साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दुई वर्ष ३ महिनाअघिको विन्दुमा प्रवेश गरेको छ ।
नेप्से परिसूचक २४०० विन्दू माथि पुगेको छ । बुलिस ट्रेण्ड समातेको बजारमा बिहीबार कारोबार सुरु भएको २६ औ मिनेटमा २४०० को उचाई चुमेको हो ।
अहिले बजार केही करेक्सन भई अगाडि बढेको छ । यो समाचार तयार पार्दासम्म ३५.३८ अंकले बढेर २४०० को विन्दूमा बजार घुमिरहेको छ ।
कारोबार रकम पनि कारोबार शुरुवात भएको गेढ घण्टामै ५ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको भइसकेको छ । असार १५ गतेदेखि बजार निरन्तर बढीरहेको छ ।कतिपय लगानीकर्ताले यतिबेला बुल रनमा प्रवेश गरेको बताउन थालेका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति पनि ल्याउँदै छ ।
आँखु खोला जलविद्युत कम्पनी, उपकार लघुवित्त र मेरो माइक्रोफाइनान्सको सेयरमूल्यमा अपर सर्किट समेत लागिसकेको छ र यो समाचार तयार पार्दाको समयसम्ममा ७ वटा कम...
२ श्रावण २०८१, बुधबार ०९:५६२ श्रावण २०८१, बुधबार ०९:५६२ श्रावण २०८१, बुधबार ०९:५६ by एलिनाNo Comments
साताको चौथो कारोबार दिन बुधबार पनि बजार उच्च अंकले बढेको छ । यो दिन बजार ५४.०४ अंकले बढेर २ हजार ३६४.६३ विन्दुमा आइपुगेको छ ।
यो दिन ३०६ वटा कम्पनीको ३ करोड २० लाख ९५ हजार कित्ता शेयर कारोबार हुँदा १२ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार भने ९ अर्बभन्दा माथि कारोबार भएको थियो ।
यस दिनको कारोबार रकम करिब ३५ महिनायताकै उच्च हो। यस अघि २०७८ भदौ १५ गते १३ अर्ब १६ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो। यसपछि यो दिन नै १२ अर्ब भन्दा बढीको शेयर कारोबार भएको हो ।यो दिन राम्रा र बलिया कम्पनी मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.२५ अंकले बढेर ४१९.७७ विन्दुमा पुगेको छ ।यो दिन ३०६ वटा कारोबार भएका कम्पनीहरुमध्ये २०४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।
यो दिन सर्वाधिक कारोबार हुने कम...
३२ असार २०८१, सोमबार ११:३०३२ असार २०८१, सोमबार ११:३०३२ असार २०८१, सोमबार ११:३० by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज : ख्यङ्साङ्नाम्दो किम्हे युनाईटेड महिला एफ सी ,नेपाल महिला फुटबल परिवार सेतो लाई २-० ले पराजित गर्दै दक्षिण कोरियाको दक्षिणी भाग किम्हेमा आयोजित “प्रथम गिम्हे युनाइटेड महिला फुटसल कप” चुम्न सफल भएको छ।
“विदेशी भूमिमा सङ्घर्षको क्रममा, रमाउ हामी फुट्सलको गोलमा। दक्षिण कोरियामा रहेर खेल दौरान घाइते खेलाडी उद्धार सहयोगार्थ” किम्हेमा गिम्हे युनाइटेड एफ.सिले आयोजना गरेको “प्रथम गिम्हे युनाइटेड फुटसल कप” मा यसपाली ३ महिला टिम पनि सहभागि रहेको थियो । ख्यङ्साङ्नाम्दो किम्हे युनाईटेड महिला एफ सी सहित नेपाल महिला फुटबल परिवार सेतो र नेपाल महिला फुटबल परिवार निलो गरी ३ टिम सहभागि प्रतियोगितामा सेतो ले बाइ पाएर सिधै फाइनलमा प्रवेश गरेको थियो । यसैगरी किम्हे युनाईटेड महिला एफ सी र नेपाल महिला फुटबल परिवार निलो बिच भएको सेमिफाइनलमा किम्हे युनाईटेड महिला एफ सी का जर्सी नम्बर १४ को खेलाडी डो...
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो शपथग्रहणसँगै २२ सदस्यीय मन्त्रिपरिषदको गठन गरेका छन् । उनको मन्त्रिपरिषदमा दुई उपप्रधानमन्त्री र १९ जना मन्त्रीहरू रहेका छन् ।
मन्त्रिपरिषदमा कांग्रेस र एमाले सहित ४ वटा दलको प्रतिनिधित्व रहेको छ । कांग्रेसबाट १० जना, एमालेबाट ८ जना, जसपा नेपालबाट २ जना, लोसपाबाट एक जना मन्त्री बनेका छन् ।
यस्तो छ ओली क्याबिनेट
प्रकाशमान: उपप्रधानमन्त्री तथा शहरी विकासमन्त्री
विष्णु पौडेल: उपप्रधानमन्त्री तथा अर्थमन्त्री
पृथ्वी सुब्बा गुरुङ: सञ्चारमन्त्री
रमेश लेखक: गृहमन्त्री
शरदसिंह भण्डारीः श्रम, रोजगार तथा सामाजिक सुरक्षा
डा. आरजु देउवा : परराष्ट्रमन्त्री
प्रदीप यादव: खानेपानीमन्त्री
बलराम अधिकारीः भूमि व्यवस्था मन्त्री
दामोदर भण्डारीः उद्योग मन्त्री
नवलकिशोर शाहः महिला तथा बालबालिकामन्त्री
देवेन्द्र दाहालः भौतिक पूर्वाधा...
२४ असार २०८१, आईतवार ११:०५२४ असार २०८१, आईतवार ११:०५२४ असार २०८१, आईतवार ११:०५ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:खोर्यङ नेपाली समाज दक्षिण कोरिया ले यही आउदो छुसकको अवसर पारेर ख्यङसाङबुक्दो थेगुमा “छुसक नाइट डान्स पार्टी-२०२४” आयोजना गर्ने भएको छ।
थेगुको खोर्यङ थेगु मा रहेको नेपाली हरु मिलि स्थापना गरेको खोर्यङ नेपाली समाज दक्षिण कोरियाले थेगुको बान्वल्दाङ स्थित AU CLUB मा कोरियन तथा नेपाली डिजे सहित नाइट डान्स पार्टि गर्ने भएको हो।थेगु तथा ख्यङबुक वरपर हाल धेरै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिति हुने तथा यहां रहेका धेरै संघसंस्थाहरुको अन्य कुनैपनि किसिमको कार्यक्रम नरहेको कुरालाइ मध्यनजर गर्दै सो कार्यक्रम आयोजना गरेको समाजका अध्यक्ष छोनाम लामाले जानकारी गराउनु भएको छ।
थेगु वरपर रहेका नेपाली दाजुभाईदिदिबहिनीहरुको बर्ष भरिको कामको चाप थकान तथा मानसिक तनाबलाई साथिभाईहरुको भेटघाटमा रमाइलो गरेर बिताउन भनेर सो कार्यक्रम राखिएको लामाले बताउनु भएको छ। यसरी धेरै साथिभाईहरु भेटघ...
२४ असार २०८१, आईतवार ११:०४२४ असार २०८१, आईतवार ११:०४२४ असार २०८१, आईतवार ११:०४ by विशाल श्रेष्ठNo Comments
केशब पोखरेल:लुम्विनी प्रदेश समाज दक्षिण कोरियाको प्रथम अधिवेसन सम्पन्न भएको छ, जसमा हिमाल खनाल को नेतृत्वमा २७ सदस्य कार्यसमिति निर्विरोध निर्वाचित भएको छ। जसको बरिष्ठ उपाध्यक्षमा मदन गौतम तथा महासचिवमा जयराम खनाल निर्वाचित भएको छ ।
आज सौल दोङ्देमुन स्थित नेपाल थाई नेपाली रेष्टुरेष्टको सभाहलमा उक्त अधिवेसन सम्पन्न भएको हो।
कार्यक्रम मा प्रमुख आतिथ्यता नेपाली राजदुतावास सउलका कार्यवाहक राजदुत पुष्पराज न्यौपानेको रहेको थियो भने विशिष्ट अतिथिमा नेपाली सम्पर्क समिति दक्षिण कोरियाका अध्यक्ष हरि प्रसाद खनाल को रहेको थियो भने दक्षिण कोरियामा रहेका विभिन्न संघसंस्थाहरूको अध्यक्ष तथा प्रतिनिधिहरू लगायत कोरियामा रहेका नेपाली हरुको बाक्लो उपस्थिति रहेको थियो। “पवित्र लुम्विनि, बुद्धको जन्मस्थान ,शान्ति सदभाव र सदाचार हाम्रो पहिचान” भन्ने मुल नाराका साथ स्थापना भएको यस समाजले कोरियामा रहेका विभिन...
२० असार २०८१, बुधबार ०५:०२२० असार २०८१, बुधबार ०५:०२२० असार २०८१, बुधबार ०५:०२ by एलिनाNo Comments
नेपालस्थित दक्षिण कोरियाको दूतावासको वेबसाइट ह्याक गरेर सेवाग्राहीसँग अवैध रूपमा रकम असुलमा संलग्न रहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
दक्षिण कोरिया दूतावासको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ८ जनालाई पक्राउ गरेको छ ।
अनलाइनमार्फत भिसा पाउने मिति रोज्न पाउने सुविधामा एजेन्टहरुले पहिले नै समय लिएर उक्त समय सर्वसाधारणलाई बेच्ने गरेको पाइएपछि ८ जनालाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।
पक्राउ पर्नेहरुमा भोजपुरको पौवादुङ्मा गाउँपालिका–५ घर भएका २१ वर्षीय दीपेन्द्र राई, नवलपुरको देवचुली नगरपालिका–१२ का २४ वर्षीय पवन काफ्ले, कावासोती नगरपालिका–८ का २१ वर्षीय संघर्ष ढकाल, काठमाडौं कलंकीका ३३ वर्षीय नवीन पौडेल, पोखरा महानगरपालिका–९ का समेश शेरचन र गोरखाको चुमनुब्री गाउँपालिका–७ का २१ वर्षीय छिरिङ निमा लामा छन् । अन्य दुई जनाको नाम प्रहरीले ख...
१९ असार २०८१, मंगलवार १०:३८१९ असार २०८१, मंगलवार १०:३८१९ असार २०८१, मंगलवार १०:३८ by एलिनाNo Comments
नेकपा माओवादी केन्द्रले आफ्नो प्रबास संगठन लाई थप जिम्मेवारी प्रदान गर्दै प्रदेश स्तरिय संरचनाको रुपमा बिस्तार गरेको छ । जस अन्तर्गत एसिया प्रदेश संगठन समिती लाई २ वटा महाशाखा मा बिभाजन गरेर पुर्बी महाशाखा र पश्चिम महाशाखा निर्माण गरेको छ । यी महाशाखा हरुलाइ प्रदेश स्तरिय संगठन को जिम्मेवारी प्रदान गर्दै विभिन्न बिभाग हरु निर्माण गरेर कार्यबिभाजन समेत तोकेको छ ।
प्रबासमा रहेका आफ्ना संगठन हरुलाइ कृयाशिल बनाउदै पार्टी र संगठन प्रती अझ जिम्मेवार बोध गराउने उदेश्य राखेर माओवादी केन्द्रले प्रबास संगठन लाई व्यापक बिस्तार गराउदै लैजाने योजना बनाएको छ । त्यसका लागि एसिया प्रदेश अन्तर्गत ' ४ महिने संगठन सुदृढीकरण तथा बिस्तार अभियान ' संचालन समेत गर्ने भएको छ ।
हाल एसिया प्रदेश संगठन लाइ ४५ सदस्यीय पश्चिम महाशाखा र ४१ सदस्यीय पुर्बी महाशाखा निर्माण गरेर अभियान शुरु गरेको छ ।
त्यसको लागि ...
१० असार २०८१, आईतवार १०:२२१० असार २०८१, आईतवार १०:२२१० असार २०८१, आईतवार १०:२२ by एलिनाNo Comments
दक्षिण कोरियाका लागि राजदूत पदमा सिफारिस भएका मानवअधिकारकर्मी सुशील प्याकुरेलले उक्त पद अस्वीकार गरेका छन् । उनले आइतबार एक विज्ञप्ति जारी गर्दै सिफारिस फिर्ता लिनका लागि प्रधानमन्त्री कार्यालयमा औपचारिक रूपमा पत्र दर्ता गराइसकेको जानकारी गराएका छन् ।
‘आजै प्रधानमन्त्रीज्यूलाई सम्बोधन गर्दै सरकारले मप्रति देखाएको विश्वासका लागि धन्यवाद ज्ञापन गर्दै दक्षिण कोरियाको राजदूत पदका लागि गरिएको सिफारिस फिर्ता लिइदिनुहुन विनम्र अनुरोधसहित लेखेको पत्र प्रधानमन्त्री कार्यालयमा विधिवत् दर्ता गराइसकेको छु’, उनको विज्ञप्तिमा उल्लेख छ, ‘यसबिच मलाई बधाई, शुभकामना दिँदै मप्रति सद्भाव प्रकट गर्नु हुने सबैमा धन्यवाद ज्ञापन गर्दछु ।’
असार ७ गतेको मन्त्रिपरिषद्को निर्णयअनुसार आफूलाई दक्षिण कोरियाको राजदूत पदमा नियुक्त गर्न सिफारिस गरिएको जानकारी सञ्चारमाध्यममार्फत पाएको पनि उनको विज्ञप्तिमा उल्लेख छ ...
९ असार २०८१, शनिबार १४:१८९ असार २०८१, शनिबार १४:१८९ असार २०८१, शनिबार १४:१८ by विशाल श्रेष्ठNo Comments
नेपाली जनसम्पर्क समिति दक्षिण कोरियाको सस्थापक गुट वाटअसन्तुष्ट पक्षको आयोजनामा जुलाई २७ र जुलाई २८ मा भव्य पिकनिकको आयोजना हुने भएको छ । कोरियामा रहेका लोकतन्त्रप्रेमी दाजुभाइ, दिदीबहिनीहरु तथा कोरियामा रहेको सामाजिक, जिल्लागत, क्षेत्रगत संघसंस्थाहरुलाई आमन्त्रण गर्दै कार्यक्रमको आयोजना गरिने सह महामन्त्री तथा कार्यक्रम संयोजक विकास मल्लले जनाएका छन् । संगठनभित्र भएका विभिन्न गतिविधिहरु र आगामी कार्ययोजना तर्जुमा गरी संगठनलाई चलायमान बनाउने कार्यक्रमको उदेश्य रहेको कार्यक्रम संयोजक मल्लले बताए । सह महामन्त्री मल्ल संयोजक रहेको आयोजक समितिमा सम्पूर्ण क्षेत्रीय सभापतिहरु सदस्य रहेका छन् ।
कार्यक्रम सफल पार्नको लागि जनसम्पर्क समितिको कार्यसमिति सदस्यहरु, क्रियाशील सदस्यहरु लगायत जनसम्पर्क समितिमा आस्था राख्ने करिब एक सय पचास (१५०) भन्दा बढी व्यक्तिहरु जोडिइसकेको र थप साथीहरु जोडिने क्रम ज...