विशाल आवाज:नेपाल भलिबल संघको मातहतमा जुलाइ १४ तारिख आइतबारका दिन सुवन आजु थेहाक्योमा आयोजित "दोस्रो खप्तड कप-२०२४" भएको ४ दिनपछि आयोजक सुदूरपश्चिम समाज दक्षिण कोरियाले विज्ञप्ति निकालेको छ। विज्ञप्तिमा प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै बाग्लुङ समाजका खेलाडीले लाइनमेनलाई अपशब्द प्रयोग गरी गाली गलौज गरेको, रेफ्रीको अन्तिम निर्णय नमानी खेल छोडेर गएको साथै खेल अनुशासन पालना नगरेको कुरा विज्ञप्तिमा जनाइएको छ।
“स्वास्थ्य विचार र व्यवहार खेलकुद नै मुख्य आधार मूल नाराका साथ सुदूरपश्चिम समाजले भलिबल संघ दक्षिण कोरियाको समन्वयमा सम्पन्न दोस्रो खप्तड कप भलिबल प्रतियोगिताको सहभागी टिम बाग्लुङ र थेसो परिवार बीच भएको फाइनल खेलमा विभिन्न विवादबीच आयोजक संस्था, भलिबल संघ, रेफ्री, लाइनम्यानको सल्लाहमा खेलको प्रकृति ,अङ्कभार, तत्कालीन समयमा प्रदर्शन गरेको ...
३ श्रावण २०८१, बिहीबार ०७:२३३ श्रावण २०८१, बिहीबार ०७:२३३ श्रावण २०८१, बिहीबार ०७:२३ by एलिनाNo Comments
साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक दुई वर्ष ३ महिनाअघिको विन्दुमा प्रवेश गरेको छ ।
नेप्से परिसूचक २४०० विन्दू माथि पुगेको छ । बुलिस ट्रेण्ड समातेको बजारमा बिहीबार कारोबार सुरु भएको २६ औ मिनेटमा २४०० को उचाई चुमेको हो ।
अहिले बजार केही करेक्सन भई अगाडि बढेको छ । यो समाचार तयार पार्दासम्म ३५.३८ अंकले बढेर २४०० को विन्दूमा बजार घुमिरहेको छ ।
कारोबार रकम पनि कारोबार शुरुवात भएको गेढ घण्टामै ५ अर्ब रुपैयाँभन्दा बढीको शेयर कारोबार भएको भइसकेको छ । असार १५ गतेदेखि बजार निरन्तर बढीरहेको छ ।कतिपय लगानीकर्ताले यतिबेला बुल रनमा प्रवेश गरेको बताउन थालेका छन् । नेपाल राष्ट्र बैंकले शुक्रबार मौद्रिक नीति पनि ल्याउँदै छ ।
आँखु खोला जलविद्युत कम्पनी, उपकार लघुवित्त र मेरो माइक्रोफाइनान्सको सेयरमूल्यमा अपर सर्किट समेत लागिसकेको छ र यो समाचार तयार पार्दाको समयसम्ममा ७ वटा कम...
३ श्रावण २०८१, बिहीबार ०२:०२३ श्रावण २०८१, बिहीबार ०२:०२३ श्रावण २०८१, बिहीबार ०२:०२ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
समयको तालमेल नमिल्दा आफ्ना विषयवस्तुमा अरूले दाबी गर्लान्। स्वास्थ्यका लागि खानपानमा सजग रहनुहोला। मिहिनेत र दौडधुपले मात्र काम बन्नेछ। सहयोगको तत्परता देखाउनेहरू पछि हट्नेछन्।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
मिहिनेतले फाइदा उठाउन सकिनेछ। सुन्दर पहिरनले व्यक्तित्वमा निखारता आउनेछ। उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुने समय छ। रमाइलो यात्रा हुन सक्छ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। अवसरको खोजीमा आफन्त र परिवारबाट टाढिनुपर्ने हुन सक्छ। सत्कार्यमा शुभचिन्तकहरूको साथ पाइनेछ। पछिका लागि खर्चको जोहो गर्नुपर्ला। प्रतिस्पर्धी पराजित हुनेछन्।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
प्रयत्न गरेका काम सजिलै सम्पादन हुनेछन्। सेवामूलक कामबाट धनलाभ हुनेछ। स्वास्थ्य सब...
२ श्रावण २०८१, बुधबार १५:११२ श्रावण २०८१, बुधबार १५:११२ श्रावण २०८१, बुधबार १५:११ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज:नेपाल भलिबल संघको मातहतमा जुलाइ १४ तारिख आइतबारका दिन सुवन आजु थेहाक्योमा सुदूर पश्चिम समाज दक्षिण कोरियाद्वारा आयोजित "दोस्रो खप्तड कप-२०२४" भएको भलिबल फाईनल खेलमा विवाद उत्पन्न हुँदा हुदै पनि विवाद समाधान नगरी औपचारिकता बिना नै विपक्षी टिमलाइ विजेता घोषणा गरेकोमा बाग्लुङ समाजले एक प्रेस विज्ञप्ति निकाली आपत्ति जनाएको छ।
विज्ञप्तिमा पहिलो र दोस्रो सेट अत्यन्तै सौहार्द र रोमाञ्चक भई तेस्रो सेटमा रेफ्रिबाट फलको संकेत गराउदा सो निर्णय विपक्ष टिमबाट मान्य नगरी बारम्बार बोलाउँदा पनि रेफ्रि
संग सल्लाह गर्न नगएको र तोकिएको समयसम्म पनि खेल सञ्चालन नभए पश्चात मुख्य रेफ्रिबाट विपक्ष टिमलाई क्रमशः पहेलो र रातो कार्ड गरि दुई पटक सम्म चेतावनी संकेत गरिएको कुरा जनाइएको छ। विज्ञप्तिमा बाग्लुङ समाजले विदेशको ठाउँमा भाईचाराको सम्बन्ध र आयोजकको अनुरोध स्वीकार गर्दै विपक्ष टिमले रातो कार्ड पा...
२ श्रावण २०८१, बुधबार १४:०७२ श्रावण २०८१, बुधबार १४:०७२ श्रावण २०८१, बुधबार १४:०७ by विशाल श्रेष्ठNo Comments
बिशाल आवाज :शेर्पा संघ दक्षिण कोरियाको आयोजनामा यही आउदो कोरियाली चाड छुसकको अबसरमा सेप्टेम्बर १७ तारिख सऊलमा हुन लागेको "हिमालयन सांगीतिक धमाका २०२४" कार्यक्रमको तयारी तीब्र पारिएको छ ।
विपत व्यवस्थापन तथा आपतकालीन राहत कोष स्थापनार्थ शेर्पा संघ दक्षिण कोरियाले दक्षिण कोरियाको राजधानी सऊलमा २०२४ सेप्टेम्बर १७ तारिख मङ्गलबारका दिन आयोजना गर्नलागेको "हिमालयन सांगीतिक धमाका २०२४" कार्यक्रमको तयारी तीब्र पारिएको हो ।
आदिबासी जनजाति महासंघ दक्षिण कोरिया अन्तर्गत सबै जातिय संस्थाहरुको सहकार्यमा गर्न लागेको कार्यक्रमलाई सफल बनाउन संस्थाको कार्यासमिति तथा सल्लाहकारहरूको भेलाले सल्लाहकार सोनाम शेर्पालाई कार्यक्रम संयोजक, सल्लाहकार पासाङ शेर्पालाई आर्थिक संयोजक र सल्लाहकार गेल्छिरी शेर्पालाई प्रचारप्रसार संयोजक चयन गरि जिम्मेवारी बाँडफाँड गरेको छ।
नेपालबाट आमन्त्रित बहुचर्चित राष्ट्रिय कला...
२ श्रावण २०८१, बुधबार ११:०२२ श्रावण २०८१, बुधबार ११:०२२ श्रावण २०८१, बुधबार ११:०२ by विशाल श्रेष्ठNo Comments
विशाल आवाज: कास्की परिवार, दक्षिण कोरियाको जुलाई २०र २१तारिखको दिन 늘푸른캠프 मा हुने बृहत भेटघाट एवम् वनभोज कार्यक्रमको सम्पूर्ण तयारी पुरा भएको छ ।
“संगठित समूह नै परदेशको सहारा हो ” भन्ने मूल नाराका साथ दक्षिण कोरियामा सक्रिय कास्की परिवार, दक्षिण कोरियाले जुलाई २०र २१तारिख शनिबार र आइतबारका दिन 경기도 가평군 청평면 대성리 570-2 को 늘푸른캠프 मा दुई दिने बृहत भेटघाट एवम् वनभोज कार्यक्रम आयोजना गर्दैछ । विभिन्न नेपाली परिकार ,मनोरञ्जनात्मक कार्यक्रम, आरामदायी बासको सम्पूर्ण व्यवस्थासहितको पिकनिक कार्यक्रममा सहभागिता जनाउनका लागि पुरुषको लागि ९० हजार वन र महिलाको लागि ७० हजार वन तथा जोडीमा आउने हरुको लागि १ लाख ५० हजार वन प्रवेश शुल्क तोकिएको छ। प्रवेश शुल्क 카스키 패밀리코리아 को HANA BANK मा रहेको खाता नम्बर 84091000984904 मा ट्रान्सफर गर्नुपर्नेछ। वनभोज कार्यक्रम स्थलसम्म पुग्नको लागि सौलको दोङदेमुन स्टेसन र सुवन...
२ श्रावण २०८१, बुधबार १०:२१२ श्रावण २०८१, बुधबार १०:२१२ श्रावण २०८१, बुधबार १०:२१ by विशाल श्रेष्ठNo Comments
बारा - हिन्दू परिषद् नेपाल प्रसौनी गाउँ पालिका कमिटीले वीरगंजबाट काठमाडौं र काठमाडौंबाट गौर जाने क्रममा त्रिशूली खोलामा भएको बस दुर्घटना तथा बाढी पहिरोमा ज्यान गुमाएकाहरू प्रति श्रद्धांजलि कार्यक्रम आयोजना गरेको छ।
गत जुलाई १० तारिखका दिन त्रिशूली खोलामा भएको बस दुर्घटनामा परी २५ जनाले ज्यान गुमाएका थिए भने १० जना अझै बेपत्ता छन्। यो घटनामा ज्यान गुमाएकाहरूको आत्माको चिर शान्तिको लागि १ मिनेटको मौन धारण गरियो।
कार्यक्रम आज बेलुकी ७:०० बजे, प्रसौनी स्थित घन्टाघरको अगाडि चौकमा सम्पन्न भयो। हिन्दू परिषद् नेपालका अध्यक्ष संजय सर्राफ, केन्द्रीय सदस्य प्रसौनी गाउँ पालिका प्रमुख बिनोद जैश्वाल तथा प्रसौनी गा.पा.कमिटी अध्यक्ष अरबिन्द मोदनवाल लगायत २०० भन्दा बढीको उपस्थिति रहेको कार्यक्रममा संजय सर्राफ प्रसौनी गा.पा.प्रमुख बिनोद जैश्वालले सम्बोधन गर्दै दुर्घटनामा परी ज्यान गुमाएका परिवारलाई क्...
२ श्रावण २०८१, बुधबार ०९:५६२ श्रावण २०८१, बुधबार ०९:५६२ श्रावण २०८१, बुधबार ०९:५६ by एलिनाNo Comments
साताको चौथो कारोबार दिन बुधबार पनि बजार उच्च अंकले बढेको छ । यो दिन बजार ५४.०४ अंकले बढेर २ हजार ३६४.६३ विन्दुमा आइपुगेको छ ।
यो दिन ३०६ वटा कम्पनीको ३ करोड २० लाख ९५ हजार कित्ता शेयर कारोबार हुँदा १२ अर्ब रुपैयाँ भन्दा बढीको कारोबार भएको छ । अघिल्लो कारोबार दिन मंगलबार भने ९ अर्बभन्दा माथि कारोबार भएको थियो ।
यस दिनको कारोबार रकम करिब ३५ महिनायताकै उच्च हो। यस अघि २०७८ भदौ १५ गते १३ अर्ब १६ करोडभन्दा बढीको शेयर कारोबार भएको थियो। यसपछि यो दिन नै १२ अर्ब भन्दा बढीको शेयर कारोबार भएको हो ।यो दिन राम्रा र बलिया कम्पनी मापक सूचक सेन्सेटिभ इन्डेक्स पनि १०.२५ अंकले बढेर ४१९.७७ विन्दुमा पुगेको छ ।यो दिन ३०६ वटा कारोबार भएका कम्पनीहरुमध्ये २०४ वटा कम्पनीको शेयरमूल्य बढेको छ भने ३२ वटा कम्पनीको शेयरमूल्य घटेको छ । बाँकी ६ वटा कम्पनीको शेयरमूल्य स्थिर छ ।
यो दिन सर्वाधिक कारोबार हुने कम...
२ श्रावण २०८१, बुधबार ०२:०७२ श्रावण २०८१, बुधबार ०२:०७२ श्रावण २०८१, बुधबार ०२:०७ by एलिनाNo Comments
मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
वचनले अप्ठ्यारो पर्न सक्छ । आवेशको व्यवहार र असमझदारीले आफन्तजन टाढिन सक्छन् । समयमा जुट्न नसक्दा आफ्नो काम रोकिन सक्छ ।
बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो)
व्यवसायमा लगानी बढाउनुपरे पनि उधारोमा व्यापार हुनेछ। फाइदाका लागि केही त्याग्नुपर्ने हुन सक्छ। अवसरवादीहरूबाट सजग रहनुहोला। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
नयाँ ज्ञान प्राप्त हुने योग छ । पढाइमा राम्रो प्रगति हुनेछ। आय बढ्नेछ भने उठ्नुपर्ने रकम हातलागी हुने समय छ । कृषि तथा व्यापारमा प्रशस्त फाइदा हुनेछ । पहिलेका कामबाट प्रशस्त लाभ हुनेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
दिगो काममा जग बसाउने मौका छ। सोखले थलिएको काम व्यवसायमा रूपान्तरित हुनेछ। मेहनतीहरूलाई कार्यसिद्धिको समय छ। मिहिनेतले सजिलै लक्ष्यमा पुर्याउनेछ ।
सिहं (मा,मी,मू,मे,मो,टा,...
१ श्रावण २०८१, मंगलवार १३:५०१ श्रावण २०८१, मंगलवार १३:५०१ श्रावण २०८१, मंगलवार १३:५० by विशाल श्रेष्ठNo Comments
विशाल श्रेष्ठ/दक्षिण कोरिया: ह्वासङ एन.एफ.सि ,फारान युनाइटेड लाई पराजित गर्दै दक्षिण कोरियाको दक्षिणी भाग किम्हेमा आयोजित “प्रथम गिम्हे युनाइटेड फुटसल कप” चुम्न सफल भएको छ।
“विदेशी भूमिमा सङ्घर्षको क्रममा, रमाउ हामी फुट्सलको गोलमा। दक्षिण कोरियामा रहेर खेल दौरान घाइते खेलाडी उद्धार सहयोगार्थ” किम्हेमा गिम्हे युनाइटेड एफ.सिले आयोजना गरेको “प्रथम गिम्हे युनाइटेड फुटसल कप” मा ३२ वटा टिम सहभागि थिए।
प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३० लाख र २० लाख कोरियन वोन प्राप्त गरेका थिए भने अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी ह्वासङ एन.एफ.सिका सुमन पाख्रिन , उत्कृष्ट गोलकिपर फारान युनाइटेडका भुवनजंग कार्की र उच्च गोलकर्ता नाम्जि एफ.सिका निशान कार्कीले जनही १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका थिए।
...