Advertisement
Advertisement

विवादका बीच औपचारिकता बिना नै विपक्षी टिमलाइ विजेता घोषणा गरेकोमा बाग्लुङ समाजको आपत्ति

Advertisement
Advertisement

विशाल आवाज:नेपाल भलिबल संघको मातहतमा जुलाइ १४ तारिख आइतबारका दिन सुवन आजु थेहाक्योमा सुदूर पश्चिम समाज दक्षिण कोरियाद्वारा आयोजित “दोस्रो खप्तड कप-२०२४” भएको भलिबल फाईनल खेलमा विवाद उत्पन्न हुँदा हुदै पनि विवाद समाधान नगरी औपचारिकता बिना नै विपक्षी टिमलाइ विजेता घोषणा गरेकोमा बाग्लुङ समाजले एक प्रेस विज्ञप्ति निकाली आपत्ति जनाएको छ।

विज्ञप्तिमा पहिलो र दोस्रो सेट अत्यन्तै सौहार्द र रोमाञ्चक भई तेस्रो सेटमा रेफ्रिबाट फलको संकेत गराउदा सो निर्णय विपक्ष टिमबाट मान्य नगरी बारम्बार बोलाउँदा पनि रेफ्रि
संग सल्लाह गर्न नगएको र तोकिएको समयसम्म पनि खेल सञ्चालन नभए पश्चात मुख्य रेफ्रिबाट विपक्ष टिमलाई क्रमशः पहेलो र रातो कार्ड गरि दुई पटक सम्म चेतावनी संकेत गरिएको कुरा जनाइएको छ। विज्ञप्तिमा बाग्लुङ समाजले विदेशको ठाउँमा भाईचाराको सम्बन्ध र आयोजकको अनुरोध स्वीकार गर्दै विपक्ष टिमले रातो कार्ड पाउँदा पनि खेल पुनः सञ्चालनलाई सहर्ष स्वीकार गरि आफ्‌नो महानता प्रदर्शन गर्दै तेस्रो सेटमा विपक्ष टिमबाट प्रहार भएको स्पाईक घेरा बाहिर भएको र मुख्य रेफ्रिले बाग्लुङलाई नम्बर दिएको कुरा अर्को टिमले अस्वीकार गरि चरम विवादसहित समर्थक साथीहरुले रेफ्रिलाई घेरा हाल्ने र अपशब्द प्रयोग गर्ने जस्तो नकरात्मक काम गरे पछि मुख्य रेफ्रिबाट पुनः दोस्रो पटक टिम र समर्थकलाई रातो कार्ड देखाइएको समेत जनाइएको छ।

प्रतियोगिता समाप्त भएको ३ दिन बितिसक्दा पनि आयोजक सुदूर पश्चिम समाज दक्षिण कोरिया र भलिबल संघ कोरिया मौन

हदै भइसकेपछि बाग्लुङ समाजले मुख्य रेफ्रि, आयोजक र भलिबल संघ कोरियालाई रातो कार्ड पाउने व्यक्तिलाई खेलमा समावेश निषेधको बारम्बार अनुरोध गर्दा पनि कसैको सुनुवाई नभइ रातो कार्ड पाउँदा समेत रातो कार्डको महत्व एवं खेलको नियमानुसार सञ्चालन नभएको विज्ञप्तिमा बताइएको छ। खेलको नियमअनुसार सञ्चालन नभएपछि उक्त खेल खेल्नु/नखेल्नुको औचित्य नरहि बाग्लुङ समाजले फाइनल खेल बहिष्कार गरेको थियो।
साथै विवादको क्रममा विपक्ष टिमलाई १ घण्टा ३० मिनेट समय उपलब्ध गराईएको तर बाग्लुङ समाजलाई १५ मिनेट मै जाली फुकाई आयोजकले औपचारिकता बिना नै बिजेता घोषणा गरेको कुरालाई बागलुङ समाजले प्रेस विज्ञप्ति मार्फत घोर भत्सर्ना गरेको जनाइएको छ।

खेल समाप्त भएको ३ दिन बितिसक्दा पनि आयोजक र भलिबल संघको आधिकारिक पेज मार्फत कुनै सूचना तथा जानकारी नआए पश्चात विज्ञप्ती प्रकाशन गर्न बाध्य भएको बताउँदै आगामि दिनहरुमा नेपाल भलिबल संघको विधान, नितीनियम र खेलको नियमलाई पूर्ण कार्यान्वन गरि भलिबल सञ्चालन गर्न भलिबल संघ दक्षिण कोरिया, रेफ्रि, आयोजक, खेलाडी र सम्पूर्णमा आग्रह गर्दै उक्त खेलको सत्यतथ्य आत्मलोचना आयोजक र भलिबल संघले सार्वजनिक नगर्दा सम्म सम्पन्न भलिबल फाईनलका कुनै पनि पुरस्कार राशि ग्रहण नगर्ने समेत विज्ञप्ति मार्फत जानकारी गराइएको छ।

 

Advertisement
Advertisement
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0

प्रतिक्रिया दिनुहोस

Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement
Advertisement

छुटाउनुभयो कि ?

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष “दोस्रो बाग्लुङ घुम्टे भलिबल कप–२०२६” को तयारी तीव्र, टोली दर्ता गर्ने अन्तिम मिति मे १७

बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्ती विशेष “दोस्रो बाग्लुङ घुम्टे भलिबल कप–२०२६” को तयारी तीव्र, टोली दर्ता गर्ने अन्तिम मिति मे १७

दक्षिण कोरियामा रहेका बाग्लुङेलीहरूको साझा संस्था बाग्लुङ समाज दक्षिण कोरिया थेगु शाखाले बाग्लुङ समाज दक्षिण कोरियाको रजत जयन्तीको...
“Buddha Was Born in Nepal” अभियानलाई विश्वभर फैलाउन यही मे १७ तारिक दोबोंसान पर्वत आरोहण कार्यक्रम गर्दै बिपिन गुरुङको एनआरएन दक्षिण कोरिया

“Buddha Was Born in Nepal” अभियानलाई विश्वभर फैलाउन यही मे १७ तारिक दोबोंसान पर्वत आरोहण कार्यक्रम गर्दै बिपिन गुरुङको एनआरएन दक्षिण कोरिया

बिपिन कुमार गुरुङ नेतृत्वको गैर–आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् (एनआरएन) दक्षिण कोरियाले “बुद्ध नेपालमा जन्मिएका हुन्” भ...
किम्हे बुसानमा मे २४ तारिक “सातौँ बुद्ध जयन्ती फुटसल टूर्नामेन्ट–२०२६” आयोजना हुँदै

किम्हे बुसानमा मे २४ तारिक “सातौँ बुद्ध जयन्ती फुटसल टूर्नामेन्ट–२०२६” आयोजना हुँदै

 दक्षिण कोरियामा रहेका नेपाली समुदायबीच खेलकुदमार्फत एकता, भाइचारा र सामाजिक सद्भाव बढाउने उद्देश्यले नेपाल फुटबल महासंघ दक्षिण को...
दोलखाली समाज दक्षिण कोरियाको सातौँ अधिवेशन मे २४ मा हुने

दोलखाली समाज दक्षिण कोरियाको सातौँ अधिवेशन मे २४ मा हुने

दक्षिण कोरियामा क्रियाशील नेपालीहरुको साझा संस्था “दोलखाली समाज दक्षिण कोरिया” ले आफ्नो सातौँ अधिवेशन आगामी मे २४ तारिखमा आयोजना ग...
Front Image
Back Image
Right Image
Left Image
Top Image
Bottom Image
×