Advertisement
Advertisement

छुसकको अवसरमा सम्पन्न सुजन चापागाइँको ‘पाँचथर साङ्गीतिक सौगात–भाग २’ बाट २ करोड ४१ लाख वोन नाफा

Advertisement
Advertisement

छुसकको अवसरमा सम्पन्न सुजन चापागाइँको ‘पाँचथर साङ्गीतिक सौगात–भाग २’ बाट २ करोड ४१ लाख वोन नाफा

कोरियाली महान चाड ‘छुसक’ तथा नेपाली महान चाड ‘दशैं’ २०८२ को अवसरमा पाँचथर सेवा समाज दक्षिण कोरियाले आयोजना गरेको सुजन चापागाइँको ’पाँचथर साङ्गीतिक सौगात–भाग २’ कन्सर्टबाट २ करोड ४१ लाख वन नाफा भएको छ।

गत अक्टोबर ५ तारिख सउलस्थित विश्व तेक्वान्दो मुख्यालय हल (KUKKIWON, 강남역) मा सम्पन्न सो कार्यक्रममा लोकप्रिय गायक सुजन चापागाईं & The Infinity, Voice of Nepal Season 5 का फाइनलिस्ट नोगेन लिम्बू, र Voice of Nepal 2018 की गायिका श्रेया राई लगायत कोरियामा रहेका कलाकारहरूले दमदार प्रस्तुति दिएको कार्यक्रमको सौलमा एक कार्यक्रम गरी आयोजकले आय–व्यय सार्वजनिक गरेको हो ।

सांगीतिक कार्यक्रममार्फत मनोरञ्जनसँगै सामाजिक उद्देश्य जोडिएको थियो। कार्यक्रमबाट संकलित आम्दानी ग्रामीण क्षेत्रका विद्यालयहरूमा शैक्षिक सहयोग तथा आपतकालीन राहत कोष अभिवृद्धिका लागि प्रयोग गरिने पाँचथर सेवा समाजले जनाएको छ।नोभेम्बर २ तारिख सउल दोङ्देमुनस्थित निक नेपाल ट्राभल्स सभाहलमा सम्पन्न आय–व्यय सार्वजनिक कार्यक्रममा उक्त रकमको विस्तृत विवरण प्रस्तुत गरिएको हो।

कार्यक्रमका लागि जम्मा खर्च रकम ११,३०,४६,५२९ वोन रहेको छ। मुख्य खर्च शीर्षकहरूमा कलाकार स्पोन्सर लेटर (५४ लाख), एपोइण्टमेन्ट (२२ लाख), कलाकार प्लेन टिकट (१ करोड ५१ लाख), पारिश्रमिक (१ करोड ५५ लाख), हल र इन्सुरेन्स (२ करोड १५ लाख), र अन्य व्यवस्थापकीय खर्च समावेश छन्।
आय पक्षमा टिकट बिक्री, G-Money अनलाइन टिकट, संस्थागत सहयोग, स्टल, र व्यक्तिगत सहयोग गरी कुल आम्दानी १३,७१,७२,८८७ वोन भएको उल्लेख गरिएको छ।

जम्मा आम्दानी र खर्चबीचको अन्तरअनुसार २ करोड ४१ लाख २६ हजार ३५८ वोन बचत भएको पाँचथर सेवा समाजले जनाएको छ।कार्यक्रममा कोरियामा रहेका विभिन्न नेपाली संघ–संस्थाका प्रतिनिधि, समाजसेवीहरुको उल्लेखनीय सहभागिता रहेको थियो।पाँचथर सेवा समाजले आगामी दिनमा पनि प्रवासी नेपालीबीच सहकार्य र एकताको भावनासहित यस्ता सामाजिक तथा सांस्कृतिक कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।

 

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
1
+1
0
+1
2
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

क्रान्ति भनेको झण्डाको रङ फेरिनु होइन, कुर्सीको मालिक बदलिनु पनि होइन। क्रान्ति त नागरिकको चेतनामा स्वार्थभन्दा माथि देश उठेको दिन सुरु हुन्छ।

बादशाहलाई अपदस्थ गर्ने योद्धाहरू स्वयं तानाशाहमा बदलिएपछि, सामन्तवादको अन्त्यको शपथ खाएका सर्वहाराहरू महासामन्तमा फेरिएपछि— क्...

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and Android

Spinmeth Mobile App Review: Enjoy Seamless Gaming on iOS and AndroidThe Spinmeth mobile app has rapidly gained popularity among ga...

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizy

Lemon Casino: Czarna lista czy polecane kasyno? Werdykt analizyNazywam się Marek Nowak i w dzisiejszym artykule przyjrzę się bliże...
दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

दक्षिण कोरियाको काँग्रेस जनसम्पर्क समितिको अधिबेसनमा जे देखियो।

लामो पर्खाइ र अनेकन उतारचढावका बीच अन्ततः नेपाली कांग्रेस जनसम्पर्क समिति दक्षिण कोरियाको अधिवेशन सम्पन्न भएको छ। करिब दुई वर्ष ढि...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×