जन्मदिनको शुभकामना प्रिय मान्छेलाई ✍️ कमला केसी, पत्रकार आफ्नो जिवनसाथी श्रवण श्रेष्ठको जन्मदिनमा शुभकामना दिदै भन्नु हुन्छ
बर्षभरिको प्रसंशा गर्ने दिन आज तिम्रो जन्मदिन 😍 जन्मदिनको धेरै धेरै शुभकामना तिमीलाई मेरो प्रिय मान्छे तिमी मेरो सपनालाई उचाई दिन अनि बिपनाका हरेक अफ्ट्याराहरु पार लगाउन जन्मेको मान्छे । हुन त जिवन साथी भनेको सुखदुःख दुवै बराबर बाड्नलाई जोडीएका दुईपात्र हुन तिमीले यसलाई बुझ्न मलाई झन सजिलो बनाईदिएको छौ ! मेरा कयौं सपनाहरु तिमीले जिवन दिएका छौ हौसला र साथले मरेका ईच्छा चाहनाहरु यसरी ब्युत्याईदिएका छौ कि लाग्छ मेरा सपनाहरुमा तिम्रो जिवन बसेको छ ।
जिन्दगीमा आउने दु:खका पहाडहरुलाई तिमीले मेरो छाँया सम्मपनि पर्न दिएका छैनौं सुनेको छु बिहेपछि एउटा केटि मान्छेको जिन्दगी बद्लिन्छ अझै भनौं जिम्मेवारीको भारिले उठ्नै नसकिने गरि थला पारिदिन्छ तर तिमीसंग जोडिएर म झन बढी ...
१३ चैत्र २०७९, सोमबार ०४:१८१३ चैत्र २०७९, सोमबार ०४:१८१३ चैत्र २०७९, सोमबार ०४:१८ by विशाल श्रेष्ठNo Comments
कोरियामा कार्यरत चेली गंगा लोहनीको लोक दोहारी गीत ‘लुम्ले काँडे’ बजारमा (भिडियो सहित )
दक्षिण कोरियालाई कर्म थलो बनाउदै आएकी नेपाली लोक तथा दोहोरि गायिका गङ्गा लोहनीको लोक दोहारी गीत ‘लुम्ले काँडे’ बजारमा आएको छ l
लोक दोहोरी क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाएका प्रवासी गायक सुर्य खड्का र लोकप्रिय गायिका गङ्गा लोहनीको सुमधुर स्वरमा रहेको उक्त गीतको चर्चित सर्जक रमेश परियारको लय र शब्द रहेको छ ।सुर्य खड्का नेपाल आएकै मौकामा यो गीत बजारमा ल्याइएको छ।कोरियामा बस्दै आएकी गायिका गङ्गाले यस अगाडी खेम सेन्चुरी संग मुसुक्कै हांसीदेउ बजारमा ल्याएर चर्चा कमाएकी थिईन।गीतमा प्रेम कहानीलाइ बिशेष जोड दिईएको छ।एक प्रेमी र प्रेमिकाको कथालाई प्रमुख भूमिकामा राख्दै बजारमा ल्याइएको गीतमा निर्देशन भने काजिश श्रेष्ठले गरेका हुन्।
चर्चित मोडल लोमस शर्मा,राजु आर डी,नारायणी खत्री र संचिता बोलाखेको दमद...
७ फाल्गुन २०७९, आईतवार १३:४५७ फाल्गुन २०७९, आईतवार १३:४५७ फाल्गुन २०७९, आईतवार १३:४५ by विशाल श्रेष्ठNo Comments
१)
थकित अनि मन्द मुस्कान हुन्छ परदेशमा
आसु टिल्पिल हुँदै आँखा रुन्छ परेदशमा
धनको भारी चाडै पुर्याइ फर्कन्छु भन्दै
परदेशीले सुन्दर सपना बुन्छ परदेशमा
२)
रहर हैन बाध्यताले परदेश पसेको
ज्यान दौडमा तर मन गाउँमा बसेको
जवानी लिलामी भो बिरानो देशैमा
कस्ले देख्छ खुन पसिना सबै डसेको
३)
मुसुक्क तिमी हास्दा संसार भुल्छु म
भिरको लालीगुरास झै हास्दै फुल्छु म
तिम्रो साथ जस्तो प्रिय केही छैन यहाँ
भमरा बनी आसपासमै सधै डुल्छु म
४)
यो मनको बाटो गरि आए हुन्छ नि
सुटुक्कै चोखो माया लाए हुन्छ नि
भाग्यमानी हुन अब केही गर्नै परेन
जुनि जुनि तिम्रै बन्न पाए हुन्छ नि...
३ फाल्गुन २०७९, बुधबार ०२:१८३ फाल्गुन २०७९, बुधबार ०२:१८३ फाल्गुन २०७९, बुधबार ०२:१८ by विशाल श्रेष्ठNo Comments
✍️ सुशील अर्याल
वालिगं १४ स्याङ्जा
१.एक
मलाई सुम्पिदैं जवानी तन दिन्थ्यौ होला!
मत तिम्रै सुन्दर दिल भन दिन्थ्यौ होला!
यो प्रेम दिवसमा संगै साथमा भा’को भए-
गुलावको सट्टामा चुम्बन दिन्थ्यौ होला!
२.दुइ
रिसाउन त थोरै -थोरै रिसाएकी थियौ।
तर पनि रिसमा प्रिती मिसाएकी थियौ।
सम्झिन्छ्यौ कि भूलिसक्यौ भन भू.पु.माया
मेरो ओठमा तिम्ले ओठ बिसाएकी थियौ।
३.तिन
हरपल हरक्षण तिम्रा यादहरु आउने थिएनन्!
मेरो यो कोमल ह्रदयलाई सताउने थिएनन्!
यदि छुट्टीएर जीवन्त खुशिहरु मिल्थ्यो भने~
झरेका पातहरु कहिल्यै ओईलाउने थिएनन्!
४.चार
घुटु~घुटु थुक निल्दै म भगवान हरि सम्झिन्छु।
यो धर्तीका नायिका र स्वर्गका परि सम्झिन्छु।
बैंशालु युवतीको गुलावी गाला, रसिला अधर देख्...
१ फाल्गुन २०७९, सोमबार १२:४४१ फाल्गुन २०७९, सोमबार १२:४४१ फाल्गुन २०७९, सोमबार १२:४४ by विशाल श्रेष्ठNo Comments
✍️निखिल आचार्य "राज" स्युचाटार, कलङ्की
यादलहर..
सुन्दा प्रिय लाग्ने नाम हौ तिमी,
अनि हौ अति नै प्यारी मेरो निम्ति,
खुसी लाग्छ मलाई अचेल कि..
म हरघडी तिम्रै यादनगर मा हुन्छु..
यति नजिक भइसक्यौ मेरो अहो!
कुरा तिम्रै मनको कुनाकुनामा
लवजमा गीत तिम्रै छ मेरो,
शब्दभरी छरिएकी तिमी..
मेरा मनका भावनाको लहर..
अनि यसरी नै तिमीमै रहने रहर...
सुन कति मीठो छ मेरो लागी
कदम कदम मा पाइला..
अनि ती मेरा पाइला सँगै
पदछाप छोड्दा तिमी र म
साथसाथै चल्दाको पल
अनि मनमनै बोल्दै गरेको क्रम,
केवल हामीदुईको धड्कन
कम्पन अधर हल्का लजाई-
अनि झुकेको नजर
अनि त्यो भेट अझै मनमा छन् !
मधूर अनि पवित्र प्रेमको याद बनी।
...