Advertisement
Advertisement

Author: विशाल श्रेष्ठ

मे २१ मा हुने ब्लकबस्टर हिट चलचित्र “जारी-सुवन शो” को सम्पूर्ण तयारी पूरा 

मे २१ मा हुने ब्लकबस्टर हिट चलचित्र “जारी-सुवन शो” को सम्पूर्ण तयारी पूरा 

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, मनोरञ्जन, समाचार
मे २१ मा हुने ब्लकबस्टर हिट चलचित्र "जारी-सुवन शो" को सम्पूर्ण तयारी पूरा  बोम्जन गुरुङ  ०६ मे २०२३, कोरिया  पछिल्लो समय ब्लकबस्टर हिट नेपाली कथानक चलचित्र "जारी" यही आउँदो मे २१ तारिक वन्जु मुन्माक मैत्री समाजको आयोजनामा कोरियाको सुवन सहर (수원시 팔달구 행궁로 88 (남문 로데오 아트홀) मा प्रदर्शन हुने भएको छ । नेपाली चलचित्र उद्योगको प्रोत्साहन र कलाकारिता क्षेत्रलाई सम्मान गर्दै संस्थागत कोष अभिवृद्धि गर्ने उद्धेश्यले सो चलचित्र प्रदर्शनको तयारीमा जुटेको समाजका अध्यक्ष विष्णु खत्रीले जानकारी दिए । चलचित्र "जारी सुवन शो "को निम्ति सम्पूर्ण तयारी पूरा भएको जानकारी गराउँदै वन्जु मुन्माकबाट जान आउनको लागि बसको व्यवस्था समेत गरिएको समाजका महासचिव सुवास ठकुरीले बताए ।  "कबड्डी ४" मा पर्दा सेयर गरेपछि नायक दयाहाङ राई र नायिका मिरुना मगरको जोडी फिल्म क्षेत्रमा जम्दै गईरहेको बेला यी दुई जोडीलाई...
वैशाख २३ गते शनिबारको तपाईको दैनिक राशिफल

वैशाख २३ गते शनिबारको तपाईको दैनिक राशिफल

Breaking News, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, राष्ट्रिय खबर, समाचार
आज श्री शाके १९४५ बि.स.२०८० बैशाख २३ गते शनिबार । इश्वी सन २०२३ मे ६ तारीख जेष्ठ कृष्णपक्ष प्रतिपदा तिथी विशाखा नक्षत्र व्यतीपात योग बालव करण चन्द्रमा तुला राशिमा पश्चात वृश्चिक राशिमा आनन्दादि योगमा शुभ योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु (ज्यो.प. सरोज घिमिरे)   मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तकाे उपहारले प्रसन्नता मिल्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ। स्वास्थ्यका लागि सजग रहनुहोला।   बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भ...
‘जापानका करिब  आधा युवाहरू आत्महत्या गर्ने सोचमा किन  ‘

‘जापानका करिब आधा युवाहरू आत्महत्या गर्ने सोचमा किन ‘

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, जानकारी, ट्रेन्डिङ, समाचार
प्रमोद गिरी हिरोसिमा। निप्पोन फाउन्डेसनले गरेको सर्वेक्षण अनुसार जापानका झण्डै आधा युवाहरूले आत्महत्या गर्ने विचार राखेका छन् । ती उत्तरदाताहरूमध्ये अधिकांशले आफूले आफ्नो भावनाको बारेमा कसैसँग कुरा नगरेको बताएका छन् । नोभेम्बरमा १८ देखि २९ वर्ष उमेर समूहका ५ लाख १ हजार १८ जनासँग प्रतिक्रिया खोजेको र १४ हजार ८१९ जनाबाट वैध प्रतिक्रिया प्राप्त गरेको सर्वेक्षणमा आधारित उक्त प्रतिवेदन गत महिना सार्वजनिक गरिएको थियो | आत्महत्या गर्ने सोच भएका मध्ये ५६ दशमलव ६ प्रतिशतले कसैसँग कुरा नगरेको पाइएको थियो । जबकि १२.४ प्रतिशत मानिसहरूले भने कि तिनीहरू साथीहरू र ११.७ प्रतिशतले आफ्ना आमाहरूलाई आफ्ना भावना खोल्ने गरेका छन् । आधाभन्दा बढी उत्तरदाताहरू आत्महत्या गर्ने विचार भएकाहरूलाई मद्दत गर्ने संस्था वा सहायता समूहहरूबारे नै अनभिज्ञ रहेको पाइएको छ ।   समग्रमा, प्रतिवेदनले देखाएको छ कि ...
यस वर्षको पहिलो चन्द्र ग्रहण आज

यस वर्षको पहिलो चन्द्र ग्रहण आज

Breaking News, Breaking news 1, धर्म सस्कृति, धर्म/ज्योतिश, समाचार
यस वर्षको पहिलो चन्द्र ग्रहण आज काठमाडौं । यस वर्षको पहिलो चन्द्रग्रहण आज लाग्दै छ । यो चन्द्रग्रहण अरु बेलाको भन्दा विशेष छ । आज चन्द्रमा अरु बेलामा जस्तो पृथ्वीले छोपेको कालो छाया चन्द्रमामा देखिने छैन र चन्द्रमाको आकार परिवर्तन भएको पनि देखिने छैन । यो चन्द्रग्रहणलाई पेनुमब्रल चन्द्रग्रहण भनिएको छ । चन्द्रग्रहण तीन प्रकारका हुन्छन्- पूर्ण, आंशिक र पेनुमब्रल । आजको चन्द्रग्रहण पेनुमब्रल हो । पेनुमब्रलमा चन्द्रमामा पृथ्वीको पूरै छाया नभइ उपछाया मात्र पर्छ । यसलाई अंग्रेजीमा पेनुमब्रा भनिन्छ । यसमा पृथ्वीको हल्का छाया परेको मात्र देखिन्छ । त्यसैले आज चन्द्रग्रहण लाग्दा चन्द्रमाको आकारमा परिवर्तन आएको नदेखिने खगोलविदहरुले जनाएका छन् । चन्द्रमाको आकार अरु सामान्य दिनमै जस्तो देखिने छ । तर रंग भने हल्का गुलाबीजस्तो हुनेछ । त्यसैले आजको चन्द्रग्रहणलाई खगोलविदहरुले विशेष मानेका छन्...
वैशाख २२ गते शुक्रबारको तपाईको दैनिक राशिफल

वैशाख २२ गते शुक्रबारको तपाईको दैनिक राशिफल

धर्म सस्कृति, धर्म/ज्योतिश
आज श्री शाके १९४५ बि.स.२०८० बैशाख २२ गते शुक्रबार । इश्वी सन २०२३ मे ५ तारीख । वैशाख शुक्लपक्ष पूर्णिमा तिथी स्वाती नक्षत्र सिद्धि योग वव करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा गद योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु पूर्णिमा व्रत, गौतमबुद्ध जयन्ती, कूर्मजयन्ती,चण्डीपूर्णिमा, गोरखनाथ जयन्ती, वैशाखस्नान समाप्ति, घाटुनृत्य विसर्जन, उभौली पर्व, स्वायास्पुन्ही, बन्दिकापुरमा चण्डेश्वरी रथ यात्रा, रानीगोटवाग भैरव पर्व, ल पु गोटीखेलमा वैतरणीधाम स्नान (ज्यो.प. सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ...
मन्त्री सुदन किराँतीको प्रश्न पछि कोरियाको लागि हवाई भाडा घटाईयो ।

मन्त्री सुदन किराँतीको प्रश्न पछि कोरियाको लागि हवाई भाडा घटाईयो ।

Breaking News, अन्तराष्ट्रिय, जानकारी, भर्खरै, राजनीति, समाचार
मन्त्री सुदन किराँतीको प्रश्न पछि कोरियाको लागि हवाई भाडा घटाईयो ।   दक्षिण कोरिया दक्षिण कोरिया जाने नेपाली श्रमिकहरुका लागि नयाँ भाडा दर तोकिएको छ। ईपीएस मार्फत भाषा परिक्षा उत्तीर्ण गरि रोजगारीको सिलसिलामा कोरिया जाने श्रमिकहरुका लागि नयाँ हवाई भाडा दर तोकिएको हो। माओवादीबाट पर्यटन मन्त्री बनेका सुदन किराँतीले इपिएस मार्फत कोरिया आउनेको जहाज भाडा महँगो लिएको प्रति इपिएस लाई पशन गरेपछि इपिएस ले भाडादर समायोजन गरेको छ। कार्यालय लाई हवाई भाडादर महँगो लिएको प्रति वैदेशिक रोजगार बिभाग र युनिभर्सल टुर्स एण्ड ट्राभल्सबिच कोरिया जाने श्रमिकहरुको हवाई भाडा घटाउने बारे सम्झौता भएको हो । सोही सम्झौता अनुसार कम्पनी आज एक सूचना जारी गर्दै अब कोरिया जान श्रमिकहरुलाई ८९५ अमेरिकी डलर अर्थात नेपाली १ लाख १६ हजार रुपैयाँ लाग्ने बताएको छ। कम्पनीले श्रमिकहरुलाई टिकट लिनको लागि नेपाल राष्...
पुष्पा खड्का र कविता नेपाली अभिनित पेम्बा लामाको ‘बैमानी’सार्वजनिक 

पुष्पा खड्का र कविता नेपाली अभिनित पेम्बा लामाको ‘बैमानी’सार्वजनिक 

Breaking News, जानकारी, मनोरञ्जन, समाचार
पुष्पा खड्का र कविता नेपाली अभिनित पेम्बा लामाको 'बैमानी'सार्वजनिक  गायक पेम्बा लामाको स्वर रहेको नयाँ गीतको भिडियो ‘बैमानी´ सार्वजनिक भएको छ। विगत ५ वर्ष देखि कोरियमा कार्यरत गायक लामा नेपालमा लामो बिदाको समयलाई सदुपयोग गर्दै उक्त म्युजिक भिडियो सार्वजनिक गरेक हुन उक्त सार्वजनिक गीतमा उदय सागरको शब्द रचना, दिपक विश्वकर्माको संगीत,गोपाल रसाईलिको एरेन्ज रहेको छ भने गीतको भिडियो ओएसआर डिजिटलको युट्युव च्यानल मार्फत सार्वजनिक भएको हो। भिडियोमा केशवराज भट्टको निर्देशन तथा कोरियोग्राफी रहेको छ भने पुष्प खड्का र कविता नेपालीको मुख्य भुमीकामा प्रस्तुत छन । भिडियोमा संचारकर्मी सन्तोष बस्ताकोटी ,हेन्सल लामा र सुदर्शन पन्तको समेत अभिनय रहेको छ । बस्ताकोटीको भिडियोमा सस्पेन्स रोल रहेको छ। लोक पप शैलिको सो गीत पेम्बा लामा र क्षितिज स्पर्शको संयुक्त लगानिमा निर्माण भएको हो। उ...
पत्रकार महासंघ  जापान  शाखाद्वारा  सदस्यता  नविकरण आवेदन खुल्ला

पत्रकार महासंघ जापान शाखाद्वारा सदस्यता नविकरण आवेदन खुल्ला

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर
प्रमोद गिरी हिरोसिमा। नेपाल पत्रकार महासंघ जापान शाखाले सदस्यता नविकरण आवेदन खुल्ला गरेको छ । शाखाका सचिव राजन गौतमले दिएको जानकारी अनुसार आज में २ तारिखबाट में ११ तारिखसम्म आबेदन खुल्ला गरिएको हो ।   समयाबधि थप नगर्ने गरी ११ तारिख सम्म सदस्यता नविकरण लागि आवेदन खुल्ला गरिएको हो । नविकरण आबेदन दिनेहरुले सदस्यता शुल्क आफनै बैंक अकाउन्टबाट डिपोजिट गर्नु पर्नेछ भने संस्थाको बैंक खाता प्राविधिक कारणले डिपोजिट गर्न नमिल्ने भएको नविकरण शुल्कलाई कोषाध्यक्ष अर्जुन लामिछानेको खाता जम्मा गर्न महासंघले अनुरोध गरेको छ। सदस्यता नबिकरणका लागि आबेदन फारम र सम्बन्धित संचार संस्थाको परिचय पत्र र शुल्क जम्मा गरेको रसिद पत्रकार महासंघ जापान शाखाको आधिकारिक ईमेलमा पठाउन समेत अपिल गरेको छ ।   नेपाल पत्रकार महासंघको सदस्यता यस पटक नविकरणको लागि मात्र आवेदन खुल्ला गरिएको र नयाँ सदस्...
जापानमा शुरु भयो गोल्डन विकको चहलपहल

जापानमा शुरु भयो गोल्डन विकको चहलपहल

Breaking News, Breaking news 3, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ
प्रमोद गिरी हिरोसिमा। जापानमा अप्रिल २९ देखि गोल्डन विक शुरु भएको छ । यो बिदा मे ५ सम्म चल्छ । योसँगै घुमफिर अनि घरपरिवारलाई घुम्न जान निस्कनेहरुको भिडभाड चारैतिर देखिन थालेको छ ।   कोभिडका कारण लगाइएको प्रतिबन्धहरु तीन वर्षमा पहिलो पटक पूरै हटेको छ । यस्तोमा रेल स्टेशन, एक्सप्रेसवे, विमानस्थललगायत सबै सार्वजनिक सवारी साधनहरुमा शनिबार बिहानैदेखि मानिसको भिड छ । गोल्डन विक जापानमा सबैभन्दा लामो सार्वजनिक छुट्टीमा पर्दछ । गएको महीना भएको एक सर्वेक्षणमा यस पटकको गोल्डन विकको बिदामा जापानीहरुले सालाखाला ३९ हजार २९४ येन खर्च गर्ने योजना बनाएको बताएका थिए । यस पटक बिदामा २ करोड भन्दा धेरै घुमफिरमा निस्कने अनुमान गरिएको छ ।   गोल्डन विक नेपालीहरुका लागि भने कागलाई बेल सरह हुने गरेको छ । जापानमा रहेका ९९ प्रतिशत नेपालीहरु रेष्टुराँ आदिमा काम गर्छन् । अधिकांश नेपालीहरु यति ब...
कोरियामा पनि साकेला उभौली भव्य मनाईने 

कोरियामा पनि साकेला उभौली भव्य मनाईने 

अन्तराष्ट्रिय, जानकारी, धर्म सस्कृति, भर्खरै, मनोरञ्जन, विदेश, समाचार
कोरियामा पनि साकेला उभौली भव्य मनाईने  विशाल आवाज संवाददाता किरात राई यायोख्खा दक्षिण कोरियाले सधैँ झैँ यो बर्ष पनि येले दोङ्ग ५०८३ , उभौँली साकेलाको आयोजना गर्ने भएको छ। बिगत बर्षहरुमा राजधानी सोलस्थित थोंदेमुनको एक पार्कमा मनाईँदै आईएको साकेला कार्यक्रम यो पटक भने कोरियाको सुवन शहरको एक ह्वासमुन छांआन पार्कमा आयोजना हुने किराँत राई यायोख्खाले जनाएको छ। " नौ लाख किराँतीको हामी हौँ सन्तान, भेष- भुषा , भाषा-धर्म र संस्कृतीको जगेर्ना हाम्रो अभियान " भन्ने मूल नारा सहित साकेला उभौँली किराँत राई जातीहरुको महान चाँड कोरियामा यही मे महिनाको १४ तारिक आईतबार मनाईने भएको हो।   किराँत राई जातीहरुले बर्षमा उभौँली र उधौँली गरी दुईपटक साकेला मनाउने गर्दछन। प्रवासमा पनि आफ्नो परम्परा, रितिरिवाज , संस्कृतीको जगेर्ना र संवर्धन गर्ने उद्धेश्य राखी मनाईने उक्त साकेला कार्यक्रमले राई जातीको मात्रै ...