Advertisement
Advertisement

नेपालस्थित दक्षिण कोरियाको दूतावासको वेबसाइट ह्याक गर्ने ८ जना पक्राउ नाम सहित

Advertisement
Advertisement

नेपालस्थित दक्षिण कोरियाको दूतावासको वेबसाइट ह्याक गरेर सेवाग्राहीसँग अवैध रूपमा रकम असुलमा संलग्न रहेका ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

दक्षिण कोरिया दूतावासको भिसा लिने समय बेचेर ठगी गरेको आरोपमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले ८ जनालाई पक्राउ गरेको छ ।  

अनलाइनमार्फत भिसा पाउने मिति रोज्न पाउने सुविधामा एजेन्टहरुले पहिले नै समय लिएर उक्त समय सर्वसाधारणलाई बेच्ने गरेको पाइएपछि ८ जनालाई पक्राउ गरेको सीआईबीले जनाएको छ ।

पक्राउ पर्नेहरुमा भोजपुरको पौवादुङ्मा गाउँपालिका–५ घर भएका २१ वर्षीय दीपेन्द्र राई, नवलपुरको देवचुली नगरपालिका–१२ का २४ वर्षीय पवन काफ्ले, कावासोती नगरपालिका–८ का २१ वर्षीय संघर्ष ढकाल, काठमाडौं कलंकीका ३३ वर्षीय नवीन पौडेल, पोखरा महानगरपालिका–९ का समेश शेरचन र गोरखाको चुमनुब्री गाउँपालिका–७ का २१ वर्षीय छिरिङ निमा लामा छन् । अन्य दुई जनाको नाम प्रहरीले खुलाएको छैन ।

उनीहरुले पहिल्यै अनलाइनमार्फत भिसाको डेट होल्ड गर्ने र अन्तर्वार्ताका लागि डेट नपाउनेहरुलाई प्रतिव्यक्ति ३० हजार रुपैयाँका दरले बेच्ने गरेको पाइएको सीआईबी स्रोतले बतायो ।

३० हजार रुपैयाँ तिर्दा भिसाको डेट पाएको तर भिसा नपाएको गुनासो दूतावासमा आएपछि दूतावासले सीआईबीलाई जानकारी गराएको थियो । दूतावासको पत्रपछि सीआईबीले ८ जनालाई पक्राउ गरेर अनुसन्धान अघि बढाएको छ ।

पक्राउ परेकामध्ये पवन इनोभा कन्सल्टेन्सी, संघर्ष युनिभा, नवीन यति सर्भिस् कन्सल्टेन्सी, सुमेश नोभा कन्सल्टेन्सी र छिरिङ यति सर्भिस् कन्सल्टेन्सीमा आबद्ध रहेको देखिएको सीआईबी स्रोतको भनाइ छ ।

वैदेशिक राजगारका लागि आकर्षक गन्तव्य मुलुक रूपमा रहेको कोरिया जानका लागि भिसाको आवेदनका लागि समय नै नपाउने गुनासो सेवाग्राहीले गरेपछि दूतावासले अनुसन्धान गर्दा बिचौलियाले वेबसाइट नै ह्याक गरेको पत्ता लागेपछि प्रहरीमा उजुरी गरेको थियो । यहीं विषयलाइ लिएर कोरियन प्रहरिले पनि अनुसन्धान गरी प्रक्रिया अघि वढाइ शकास्पद ब्यक्तिको खाता चेक गरिरहेको बुझ्नमा आएको छ ।

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
1
+1
1
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Ochrana před dezinformacemi a phishingem při hraní Chance Casino

Ochrana před dezinformacemi a phishingem při hraní Chance CasinoAhoj, jmenuji se Jan Novák a rád bych vám přiblížil online casino ...

Xon Bet Sticky Wild Slots Top Ten

InhaltWas sind Sticky Wilds und wie funktionieren sie?Unsere Top-Ten-Auswahl der Sticky Wild Slots bei Xon BetDetails im Vergleich...

Sichere Casino Slot Bonusrunden im Vergleich

Inhalt1. Arten von Slot-Bonusrunden im Überblick2. Vergleich der Gewinnpotenziale und Volatilität3. So triggern Sie Bonusrunden ef...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×