दुई वर्षअघि बक्स अफिसमा तहल्का मच्चाएको ब्लकबस्टर चलचित्र ‘जारी’ को सिक्वेल ‘जारी २’ को दक्षिण कोरियाको सुवन (Suwon) मा हुने विशेष शोका लागि सबै टिकट बिक्री समाप्त (SOLD OUT) भएको छ।
Manggena Entertainment को आयोजनामा यहि नोभेम्बर ९ (आइतबार) का दिन सुवनको Ak plaza र 팔달문 मा रहेको २ ओटै सुबीधासम्पन्न 𝐌𝐄𝐆𝐀 𝐁𝐎𝐗 मा प्रदर्शन हुन लागेको ‘जारी २’ को शोप्रति कोरियामा रहेका नेपाली दर्शकहरूको उत्साह अत्यधिक देखिएको छ।
केही दिनअघि मात्रै आयोजकले टिकटको अनलाइन बुकिङ खुला गरेको थिए, तर छोटो समयमै २ ओटै हलको सम्पूर्ण टिकट बिक्री सकिएको छ।

‘जारी २’ मा ऋचा शर्मा, विजय बराल, बुद्धि तामाङ, पुष्कर गुरुङ, प्रेम सुब्बा, माओत्से गुरुङ, कमलमणि नेपाल, अनिल सुब्बा, रेखा लिम्बु लगायत कलाकारहरूको दमदार अभिनय रहेको छ। चलचित्रका निर्माता रामबाबु गुरुङ, मधु मिजार र जीवन गुरुङ हुन्।
फिल्मको लेखन र निर्देशन उपेन्द्र सुब्बा ले गरेका छन् भने छायांकन सञ्जय लामा, सम्पादन निमेष श्रेष्ठ, साउन्ड डिजाइन उत्तम न्यौपाने, ब्याकग्राउन्ड स्कोर कोविद बज्रचार्य, र रंग संयोजन राजेन्द्र मोक्तान द्वारा गरिएको छ।
दुई वर्षअघि रिलिज भएको ‘जारी’ ले बक्स अफिसमा ऐतिहासिक सफलता पाएको थियो। त्यसकै निरन्तरता स्वरूप आएको ‘जारी २’ को सुवन को २ ओटै शो SOLD OUT हुनु, दर्शकको उच्च प्रतीक्षाको प्रमाण मानिएको छ।
आयोजक Manggena Entertainment का अनुसार, आगामी दिनमा कोरियाका अन्य सहरहरूमा पनि शो गर्ने तयारी भइरहेको छ।










