दुई वर्षअघि बक्स अफिसमा तहल्का मच्चाएको ब्लकबस्टर चलचित्र ‘जारी’ को सिक्वेल ‘जारी २’ को दक्षिण कोरियाको सुवन (Suwon) मा हुने विशेष शोका लागि सबै टिकट बिक्री समाप्त (SOLD OUT) भएको छ।
Manggena Entertainment को आयोजनामा यहि नोभेम्बर ९ (आइतबार) का दिन सुवनको Ak plaza र 팔달문 मा रहेको २ ओटै सुबीधासम्पन्न 𝐌𝐄𝐆𝐀 𝐁𝐎𝐗 मा प्रदर्शन हुन लागेको ‘जारी २’ को शोप्रति कोरियामा रहेका नेपाली दर्शकहरूको उत्साह अत्यधिक देखिएको छ।
केही दिनअघि मात्रै आयोजकले टिकटको अनलाइन बुकिङ खुला गरेको थिए, तर छोटो समयमै २ ओटै हलको सम्पूर्ण टिकट बिक्री सकिएको छ।
‘जारी २’ मा ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु लगायत कलाकारहरूको दमदार अभिनय रहेको छ। चलचित्रका निर्माता रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन्।
फिल्मको लेखन र निर्देश...
१८ कार्तिक २०८२, सोमबार १३:०३१८ कार्तिक २०८२, सोमबार १३:०३१८ कार्तिक २०८२, सोमबार १३:०३ by विशाल श्रेष्ठNo Comments
बिपिन गुरुङ अध्यक्ष रहेको 𝐍𝐑𝐍 दक्षिण कोरियाले हालै जारी गरेको एक विज्ञप्तिमार्फत दक्षिण कोरियास्थित नेपाली समुदायमा देखिएका विभाजनकारी गतिविधिप्रति गम्भीर असन्तुष्टि व्यक्त गरेको छ।
संघले एनआरएनएको एकता महाधिवेशनलाई नेपाल सरकारको परराष्ट्र मन्त्रालयले आधिकारिक मान्यता प्रदान गरिसकेको स्पष्ट उल्लेख गर्दै, अबको प्राथमिकता संस्था एकीकृत, स्थिर र प्रवासी नेपाली हितमा उन्मुख बनाउनुपर्नेमा जोड दिएको छ।
विज्ञप्तिमा भनिएको छ, “दूतावास र राजदूतज्यू प्रवासी नेपालीका अभिभावक, संयोजक र मार्गदर्शक हुन्। उनीहरूले संस्थागत एकतालाई कमजोर बनाउने र समुदायमा अशान्ति फैलाउने कार्य गर्न नहुने संवैधानिक तथा नैतिक दायित्व रहन्छ।”
बिपिन गुरुङले अध्यक्ष रहेको एनआरएन दक्षिण कोरियाले केही समययता देखिएका व्यवहारले प्रवासी नेपाली समुदायमा गम्भीर निराशा र शंका पैदा गरेको उल्लेख गर्दै दूतावासको भूमिका...
१७ कार्तिक २०८२, आईतवार ११:०५१७ कार्तिक २०८२, आईतवार ११:०५१७ कार्तिक २०८२, आईतवार ११:०५ by विशाल श्रेष्ठNo Comments
छुसकको अवसरमा सम्पन्न सुजन चापागाइँको 'पाँचथर साङ्गीतिक सौगात–भाग २’ बाट २ करोड ४१ लाख वोन नाफा
कोरियाली महान चाड ‘छुसक’ तथा नेपाली महान चाड ‘दशैं’ २०८२ को अवसरमा पाँचथर सेवा समाज दक्षिण कोरियाले आयोजना गरेको सुजन चापागाइँको ’पाँचथर साङ्गीतिक सौगात–भाग २’ कन्सर्टबाट २ करोड ४१ लाख वन नाफा भएको छ।
गत अक्टोबर ५ तारिख सउलस्थित विश्व तेक्वान्दो मुख्यालय हल (KUKKIWON, 강남역) मा सम्पन्न सो कार्यक्रममा लोकप्रिय गायक सुजन चापागाईं & The Infinity, Voice of Nepal Season 5 का फाइनलिस्ट नोगेन लिम्बू, र Voice of Nepal 2018 की गायिका श्रेया राई लगायत कोरियामा रहेका कलाकारहरूले दमदार प्रस्तुति दिएको कार्यक्रमको सौलमा एक कार्यक्रम गरी आयोजकले आय–व्यय सार्वजनिक गरेको हो ।
सांगीतिक कार्यक्रममार्फत मनोरञ्जनसँगै सामाजिक उद्देश्य जोडिएको थियो। कार्यक्रमबाट संकलित आम्दानी ग्रामीण क्षेत्रका विद्याल...
१२ कार्तिक २०८२, मंगलवार २१:१७१२ कार्तिक २०८२, मंगलवार २१:१७१२ कार्तिक २०८२, मंगलवार २१:१७ by विशाल श्रेष्ठNo Comments
नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) गणतन्त्र कोरियाले आफ्नो ९ औं महाधिवेशन यही नोभेम्बर ९ (आईतवार) का दिन सौलमा गर्ने भएको छ।
“रैथाने भाषा, कला, संस्कृति र मौलिक परम्पराहरूलाई संरक्षण एवं प्रवर्द्धन गर्दै, पहिचान र अधिकार प्राप्तिको आन्दोलनमा एकाकार बनौं” भन्ने नाराका साथ स्थापित सस्थाले नोभेम्बर ९ तारिक आईतवारका दिन महाधिवेशन आयोजना गर्न लागेको हो। मध्यान्ह १२:०० बजे देखि सुरु हुने यस् कार्यक्रम सौल स्थित 서울시 종로구 창신길51, 5층 MG 새마을금고 동대문역 EXIT No. 1 बाट २ सय मिटर अगाडि गर्ने निर्धारण गरिएको छ।
कार्यक्रममा कोरियामा रहेका विभिन्न समुदाय, संघ–संस्था, तथा नेपाली जनसमुदायको सहभागिता रहने बताइएको छ।
आयोजक नेपाल आदिवासी जनजाति महासंघ (NEFIN) गणतन्त्र कोरिया ले सबैलाई महाधिवेशनमा उपस्थित भई एकता, पहिचान र सांस्कृतिक गौरवका लागि सहकार्य गर्न हार्दिक निमन्त्रणा गरेको छ।...
११ कार्तिक २०८२, सोमबार २१:४५११ कार्तिक २०८२, सोमबार २१:४५११ कार्तिक २०८२, सोमबार २१:४५ by विशाल श्रेष्ठNo Comments
लगातारको विवाद र पद रिक्ततापछि नयाँ नेतृत्वको आगमन
बिपिन कुमार गुरुङ अध्यक्ष रहेको गैर–आवासीय नेपाली संघ (NRNA–NCC South Korea) को कार्यसमितिले नयाँ महासचिवको रूपमा नरेश शर्मालाई मनोनित गरेको छ।
संघका तात्कालिन महासचिव अजय सोडारी (पूर्ण वहादुर बुढा) नेपाल फर्किएपछि रिक्त बनेको पदमा शर्मा नियुक्त गरिएको हो। आइतबार दोङ्देमुनस्थित संघको कार्यालयमा बसेको कार्यसमिति, सल्लाहकार र संरक्षक सहितको बैठकले उक्त निर्णय गरेको हो।
गत केही हप्तादेखि संघभित्र आन्तरिक विवाद तीव्र बनेको थियो।उक्त घटनाले संस्था नै विवादको केन्द्रमा परेपछि, नेतृत्वले महासचिवको पद रिक्त घोषणा गर्दै नयाँ अनुशासन र स्थायित्वका लागि नरेश शर्मालाई जिम्मेवारी दिएको हो।
बैठकले सो अवसरमा खाली रहेका सचिवमा अनन्त आचार्य,युवा संयोजकमा खगेन्द्र जोशी र सदस्यमा सन्जिब जङ कार्की लाई पनि नयाँ मनोनयन गरेको छ।
अध्यक्ष गुरुङले नयाँ...
११ कार्तिक २०८२, सोमबार १८:२५११ कार्तिक २०८२, सोमबार १८:२५११ कार्तिक २०८२, सोमबार १८:२५ by विशाल श्रेष्ठNo Comments
पूर्वी नेपाल समाज, दक्षिण कोरियाले २५ अक्टोबर २०२५, शनिबार साँझ निक नेपाल ट्राभल्सको सभाहल, दोङ्देमुनमा दशैं, तिहार, छठ र नेपाल सम्बत ११४६को अवसरमा भव्य शुभकामना आदान–प्रदान कार्यक्रम २०२५ सम्पन्न गरेको छ।
“हाम्रो भाषा, धर्म र संस्कृतिमा विविधता — प्रवासमा रहेका नेपालीहरूमा एकता” भन्ने मूल नारासहित हुने यो कार्यक्रम प्रवासमा नेपालीहरूबीच आपसी भेटघाट, सुसंस्कृति र परम्परा जगेर्ना गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रमको सफल समापनपछि सहभागी, सहयोगी तथा शुभेच्छुक सबैप्रति आयोजकले आभार व्यक्त गरेको छ।
कार्यक्रममा सहभागीहरूले नेपाली परम्परागत परिकार (जस्तै सेल रोटी, अचार, दालभात), सांस्कृतिक प्रस्तुति, र विभिन्न समुदायबीच शुभकामना आदान–प्रदान गर्दै देउसी भैलो समेत् खेलेका थिए ।
पुर्वी नेपाल को आयोजना तथा पुर्बी नेपाल अन्तर्गतको विभिन्न जातिय र क्षेत्रीय संघ–संस्थाहरूको सहआयोजनामा भएक...
११ कार्तिक २०८२, सोमबार १७:३६११ कार्तिक २०८२, सोमबार १७:३६११ कार्तिक २०८२, सोमबार १७:३६ by विशाल श्रेष्ठNo Comments
हालै असोज १८ र १९ गते परेको अविरल वर्षाका कारण इलाम जिल्लामा आएको बाढी–पहिरोले ठूलो जनधनको क्षति पुर्याएपछि, दक्षिण कोरियामा रहेका नेपालीहरूले मानवीय सहयोगका हात अघि सारेका छन्।
दक्षिण कोरियामा रहेका प्रवासी इलामेलीहरूद्वारा स्थापित इलामेली समाज, दक्षिण कोरिया ले बाढी–पहिरो पीडितका लागि सहयोगार्थ राहत संकलन गरी ९६ लाख २ हजार ६५० कोरियन वन (करिब रु. ९ लाख ४१ हजार ७००) रकम संकलन गरेको जनाएको छ।
यस रकमबाट ३९ जना मृतक र १ जना वेपत्ता परिवार गरी ४० परिवारलाई जनही रु. १०,००० का दरले रु. ४ लाख राहत वितरण गरिएको छ। साथै, थप रु. ५ लाख ४१ हजार ७०० रकम जिल्ला विपद् व्यवस्थापन समितिलाई हस्तान्तरण गरिएको छ।
रकम हस्तान्तरणका अवसरमा जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राई, उपप्रमुख चित्रकला बराईली, जिल्ला समन्वय अधिकृत प्रेमकुमार काफ्ले, प्रशासन अधिकृत हरिकुमार थापा मगर, इलाम नगरपालिका प्...
९ कार्तिक २०८२, शनिबार ०४:४१९ कार्तिक २०८२, शनिबार ०४:४१९ कार्तिक २०८२, शनिबार ०४:४१ by विशाल श्रेष्ठNo Comments
दक्षिण कोरियाको 강원도 원주시 मा कार्यरत एक नेपाली श्रमिकको औद्योगिक दुर्घटनामा परी मृत्यु भएको छ।
मृतक केहरसिंह छन्त्याल, स्थायी घर बागलुङ, नेपालका हुन्। उनी कार्यरत कम्पनीमा फोर्कलिफ्टले च्यापिँदा उनी गम्भीर घाइते भएका र घटनास्थलमै मृत्यु भएको पुष्टि गरिएको छ।
दुर्घटना 강원도 원주시 소초면 도도리길 98 मा रहेको कम्पनी परिसरभित्र भएको हो।छन्त्याल गत आठ वर्षदेखि दक्षिण कोरियामा कार्यरत रहेका थिए।
घटनास्थलमा पुगेका प्रतिनिधिहरूका अनुसार, मृतकको शव प्रहरी आएर लैसकेको र प्रारम्भिक बुझाइ अनुसार एक जना कोरियन व्यक्ति पनि त्यहाँ उपस्थित रहेका थिए।
घटनाको प्रकृति हेर्दा केही शंकास्पद पक्षहरू पनि देखिएको घटनास्थलमा पुगेका हरुले बताएका छन।
यसबाहेक, घटना भएको वरिपरि CCTV क्यामेरा नभएको कारणले दुर्घटना कसरी र किन भयो भन्ने विषयमा अझै स्पष्टता नआएको र सबै पक्ष अनविज्ञ अवस्थामै रहेको बताइएको छ।
गायन र वाद्...
७ कार्तिक २०८२, बिहीबार १२:०१७ कार्तिक २०८२, बिहीबार १२:०१७ कार्तिक २०८२, बिहीबार १२:०१ by विशाल श्रेष्ठNo Comments
“एकता हाम्रो शक्ति, परिवर्तन हाम्रो लक्ष्य” भन्ने नारासहित नयाँ पुस्ताका नेपाली युवाहरूले दक्षिण कोरियामा ‘Gen-Z United परिवर्तन दक्षिण कोरिया“ नामक संगठनको समिति गठन गर्ने भएका छन्। उक्त कार्यक्रम यही अक्टोबर २६, आइतबार बिहान १० बजे सुवनस्थित Woori Himalayan Restaurant मा आयोजना हुँदैछ।
यो अभियानले “हटेर होइन, डटेर — फुटेर होइन, जुटेर” भन्ने नारा बोकेर देशमा फैलिएको बेथिति, विसङ्गति र भ्रष्टाचारविरुद्ध सचेतना जगाउने तथा वैदेशिक भूमिबाटै राष्ट्रिय परिवर्तनमा युवाको भूमिका सशक्त बनाउने लक्ष्य लिएको छ।
आयोजकहरूका अनुसार, कोरियामा रहेका युवा पुस्ताबीच राष्ट्रप्रेम, जिम्मेवारी र सहकार्यको भावना जागृत गर्न यो अभियानले विशेष योगदान दिने अपेक्षा गरिएको छ। उनीहरूले भने, “हामी हट्ने होइन, डट्ने हो। फुट्ने होइन, जुट्ने हो। देश बदल्ने हाम्रो पुस्ता हो।”
‘Gen-Z United परिवर्तन’ ले क...
७ कार्तिक २०८२, बिहीबार ०९:१८७ कार्तिक २०८२, बिहीबार ०९:१८७ कार्तिक २०८२, बिहीबार ०९:१८ by विशाल श्रेष्ठNo Comments
परिश्रम, अनुशासन र आत्मविश्वासले जे पनि सम्भव हुन्छ भन्ने ज्वलन्त उदाहरण बनेका छन् — राजन श्रेष्ठ।
ईपीएस (E-9) कार्यक्रमअन्तर्गत सामान्य श्रमिकको रूपमा दक्षिण कोरिया आएका उनले आज महिनाको १ करोड वोनभन्दा बढी तलब पाउने स्तरमा पुगेर सम्पूर्ण प्रवासी नेपाली समुदायका लागि प्रेरणाको स्रोत बनेका छन्।
सुरुवातमा साधारण श्रमिकका रूपमा काम थालेका श्रेष्ठले कठिनाइ, अपमान र चिसो–तातो मौसमको पर्वाह नगरी आफ्नो काममा निरन्तरता दिए।
उनका नजिकका साथीहरू भन्छन् —
“७:५५ मा उठेर पनि मुख नधोई काममा पुग्ने, र दिनभर घाम–पानीको पर्वाह नगरी काममा तल्लिन रहने राजन दाइजस्तो समर्पण विरलै देखिन्छ।”
श्रेष्ठको दैनिकीमा विलास छैन — तर उद्देश्य छ।
उनी भन्छन्,
“म कमजोर छु भनेर कहिले हरेस खानु हुँदैन। कोरियनले गाली गर्यो भनेर डराउने होइन, बरु उसकै काम खोस्ने गरी राम्रो गर्नुपर्छ।”
यही आत्मबल र लगनका कारण आ...