चर्चित पात्र मुकुन्द घिमिरेले चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने र त्यहाँ उमेद्वारी दिने बताएका छ्न । सामाजिक संजालमा यो जानकारी दिएका हुन ।
उनले सामाजिक संजालमा लेखेको स्टाटस यस्तो छ – `चितवन क्षेत्र नम्बर २ मा उपनिर्वाचन हुने,म मुकुन्द घिमिरेले उमेद्वारी दिने।´
मुकुन्द घिमिरेले धेरै पहिलेदेखि रवि लामिछाने बिदेशी नागरिक भएको बताउँदै आएका छ्न ।...
२९ माघ २०७९, आईतवार १२:०१२९ माघ २०७९, आईतवार १२:०१२९ माघ २०७९, आईतवार १२:०१ by विशाल श्रेष्ठNo Comments
बैठकले फागुन १ गते जनयुद्ध दिवसका रूपमा सार्वजनिक विदा दिने निर्णय गरेको हो।
वि.सं. २०५२ फागुन १ गतेबाट सुरू भएको जनयुद्ध २०६३ मंसीर ५ गते बिस्तृत शान्ति सम्झौतामा रूपान्तरण भएको थियो। त्यही जनयुद्धको जगमा नेपालमा राजनीतिक परिवर्तन सम्भव भएको थियो भने गणतन्त्र, संघीय प्रणाली, समावेशी लोकतन्त्र, सामाजिक न्यायजस्ता उपलब्धि जनयुद्ध र जनआन्दोलनको बलमा नै स्थापित भएका थिए।
जनयुद्धको नेतृत्वकर्ता पार्टी माओवादी केन्द्रले प्रत्येक वर्ष फागुन १ गतेलाई जनयुद्ध दिवसको रूपमा मनाउँदै आएको छ। परिवर्तनका पक्षमा भएका सबै आन्दोलन र क्रान्तिहरूको सम्मानमा सरकारले सार्वजनिक विदा दिने निर्णय लिएको हो।
यसअघि पुस २७ लाई राष्ट्रिय एकता दिवसका रूपमा सरकारले सार्वजनिक विदा दिएको थियो।...
२८ माघ २०७९, शनिबार १३:५०२८ माघ २०७९, शनिबार १३:५०२८ माघ २०७९, शनिबार १३:५० by विशाल श्रेष्ठNo Comments
सरकारलाई ध्यानाकर्षण ज्ञापनपत्र बुझाईयो
सोल,दक्षिण कोरिया-
ईपिएस प्रणाली मार्फत नेपाल
सरकारबाट श्रम स्विकृती लिई दक्षिण कोरियामा वैधानिक रुपमा बसोवास गरी रोजगार गरिरहेका नेपाली श्रमिकको कुनै कारणवस मृत्यु भएमा उक्त मृतकको शव नि:शुल्क स्वदेश फर्काउनु पर्ने माग राख्दै विभिन्न संघ-संस्था तथा कोरियामा रहेका नेपाली समुदायले नेपाल सरकार तथा प्रधानमन्त्री पुष्पकमल दाहाललाई ज्ञापन पत्र बुझाएका छन ।
करीब डेढ महिना पहिले दक्षिण कोरियास्थित नेपाली राजदुतावास मार्फत नेपाल सरकारका सम्बन्धित निकायहरुलाई ज्ञापनपत्र सहित ध्यानाकर्षण गराईएपनी त्यसको कुनै सुनुवाई नभएपछी फेरी दोस्रो ज्ञापनपत्र शुक्रबार प्रधानमन्त्री कार्यालयमा पुगी प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार हरिबोल गजुरेल मार्फत प्रधानमन्त्री पुष्पकमल दाहाललाई ध्यानाकर्षण सहितको ज्ञापन पत्र बुझाइएको हो ।
एउटा मृत...
२८ माघ २०७९, शनिबार ०९:४९२८ माघ २०७९, शनिबार ०९:४९२८ माघ २०७९, शनिबार ०९:४९ by विशाल श्रेष्ठNo Comments
नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले राष्ट्रपति हुन पाउँछु भनेर सबै दंग परेको टिप्पणी गरेका छन् । शनिबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
उनले एमालेले पार्टीका धेरै व्यक्तिलाई राष्ट्रपति बनाइदिने आश्वासन दिएकाले एमालेका नेताहरु राष्ट्रपति बन्न पाउँछु भनेर दंग परेको टिप्पणी गरे । उनले नेकपा एमालेले आश्वासन दिएका व्यक्तिलाई सेन्टीफ्ल्याट खुवाउने बताए ।
अध्यक्ष नेपालले आफ्नो पार्टीको राष्ट्रिय भूमिका केही छैन भन्नेहरूलाई देखाइदिएको बताए । उनले आफूले राष्ट्रिय राजनीतिमा सकारात्मक भूमिका खेल्नेसमेत बताए ।
देशको राष्ट्रिय परिस्थिति दुषित रहेको उल्लेख गर्दै उनले आफ्नो पार्टी केही होइन भन्नेहरुलाई सुदूरपश्चिम प्रदेशमा अहिले आएर देखाइदिएको जिकिर गरे । उनले आफ्नो पार्टीको भविष्य खत्तम छ भन्नेहरूलाई (एकीकृत समाजवादी) पार्टी सुदूरपश्चिम...
२८ माघ २०७९, शनिबार ०४:०६२८ माघ २०७९, शनिबार ०४:०६२८ माघ २०७९, शनिबार ०४:०६ by विशाल श्रेष्ठNo Comments
२८ माघ, काठमाडौं । राष्ट्रपति भण्डारीले प्रहरीबाट कुटिएका चिकित्सकसँग माफी माग्नु पर्ने सांसद ज्ञानेन्द्र शाहीले माग गरेका छन् ।
राप्रपाका संसदीय दलका प्रमुख सचेतकसमेत रहेका शाहीले विज्ञप्ति जारी गरी राष्ट्रपतिको सवारीका क्रममा चिकित्सकमाथि कुटपिट भएकोले माफी माग्नुपर्ने बताएका हुन् ।
‘राष्ट्रपतिलाई सम्मान दिनुपर्छ तर जनतालाई सास्ती दिएर चिकित्सकमाथि घटेको घटनाको घोर निन्दा र भत्र्सना गर्दछु,’ उनले भनेका छन्, ‘साथै सम्माननीय राष्ट्रपतले यो विषयमा चिकित्सकसँग माफी मागर्न हार्दिक अनुरोध गर्दछु ।’
राष्ट्रपति भण्डारी शुक्रबार संघीय संसदलाई सम्बोधन गरेर फर्किंदा सडक खाली गर्ने क्रममा प्रहरीले ट्रमा सेन्टरमा कार्यरत चिकित्सकलाई कुटपिट गरेको थियो ।
चिकित्सक सर्जरी सकेर फर्किंदै थिए । राष्ट्रपतिको सवारीका क्रममा प्रहरीबाट चिकित्सकमाथि नै कुटपिट भएपछि चर्को विरोध भएको छ ।...
२७ माघ २०७९, शुक्रबार ०५:४५२७ माघ २०७९, शुक्रबार ०५:४५२७ माघ २०७९, शुक्रबार ०५:४५ by विशाल श्रेष्ठNo Comments
बीबीसी। सबै अभिभावकका लागि यो भयानक दुःस्वप्नजस्तै हो। सन्तान बिरामी भएपछि तपाईँ तिनलाई अस्पताल लैजानुहुन्छ र भर्ना गर्नुहुन्छ। त्यसपछि तपाईँ निश्चिन्त बनेर सास फेर्नुहुन्छ र केही मिनेटका लागि बाहिर निस्कनुहुन्छ।
ठिक त्यस्तै परिस्थितिमा सिरियाको इड्लिब प्रान्तका पत्रकार इस्माइलको जीवनमा अकल्पनीय घटना भयो।
स्थानीय समयानुसार बिहानको ४:१८ बजे टर्कीमा केन्द्रबिन्दु बनाएर ७.८ म्याग्निट्यूडको विनाशकारी भूकम्प आयो। उक्त भूकम्पले सिरियामा उनी भएको ठाउँका सबै संरचना “दुई मिनेटसम्म नराम्रोसँग” हल्लाइदियो।
“त्यसपछि भुइँचालो झन् शक्तिशाली बन्दै गयो,” उनले मसँग स्पष्ट आवाज नआइरहेको टेलिफोन कुराकानीमा भने। “बिजुली गयो र अस्पालको सिसाको प्रवेशद्वार भत्किन थाल्यो।”
उनले १५० मिटर पर अवस्थित दुईवटा आवासीय भवन भत्किरहेको देखे। तर अकस्मात् अँध्यारो भएकाले उन...
२६ माघ २०७९, बिहीबार १४:३६२६ माघ २०७९, बिहीबार १४:३६२६ माघ २०७९, बिहीबार १४:३६ by विशाल श्रेष्ठNo Comments
२६ माघ, धनगढी । सुदूर पश्चिम प्रदेशमा नेपाली कांग्रेसका कमलबहादुर शाह मुख्यमन्त्रीमा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख देवराज जोशी संविधानको धारा १६८ को उपधारा ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा शाहलाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
विश्वासको मत नपाएपछि सुदूरपश्चिमका मुख्यमन्त्री राजेन्द्र रावल पदमुक्त भएका थिए ।
२७ पुसमा नागरिक उन्मुक्ति पार्टीको समेत समर्थनमा मुख्यमन्त्री नियुक्त भएका रावलले संविधान अनुसार ३० दिनभित्र विश्वासको मत लिनुपर्ने थियो ।
जस अनुसार उनी मुख्यमन्त्री भएको ३० दिन आज पूरा भएको छ । तर विश्वासको मत लिने दिन नागरिक उन्मुक्ति पार्टीका सांसद प्रदेश सभामा अनुपस्थित भउपछि रावलले विश्वासको मत पाउन नसकेका हुन् ।
रावल पदमुक्त भएपछि प्रदेश प्रमुख जोशीले नयाँ मुख्यमन्त्री नियुक्त गरेका हुन् । नवनियुक्त मुख्यमन्त्री शाहले ३० दिन...
२६ माघ २०७९, बिहीबार १२:२४२६ माघ २०७९, बिहीबार १२:२४२६ माघ २०७९, बिहीबार १२:२४ by विशाल श्रेष्ठNo Comments
विश्वासको मतको प्रस्ताव अस्वीकृत, ३० दिनमै ढल्यो सुदूरपश्चिम प्रदेश सरकार
नागरिक उन्मुक्ति पार्टीको अडानका कारण संविधानद्वारा निर्धारित समयभित्र विश्वासको मत प्राप्त गर्न राखेको प्रस्ताव नै अस्वीकृत भएपछि सुदूरपश्चिममा मुख्यमन्त्री राजेन्द्रसिंह रावल पदमुक्त भएका छन् । एमाले नेतृत्वको सरकारका लागि बिहीबारसम्म विश्वासको मत लिने समय थियो ।
नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संबैधानिक प्रावधान छ । उक्त प्रावधान अनुसार विश्वासको मत लिने अन्तिम दिन प्रदेश सभामा मुख्यमन्त्री रावलले राखेको विश्वासको मत प्राप्त गर्ने प्रस्ताव नै अस्वीकृत भयो । जेलभित्र रहेका नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक रेशम चौधरी सहित अन्य जनाको जेलमुक्तिको सर्त पुरा गर्न सत्तागठबन्धनले नसकेपछि सरकार नै ढलेको हो । विश्वासको मत माग्ने प्रस्ताव नै अस्वीकृत भएको कारण प्रदेश सरकार ढलेको यो पहिलो घ...
२६ माघ २०७९, बिहीबार ०७:४१२६ माघ २०७९, बिहीबार ०७:४१२६ माघ २०७९, बिहीबार ०७:४१ by विशाल श्रेष्ठNo Comments
ब्वायफ्रेण्डको परिवारले मिठो खाना नखुवाएको भन्दै प्रेमीकाले सम्बन्धमा पूर्णविराम लगाएकी छिन् । खबर हो चीनको दक्षिण(पश्चिमी प्रान्त सिचुआनको सुकान सिक्सुनको ।
पहिलो पटक आफ्नो प्रेमीका अभिभावकलाई भेट्न साढे दुई घण्टाको यात्रा गरेर गएको र आँफुले भनेजस्तो खानाका परिकारहरु केटाको परिवारले तयार नगरेको भन्दै ति प्रेमीका रुष्ट बन्दै सम्बन्ध तोडेको साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेको छ ।
प्रेमी भेट्न घण्टौँ लामो यात्रा गरेकी प्रेमीकाले सार्वजनिक गरेको भिडियोमा चाउचाउ, फ्राइड अण्डा, दउल, स्टिर फ्राइड डिश र विभिन्न चिसो परिकार खुवाएको देख्न सकिन्छ । यति धेरै परिकार भए पनि केटी निराश भइन् ।
वास्तवमा, केटीले पहिलो भेटमा अझ स्वादिष्ट खाना खाने अपेक्षा गरेकी ति युवतीले भनेजस्तो खानाको परिकार नपाएको भन्दै चालेको कदमले अहिले सबै चकित परेका छन् । मलाई चाउचाउ मन पर्दैन भन्...
२६ माघ २०७९, बिहीबार ०७:३२२६ माघ २०७९, बिहीबार ०७:३२२६ माघ २०७९, बिहीबार ०७:३२ by विशाल श्रेष्ठNo Comments
छिमेकी मुलुक भारतको राजधानी नयाँ दिल्लीबाट भारतकै उत्तराखण्ड घुम्न गएका दुई जना आन्तरिक पर्यटकलाई गुगल म्यापमाथि आवश्यकता भन्दा धेरै विश्वास गर्नु भारी परेको छ ।
उनीहरू विष्णुप्रयाग जाने तयारी गरिरहेका थिए । गुगल म्यापमा खोजेर उनीहरूले एउटा छोटो पैदल बाटो पनि पत्ता लगाए । उनीहरु गुगल म्यापले देखाएको बाटोबाट हिँड्दै गए ।तर गुगल म्यापमा देखिएको पुल वास्तविक रुपमा टुटेको र पार गर्ने वैकल्पिक बाटो पनि नरहेपछि उनीहरू संकटमा परे ।
वैकल्पिक बाटो खोज्दै हिँडिरहँदा उनीहरू पहाडबाट तल खसे । धेरै समयपछि मात्र उनीहरुको उद्धार हुनसक्यो ।
दिल्लीबाट उत्तराखण्ड घुम्न गएका एक जोडीले गत बुधबार जोशीमठको विष्णुप्रयाग जाने योजनासहित हिंडेका थिए ।गुगल म्यापबाट हेर्दा पैदलै जाँदा छिटो पुगिने बाटो उनीहरुले देखे । गुगल म्यापले कुनै सर्टकट बाटो बतायो र दुवैजना त्यहीं बाटो पछ्याउँदै अ...