहिलो दिन अर्थात् सेप्टेम्बर २८, बिहिबार कोरियाको राजधानी शहर सौलको जोङ्गाकमा रहेको हिमालय रेस्टुरेन्टको सभाहलमा गर्न लागिएको हो। नेपाली साहित्यका तिन विधा कविता, गजल र मुक्तकमा ३/३ जना गरि जम्मा नौ जना स्रस्टाहरुमा रचनाहरु वाचन हुनेछन् । कविहरु अजित उत्सव, सुनिल दिप्त राई र शकुन आँसुका दमदार कविताहरु वाचन हुनुका साथै गजलकारहरु ईश्वर दाहाल, निर्दोष शिव र स्पन्दन दिपकले मेहफिल तताउने पक्का छ। त्यसैगरि मुक्तक विधामा मुक्तककार त्रय आर पि सि संगम, रुशन सुवेदी र रामचन्द्र शर्माका चोटीला मुक्तकहरुले कार्यक्रमको ...







