Advertisement
Advertisement

धर्म/ज्योतिश

वैशाख २२ गते शुक्रबारको तपाईको दैनिक राशिफल

वैशाख २२ गते शुक्रबारको तपाईको दैनिक राशिफल

धर्म सस्कृति, धर्म/ज्योतिश
आज श्री शाके १९४५ बि.स.२०८० बैशाख २२ गते शुक्रबार । इश्वी सन २०२३ मे ५ तारीख । वैशाख शुक्लपक्ष पूर्णिमा तिथी स्वाती नक्षत्र सिद्धि योग वव करण चन्द्रमा तुला राशिमा आनन्दादि योगमा गद योग पिङ्गल नाम संवत्सर सुर्य उत्तरायण बसन्त ऋतु पूर्णिमा व्रत, गौतमबुद्ध जयन्ती, कूर्मजयन्ती,चण्डीपूर्णिमा, गोरखनाथ जयन्ती, वैशाखस्नान समाप्ति, घाटुनृत्य विसर्जन, उभौली पर्व, स्वायास्पुन्ही, बन्दिकापुरमा चण्डेश्वरी रथ यात्रा, रानीगोटवाग भैरव पर्व, ल पु गोटीखेलमा वैतरणीधाम स्नान (ज्यो.प. सरोज घिमिरे) मेष राशि (चु, चे, चो, ला, लि, लु, ले, लो, अ): प्रियजनसँगको भेटघाटले दिन रमाइलो रहनेछ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउन सक्छ। अतिथिका रूपमा सत्कार पाइनेछ। खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। आम्दानी बढाउने काम सुरु हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनेछ। व्यवसायको सन्दर्भमा रमाइलो यात्राको अवसर जुट्नेछ...
नेपालवाट भारत लगिएको शालिग्रामबाट रामको मूर्ति नबन्ने

नेपालवाट भारत लगिएको शालिग्रामबाट रामको मूर्ति नबन्ने

Breaking News, जानकारी, धर्म सस्कृति, धर्म/ज्योतिश, भर्खरै, राष्ट्रिय खबर, समाचार, स्थानीय खबर
  भारतको अयोध्यामा निर्माणाधीन राम मन्दिरमा रामको मूर्ति बनाउन म्याग्दीको बेनीस्थित कालीगण्डकीबाट लगिएको शालिग्रामबाट रामको मूर्ति नबन्ने भएको छ । विशेषज्ञबीचको विवादका कारण शालिग्रामबाट रामको मूर्ति नबन्ने भएको हो । शालिग्रामलाई पुजिने भएकाले शालिग्राममा घन, छिना , हतौडाको प्रयोग गर्न नहुने शन्तहरुको तर्क छ ।सोही कारण अब अयोध्यायमा कालीगण्डकीको शालिग्राम ठाउँमा सगमर , ग्रिनाइट वा मार्वलको प्रयोग गर्न सकिने जनाइएको छ । राम मन्दिर निर्माण समितिका अध्यक्ष दिवेन्द्र मिश्रालाई उध्रदत गर्दै भारतीय संचार माध्यम टिभीनाइनले जनाए अनुसार उक्त शालिग्रामलाई भारत पुर्याइएसँगै भक्तजन, सादु शान्त र विशेषज्ञबीच उक्त शालिग्रामबाट मूर्ति निर्माण गर्ने वा नगर्ने भन्ने विवाद उत्पन्न भएको थियो ।...
“पाँच-स” दक्षिण कोरियाले महाशिवरात्रिको अवसर पारेर कार्यक्रम गर्ने

“पाँच-स” दक्षिण कोरियाले महाशिवरात्रिको अवसर पारेर कार्यक्रम गर्ने

Breaking News, अन्तराष्ट्रिय, अन्तर्राष्ट्रिय खबर, ट्रेन्डिङ, धर्म सस्कृति, धर्म/ज्योतिश, विदेश, शिक्षा, समाचार
  विशाल श्रेष्ठ/ दक्षिण कोरिया: "साहित्य र संगीतको माध्यमद्वारा विश्वमा आध्यात्मिक जागरण गराउने हाम्रो प्रयास" भन्ने मुल नारा लिएर स्थापित दक्षिण कोरियामा स्थापित एकमात्र आध्यात्मिक संस्था सनातन साहित्य संगीत साधना समूह 'पाँच-स' दक्षिण कोरियाले महाशिवरात्रिको अवसरमा रूद्राभिषेक तथा भजन कीर्तन कार्यक्रम गर्ने भएको छ। "पाँच-स" दक्षिण कोरियाको नेपाली सास्कृतीक घर (साझा मन्दिर) तथा पुस्तकालयको हल, आन्सान ( 경기도 안산시 단원구 원곡동 741-3) मा महा शिवरात्रीको पावन अवसर पारी यही मिति सन २०२३ फेब्रुअरी १८ तारिक शनिबारका दिन बिहान ११ बजे देखि ३ बजेसम्म रूद्राभिषेक तथा भजन कीर्तन कार्यक्रम गर्ने भएको हो। परदेशमा रहेर पनि पूर्वीय कला सँस्कार अनि नेपाली सँस्कृतिको संरक्षण तथा सम्वर्धन गर्दै साहित्य र सङ्गीतको माध्यमबाट विश्व भर आध्यात्मिक जागरण गराउने मुख्य उद्देश्य लिएर स्थापित "पाँच-स"ले पूर्वीय...
तम्घास ल्याउँदै गरेको ६० लिटर घरेलु मदिरा नष्ट

तम्घास ल्याउँदै गरेको ६० लिटर घरेलु मदिरा नष्ट

अन्तर्राष्ट्रिय खबर, खेल, जानकारी, ट्रेन्डिङ, धर्म/ज्योतिश, मनोरन्जन, राजनीति, राष्ट्रिय खबर, शिक्षा, समाचार, स्थानीय खबर, स्वास्थ्य
गुल्मी ।गुल्मीमा प्रहरीले सवारी सधानमा राखेर तम्घास ल्याउदै गरेको घरेलु रक्सी बरामद गरेर नष्ट गरेको छ । रिडीबाट तम्घासतर्फ आउँदै गरेका चार वटा सार्वजनिक सवारी साधनमा चेकजाँचको क्रममा प्रहरीले घरेलु रक्सी (मदिरा)फेला पारेको थियो । बरामद गरिएको मदिरा स्थानीय जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी नायव उपरीक्षक माधवराज खरेलले बताए । करिव ६ू लिटर रक्सी बरामत गरी नष्ट गरिएको प्रहरीले जनाएको छ । रक्सी सदरमुकाममा बिक्रीका लागि ल्याएको हुनसक्ने प्रहरीकोे अनुमान छ ।...
यु–१९ पुरुष राष्ट्रिय क्रिकेट :उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

यु–१९ पुरुष राष्ट्रिय क्रिकेट :उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने

Breaking news 3, अन्तर्राष्ट्रिय खबर, खेल, जानकारी, ट्रेन्डिङ, धर्म/ज्योतिश, मनोरन्जन, राजनीति, राष्ट्रिय खबर, शिक्षा, समाचार, स्थानीय खबर, स्वास्थ्य
काठमाडौं ।मधेस प्रदेशलाई ५८ रनले पराजित गर्दै साविक विजेता लुम्बिनी प्रदेश राजधानीमा जारी यु–१९ पुरुष राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ ।शनिबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको मैदानमा सम्पन्न खेलमा लुम्बिनीले मधेसलाई हराउँदै फाइनलमा स्थान बनाउँदा सुदूरपश्चिमसँग भेट पक्का गरेको हो । शनिबार लुम्बिनीले दिएको २ सय २३ को लक्ष्य पछ्याएको मधेसले ४५.४ ओभरमा १ सय ६४ रन बनाउन सक्यो । मधेसका लागि मयन यादवले ४५ बलमा ३८ रन बनाए । सरफराज मन्सुरले ३१ रन बनाए ।अलि अन्सारीले २२ तथा डब्लु मल्लिकले १८ रन बनाए । लुम्बिनीका लागि अभिषेक गौतम र विशालविक्रम केसीले समान ३/३ विकेट लिए ।तुलबहादुर थापा, दुर्गेश गुप्ता र निर्मल गुरुङको नाममा समान १/१ विकेट रह्यो । त्यसअघि पहिला ब्याटिङ गरेको लुम्बिनीले निर्धारित ५० ओभरमा ९ विकेटको क्षतिमा २ सय २२ रन बनाउन सक्यो ।लुम्बिनीका लाग...
सरकार गठनका लागि विभिन्न विकल्पहरु खुला राख्ने माओवादी केन्द्रको निर्णय

सरकार गठनका लागि विभिन्न विकल्पहरु खुला राख्ने माओवादी केन्द्रको निर्णय

अन्तर्राष्ट्रिय खबर, खेल, जानकारी, ट्रेन्डिङ, धर्म/ज्योतिश, मनोरन्जन, राजनीति, राष्ट्रिय खबर, शिक्षा, समाचार, स्थानीय खबर, स्वास्थ्य
काठमाण्डौनेकपा माओवादी केन्द्रले सरकार गठनका लागि विभिन्न विकल्पहरु खुला राख्ने निर्णय गरेको छ । आज पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको पार्टी पदाधिकारी बैठकले अहिले कुनै गठबन्धन जोड्ने या तोड्ने काम नगर्ने र सम्भावनाका आधारमा अघि बढ्ने निर्णय गरेको हो । माओवादीको बैठकमा सरकार गठनको लागि नेकपा एमालेसहितका दलसँग पनि छलफल गर्न सकिने विषयमा छलफल भएको थियो । तर एमालेसँगको सहकार्यबारे भने कुनै खास निर्णय भएन । बैठकमा नेताहरुले प्रतिनिधिसभा र प्रदेशसभा चुनावको परिणाम अपेक्षा अनुसार नआएको टिप्पणी गरेका उपाध्यक्ष कृष्णबहादुर महराले जानकारी दिनुभयो । माओवादी केन्द्रले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई प्रधानमन्त्री बनाउन सत्तारुढ गठबन्धनमा दवाब दिनको लागि एमालेसहितका अन्य विभिन्न दलहरुसँगको विकल्पलाई पनि खुला राख्ने रणनीति लिएको एक नेताले बताएका छन् । बैठक भोलि पनि बस...
आगामी तिन दिनको मौसम :पहाडी भू–भागमा आंशिक बदली रहने

आगामी तिन दिनको मौसम :पहाडी भू–भागमा आंशिक बदली रहने

Breaking news 2, अन्तर्राष्ट्रिय खबर, खेल, जानकारी, धर्म/ज्योतिश, मनोरन्जन, राजनीति, राष्ट्रिय खबर, शिक्षा, समाचार, स्थानीय खबर, स्वास्थ्य
काठमाडौं ।देशका पहाडी भू–भागका एक–दुई स्थानमा हाल आंशिक बदली रहेको छ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । शाखाका अनुसार नेपालमा हाल कुनै उल्लेखनीय मौसमी प्रणाली छैन । आज प्रदेश १ र गण्डकी प्रदेशका पहाडी भू–भागमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने अनुमान गरिएको छ । राति वाग्मती प्रदेश, मधेस प्रदेशलगायत लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र प्रदेश १ का पहाडी भू–भागका थोरै स्थानहरूमा आंशिक बदली तथा बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ । भोलि प्रदेश १ को पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ ।भोलि राति प्रदेश १ को पहाडी भू–भाग र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान शाखाको अनुमान छ । पर्सि मंगलबार दिउँसो प्रदेश १ र गण्डकी ...
मोक्षदा एकादशी अर्थात् गीता जयन्ती आज मनाउँदै

मोक्षदा एकादशी अर्थात् गीता जयन्ती आज मनाउँदै

Breaking news 1, अन्तर्राष्ट्रिय खबर, खेल, जानकारी, ट्रेन्डिङ, धर्म/ज्योतिश, मनोरन्जन, राजनीति, राष्ट्रिय खबर, शिक्षा, समाचार, स्थानीय खबर, स्वास्थ्य
काठमाडौं ।वैदिक सनातन हिन्दू धर्मावलम्बीको धार्मिक ग्रन्थ गीता प्रादुर्भाव भएको दिनको सम्झनामा पाठपारायण एवं प्रवचनलगायत विविध कार्यक्रम गरी आइतवार गीता जयन्ती पर्व मनाइँदैछ । वैदिक ज्ञान भावी पुस्तालाई हस्तान्तरण गर्ने उद्देश्यले गीता जयन्तीको अवसर पारेर विविध कार्यक्रम आयोजना गर्न लागिएको हो । ५ हजार १३० वर्षअघि मार्गशीर्ष शुक्ल एकादशीका दिन कौरव र पाण्डवबीचको महाभारत युद्धका समय पारेर विष्णुको आठौं अवतारका रूपमा पृथ्वीमा जन्म लिनुभएका कृष्णले अर्जुनमार्फत कुरुक्षेत्रमा गीता ज्ञानको पुनर्जागरण गरेको धार्मिक विश्वास रहिआएको छ । भगवान्ले नै अर्जुनमार्फत हामीलाई गीताको ज्ञान दिएका हुन् । कुरुक्षेत्रमा १८ दिनसम्म महाभारत युद्ध हुन लाग्दा अर्जुन आफन्तविरुद्ध लडाइँ गर्न तयार नभएपछि भगवान् कृष्णले उपदेश दिन सुनाएको ग्रन्थ गीता भएको धर्मशास्त्रविद् प्रा.डा. रामचन्द्र गौतमले जानकारी दिए ...