निहारिका राजपूत डेरामै अचेत अवस्थामा फेला, प्रहरीले पुर्यायाे अस्पताल
निहारिका राजपूत डेरामै अचेत अवस्थामा फेला, प्रहरीले पुर्यायाे अस्पताल
जनकपुरधाम । निहारिका राजपुत जनकपुरधाम उपमहानगरपालिका ४ स्थित डेरामा अचेत अवस्थामा फेला परेकी छन् ।
डेराबाट प्रहरीले उद्दार गरी निहारिकालाई प्रादेशिक अस्पताल लगिएको छ । स्थानीयले निहारिका डेरामै छटपटाई रहेको भनेर जिल्ला प्रहरी कार्यालयमा खबर गरेपछि प्रहरीले तत्कालै आफ्नै गाडीमा अस्पताल पुर्याएको हो ।
निहारिकालाई के भएको हो भन्ने कुरा खुल्न सकेको छैन् । एक प्रहरीका अनुसार कोठामा पुग्दा उनी खाटमै ढलेकी थिइन् । विष सेवन गरेको आशंका छ ।
स्रोतका अनुसार निहारिका र उनका श्रीमान शिवराज श्रेष्ठबीच केही दिनदेखि सम्बन्ध विग्रेको छ । त्यसैले, उनी डेरा लिएर केही दिनदेखि छोरासँग जनकपुरधाममा बस्दै आएकी थिइन् ।
शिवराजसँग प्रेम गरेकै बेला निहारिका गर्भवती भएकी थिइन् । शिवराज गर्भ फाल्न दबाब दिए । तर उनी नमानेपछि शिवराज...









