Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

यस वर्षको पहिलो चन्द्र ग्रहण आज

यस वर्षको पहिलो चन्द्र ग्रहण आज

Breaking News, Breaking news 1, धर्म सस्कृति, धर्म/ज्योतिश, समाचार
यस वर्षको पहिलो चन्द्र ग्रहण आज काठमाडौं । यस वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दै छ । यो चन्द्रग्रहण अरु बेलाको भन्दा विशेष छ । आज चन्द्रमा अरु बेलामा जस्तो पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन । यो चन्द्रग्रहणलाई पेनुमब्रल चन्द्रग्रहण भनिएको छ । चन्द्रग्रहण तीन प्रकारका हुन्छन्- पूर्ण, आंशिक र पेनुमब्रल । आजको चन्द्रग्रहण पेनुमब्रल हो । पेनुमब्रलमा चन्द्रमामा पृथ्वीको पूरै छाया नभइ उपछाया मात्र पर्छ । यसलाई अंग्रेजीमा पेनुमब्रा भनिन्छ । यसमा पृथ्वीको हल्का छाया परेको मात्र देखिन्छ । त्यसैले आज चन्द्रग्रहण लाग्दा चन्द्रमाको आकारमा परिवर्तन आएको नदेखिने खगोलविदहरुले जनाएका छन् । चन्द्रमाको आकार अरु सामान्य दिनमै जस्तो देखिने छ । तर रंग भने हल्का गुलाबीजस्तो हुनेछ । त्यसैले आजको चन्द्रग्रहणलाई खगोलविदहरुले विशेष मानेका छन्...
वैशाख २२ गते शुक्रबारको तपाईको दैनिक राशिफल

वैशाख २२ गते शुक्रबारको तपाईको दैनिक राशिफल

धर्म सस्कृति, धर्म/ज्योतिश
आज श्री शाके १९४५ बि.स.२०८० बैशाख २२ गते शुक्रबार । इश्वी सन २०२३ मे ५ तारीख । वैशाख शुक्लपक्ष पूर्णिमा तिथी स्वाती नक्षत्र सिद्धि योग वव करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा गद योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु पूर्णिमा व्रत, गौतमबुद्ध जयन्ती, कूर्मजयन्ती,चण्डीपूर्णिमा, गोरखनाथ जयन्ती, वैशाखस्नान समाप्ति, घाटुनृत्य विसर्जन, उभौली पर्व, स्वायास्पुन्ही, बन्दिकापुरमा चण्डेश्वरी रथ यात्रा, रानीगोटवाग भैरव पर्व, ल पु गोटीखेलमा वैतरणीधाम स्नान (ज्यो.प. सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ...
मन्त्री सुदन किराँतीको प्रश्न पछि कोरियाको लागि हवाई भाडा घटाईयो ।

मन्त्री सुदन किराँतीको प्रश्न पछि कोरियाको लागि हवाई भाडा घटाईयो ।

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति, समाचार
मन्त्री सुदन किराँतीको प्रश्न पछि कोरियाको लागि हवाई भाडा घटाईयो ।   दक्षिण कोरिया दक्षिण कोरिया जाने नेपाली श्रमिकहरुका लागि नयाँ भाडा दर तोकिएको छ। ईपीएस मार्फत भाषा परिक्षा उत्तीर्ण गरि रोजगारीको सिलसिलामा कोरिया जाने श्रमिकहरुका लागि नयाँ हवाई भाडा दर तोकिएको हो। माओवादीबाट पर्यटन मन्त्री बनेका सुदन किराँतीले इपिएस मार्फत कोरिया आउनेको जहाज भाडा महँगो लिएको प्रति इपिएस लाई पशन गरेपछि इपिएस ले भाडादर समायोजन गरेको छ। कार्यालय लाई हवाई भाडादर महँगो लिएको प्रति वैदेशिक रोजगार बिभाग र युनिभर्सल टुर्स एण्ड ट्राभल्सबिच कोरिया जाने श्रमिकहरुको हवाई भाडा घटाउने बारे सम्झौता भएको हो । सोही सम्झौता अनुसार कम्पनी आज एक सूचना जारी गर्दै अब कोरिया जान श्रमिकहरुलाई ८९५ अमेरिकी डलर अर्थात नेपाली १ लाख १६ हजार रुपैयाँ लाग्ने बताएको छ। कम्पनीले श्रमिकहरुलाई टिकट लिनको लागि नेपाल राष्...
पुष्पा खड्का र कविता नेपाली अभिनित पेम्बा लामाको ‘बैमानी’सार्वजनिक 

पुष्पा खड्का र कविता नेपाली अभिनित पेम्बा लामाको ‘बैमानी’सार्वजनिक 

Breaking News, जानकारी, मनोरञ्जन, समाचार
पुष्पा खड्का र कविता नेपाली अभिनित पेम्बा लामाको 'बैमानी'सार्वजनिक  गायक पेम्बा लामाको स्वर रहेको नयाँ गीतको भिडियो ‘बैमानी´ सार्वजनिक भएको छ। विगत ५ वर्ष देखि कोरियमा कार्यरत गायक लामा नेपालमा लामो बिदाको समयलाई सदुपयोग गर्दै उक्त म्युजिक भिडियो सार्वजनिक गरेक हुन उक्त सार्वजनिक गीतमा उदय सागरको शब्द रचना, दिपक विश्वकर्माको संगीत,गोपाल रसाईलिको एरेन्ज रहेको छ भने गीतको भिडियो ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। भिडियोमा केशवराज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने पुष्प खड्का र कविता नेपालीको मुख्य भुमीकामा प्रस्तुत छन । भिडियोमा संचारकर्मी सन्तोष बस्ताकोटी ,हेन्सल लामा र सुदर्शन पन्तको समेत अभिनय रहेको छ । बस्ताकोटीको भिडियोमा सस्पेन्स रोल रहेको छ। लोक पप शैलिको सो गीत पेम्बा लामा र क्षितिज स्पर्शको संयुक्त लगानिमा निर्माण भएको हो। उ...
पत्रकार महासंघ  जापान  शाखाद्वारा  सदस्यता  नविकरण आवेदन खुल्ला

पत्रकार महासंघ जापान शाखाद्वारा सदस्यता नविकरण आवेदन खुल्ला

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर
प्रमोद गिरी हिरोसिमा। नेपाल पत्रकार महासंघ जापान शाखाले सदस्यता नविकरण आवेदन खुल्ला गरेको छ । शाखाका सचिव राजन गौतमले दिएको जानकारी अनुसार आज में २ तारिखबाट में ११ तारिखसम्म आबेदन खुल्ला गरिएको हो ।   समयाबधि थप नगर्ने गरी ११ तारिख सम्म सदस्यता नविकरण लागि आवेदन खुल्ला गरिएको हो । नविकरण आबेदन दिनेहरुले सदस्यता शुल्क आफनै बैंक अकाउन्टबाट डिपोजिट गर्नु पर्नेछ भने संस्थाको बैंक खाता प्राविधिक कारणले डिपोजिट गर्न नमिल्ने भएको नविकरण शुल्कलाई कोषाध्यक्ष अर्जुन लामिछानेको खाता जम्मा गर्न महासंघले अनुरोध गरेको छ। सदस्यता नबिकरणका लागि आबेदन फारम र सम्बन्धित संचार संस्थाको परिचय पत्र र शुल्क जम्मा गरेको रसिद पत्रकार महासंघ जापान शाखाको आधिकारिक ईमेलमा पठाउन समेत अपिल गरेको छ ।   नेपाल पत्रकार महासंघको सदस्यता यस पटक नविकरणको लागि मात्र आवेदन खुल्ला गरिएको र नयाँ सदस्...
जापानमा शुरु भयो गोल्डन विकको चहलपहल

जापानमा शुरु भयो गोल्डन विकको चहलपहल

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ
प्रमोद गिरी हिरोसिमा। जापानमा अप्रिल २९ देखि गोल्डन विक शुरु भएको छ । यो बिदा मे ५ सम्म चल्छ । योसँगै घुमफिर अनि घरपरिवारलाई घुम्न जान निस्कनेहरुको भिडभाड चारैतिर देखिन थालेको छ ।   कोभिडका कारण लगाइएको प्रतिबन्धहरु तीन वर्षमा पहिलो पटक पूरै हटेको छ । यस्तोमा रेल स्टेशन, एक्सप्रेसवे, विमानस्थललगायत सबै सार्वजनिक सवारी साधनहरुमा शनिबार बिहानैदेखि मानिसको भिड छ । गोल्डन विक जापानमा सबैभन्दा लामो सार्वजनिक छुट्टीमा पर्दछ । गएको महीना भएको एक सर्वेक्षणमा यस पटकको गोल्डन विकको बिदामा जापानीहरुले सालाखाला ३९ हजार २९४ येन खर्च गर्ने योजना बनाएको बताएका थिए । यस पटक बिदामा २ करोड भन्दा धेरै घुमफिरमा निस्कने अनुमान गरिएको छ ।   गोल्डन विक नेपालीहरुका लागि भने कागलाई बेल सरह हुने गरेको छ । जापानमा रहेका ९९ प्रतिशत नेपालीहरु रेष्टुराँ आदिमा काम गर्छन् । अधिकांश नेपालीहरु यति ब...
कोरियामा पनि साकेला उभौली भव्य मनाईने 

कोरियामा पनि साकेला उभौली भव्य मनाईने 

अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, मनोरञ्जन, विदेश, समाचार
कोरियामा पनि साकेला उभौली भव्य मनाईने  विशाल आवाज संवाददाता किरात राई यायोख्खा दक्षिण कोरियाले सधैँ झैँ यो बर्ष पनि येले दोङ्ग ५०८३ , उभौँली साकेलाको आयोजना गर्ने भएको छ। बिगत बर्षहरुमा राजधानी सोलस्थित थोंदेमुनको एक पार्कमा मनाईँदै आईएको साकेला कार्यक्रम यो पटक भने कोरियाको सुवन शहरको एक ह्वासमुन छांआन पार्कमा आयोजना हुने किराँत राई यायोख्खाले जनाएको छ। " नौ लाख किराँतीको हामी हौँ सन्तान, भेष- भुषा , भाषा-धर्म र संस्कृतीको जगेर्ना हाम्रो अभियान " भन्ने मूल नारा सहित साकेला उभौँली किराँत राई जातीहरुको महान चाँड कोरियामा यही मे महिनाको १४ तारिक आईतबार मनाईने भएको हो।   किराँत राई जातीहरुले बर्षमा उभौँली र उधौँली गरी दुईपटक साकेला मनाउने गर्दछन। प्रवासमा पनि आफ्नो परम्परा, रितिरिवाज , संस्कृतीको जगेर्ना र संवर्धन गर्ने उद्धेश्य राखी मनाईने उक्त साकेला कार्यक्रमले राई जातीको मात्रै ...
मे २७/२८ मा बाग्लुङ समाज दक्षिण कोरियाले बृहत भेटघाट तथा रमाइलो वनभोज कार्यक्रम २०२३ गर्ने

मे २७/२८ मा बाग्लुङ समाज दक्षिण कोरियाले बृहत भेटघाट तथा रमाइलो वनभोज कार्यक्रम २०२३ गर्ने

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन, विदेश, समाचार
मे २७/२८ मा बाग्लुङ समाज दक्षिण कोरियाले बृहत भेटघाट तथा रमाइलो वनभोज कार्यक्रम २०२३ गर्ने  विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "प्रवासी भूमिमा बाग्लुङेहरुको एकता,सामाजिक कार्यमा सबैको सहभागिता ,आपतकालिन अवस्थामा बाग्लुङ समाजको आवश्यकता" भन्ने मुलनारा लिएर २००१ मा कोरियामा रहेका बाग्लुङेली बासि हरु मिलेर स्थापना भएको बाग्लुङ समाज दक्षिण कोरियाले २०२३ मे २७/२८ मा बृहत भेटघाट तथा रमाइलो वनभोज कार्यक्रम २०२३ गर्ने भएको छ। मनमोहक दृश्यावलोकन , स्थानीय कलाकारहरूको संगीतिक प्रस्तुतिसँगै लाइभ दोहोरी को साथमा स्वादिष्ट नेपाली परिकारको स्वाद लिन पाउने बृहत भेटघाट तथा रमाइलो वनभोज कार्यक्रम २०२३ दक्षिण कोरियाको चर्चित पर्यटकिय स्थल छेवुदो आइल्याण्डमा हुने आयोजकले विशाल आवाज लाइ जानकारी दिएको छ। कार्यक्रममा सहभागीताको लागि महिलाहरुको हकमा ५०००० वन र पुरुष हरुको हकमा ८०००० वन शुल्क WAGLE AMRIT KUM...
मे ७ तारिखका दिन कोरियाको आन्सानमा बुद्ध जयन्ती तथा नव वर्ष २०८० विशेष कार्यक्रम हुने

मे ७ तारिखका दिन कोरियाको आन्सानमा बुद्ध जयन्ती तथा नव वर्ष २०८० विशेष कार्यक्रम हुने

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, जानकारी, भर्खरै, समाचार
मे ७ तारिखका दिन कोरियाको आन्सानमा बुद्ध जयन्ती तथा नव वर्ष २०८० विशेष कार्यक्रम हुने विशाल आवाज संवाददाता:बुद्धम् शरणम् गच्छामि,धम्मम् शरणम् गच्छामि,सङ्घम् शरणम् गच्छामि प्रवासमा आपसी सद्भाव र एकताको भेला, नेपालको पर्यटन प्रवर्द्धन र विकासमा पुर्यायौ टेवा भन्ने मुल नाराका साथ २५६७ औँ बुद्ध जयन्ती, उभौली पर्व तथा नव वर्ष २०८० को पावन अवसरमा सुख, शान्ति, संवृद्धि तथा सु-स्वास्थ्य,दीर्घायू र उत्तरोत्तर प्रगतिको कामना गर्दै मे ७ तारिखका दिन कोरियाको आन्सानमा बुद्ध जयन्ती तथा नव वर्ष २०८० विशेष कार्यक्रम हुने भएको छ। नेपाली राजदूतावास द.कोरिया,सनातन साहित्य सङ्गीत साधना समूह पाँच "स" दक्षिण कोरिया , आदिबासी जनजाति महासंघ द.कोरिया , NRNA ख्यङ्गी इन्छन् प्रान्त दक्षिण कोरियाको संयुक्त आयोजनामा यही आउँदो मिति सन् २०२३ मे ७ तारिखका दिन कोरियाको आन्सान सहरमा हाम्रो पूर्वीय संस्कार संस...
आफ्नै कोठामा आएको साथिहरु लाइ आफैले खाना बनाएर खुवाएको र अन्त मा आफुलाइ ति साथी हरुले घात गरेपछि 

आफ्नै कोठामा आएको साथिहरु लाइ आफैले खाना बनाएर खुवाएको र अन्त मा आफुलाइ ति साथी हरुले घात गरेपछि 

Breaking News, Breaking news 1, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, समाचार
आफ्नै कोठामा आएको साथिहरु लाइ आफैले खाना बनाएर खुवाएको र अन्त मा आफुलाइ ति साथी हरुले घात गरेपछि  दक्षिण कोरिया: शनिवार अप्रिल को बेलुका एक जना Ramhari Chokhal (नाम परिवर्तन) ले आफ्नो कोठा मा 7-8 जना साथिहरु जम्मा गरेर मिठो मसिनो बनाइ weekend मनाउदै गरिरहेका थिए ‌।  तर केहि कुरा मा साथिहरु माझ सानो विवाद भयो। सानो कुरा लाइ इश्यु नगर्ने भनेर साथिहरु ले नै बिच बचाव गरेर शान्त पार्यो। तर केहि बेर मा ४ जना (गोपनियताका कारण फोटो नराखिएको) ले प्रहरी बोलायो। र उनिहरु लाइ साथिहरु ले हातपात गर्यो भनेर उजुरि दियो जबकि त्यहा तेस्तो केहि पनि भएको थिएन्। प्रहरी ले पनि आपसी बिवाद भनेर केहि गर्न मानेन र फर्किन लाग्यो तर यि (४ जना) मान्छेहरु मध्य एक जना ले Ramhari Chokhal (नाम परिवर्तन) लाइ इग्ङित गर्दै येस्को visa छैन यो 불법 हो भन्यो र प्रहरी ले त्यो भाइ लाइ समातेर लग्यो। मुक्त गुरुङ लाइ राति ११...