वैशाख २३ गते शनिबारको तपाईको दैनिक राशिफल
आज श्री शाके १९४५ बि.स.२०८० बैशाख २३ गते शनिबार । इश्वी सन २०२३ मे ६ तारीख जेष्ठ कृष्णपक्ष प्रतिपदा तिथी विशाखा नक्षत्र व्यतीपात योग बालव करण चन्द्रमा तुला राशिमा पश्चात वृश्चिक राशिमा आनन्दादि योगमा शुभ योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु (ज्यो.प. सरोज घिमिरे)
मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। आफन्तकाे उपहारले प्रसन्नता मिल्नेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने परिवारजनको साथले उत्साह जगाउनेछ। व्यवसायबाट आम्दानी भइरहनेछ। भौतिक वस्तुहरू जुटाउन सकिनेछ। साँझदेखि काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने देखिन्छ। स्वास्थ्यका लागि सजग रहनुहोला।
बृष राशि (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो): परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। आफ्नो क्षेत्रमा अरूले हस्तक्षेप गर्न सक्छन्। सम्भ...








