विशाल श्रेष्ठ/दक्षिण कोरिया: ह्वासङ एन.एफ.सि ,फारान युनाइटेड लाई पराजित गर्दै दक्षिण कोरियाको दक्षिणी भाग किम्हेमा आयोजित “प्रथम गिम्हे युनाइटेड फुटसल कप” चुम्न सफल भएको छ।
“विदेशी भूमिमा सङ्घर्षको क्रममा, रमाउ हामी फुट्सलको गोलमा। दक्षिण कोरियामा रहेर खेल दौरान घाइते खेलाडी उद्धार सहयोगार्थ” किम्हेमा गिम्हे युनाइटेड एफ.सिले आयोजना गरेको “प्रथम गिम्हे युनाइटेड फुटसल कप” मा ३२ वटा टिम सहभागि थिए।

प्रतियोगितामा विजेता टिम र उपविजेता टिमलाई आकर्षक ट्रफी, मेडल र प्रमाण पत्र सहित क्रमशः ३० लाख र २० लाख कोरियन वोन प्राप्त गरेका थिए भने अन्य विधातर्फ खेल अवधिभरको उत्कृष्ट खेलाडी ह्वासङ एन.एफ.सिका सुमन पाख्रिन , उत्कृष्ट गोलकिपर फारान युनाइटेडका भुवनजंग कार्की र उच्च गोलकर्ता नाम्जि एफ.सिका निशान कार्कीले जनही १/१ लाख कोरियन वोन सहित मेडल, ट्रफी र प्रमाण पत्र प्राप्त गरेका थिए।

आयोजक गिम्हे युनाइटेड एफ सीले कार्यक्रमलाई भव्यताका साथ सम्पन्न गराउन सहभागी हुने सम्पूर्ण टिम म्यानेजर लगायत खेलाडीहरु, मिडिया पार्टनर, दक्षिण कोरियामा रहेका विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, स्पोन्सरहरू, उपस्थित खेलप्रेमी दर्शकहरू सबैलाई हार्दिक धन्यवाद ज्ञापन गर्दै विजेता तथा उपविजेता टिम र उत्कृष्ट खेलाडीहरूलाई हार्दिक बधाई तथा शुभकामना समेत व्यक्त गरेको छ।









