विशाल आवाज:नेपाल भलिबल संघको मातहतमा जुलाइ १४ तारिख आइतबारका दिन सुवन आजु थेहाक्योमा आयोजित “दोस्रो खप्तड कप-२०२४” भएको ४ दिनपछि आयोजक सुदूरपश्चिम समाज दक्षिण कोरियाले विज्ञप्ति निकालेको छ। विज्ञप्तिमा प्रतियोगिता सम्पन्न गर्न सहयोग गर्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद व्यक्त गर्दै बाग्लुङ समाजका खेलाडीले लाइनमेनलाई अपशब्द प्रयोग गरी गाली गलौज गरेको, रेफ्रीको अन्तिम निर्णय नमानी खेल छोडेर गएको साथै खेल अनुशासन पालना नगरेको कुरा विज्ञप्तिमा जनाइएको छ।
“स्वास्थ्य विचार र व्यवहार खेलकुद नै मुख्य आधार मूल नाराका साथ सुदूरपश्चिम समाजले भलिबल संघ दक्षिण कोरियाको समन्वयमा सम्पन्न दोस्रो खप्तड कप भलिबल प्रतियोगिताको सहभागी टिम बाग्लुङ र थेसो परिवार बीच भएको फाइनल खेलमा विभिन्न विवादबीच आयोजक संस्था, भलिबल संघ, रेफ्री, लाइनम्यानको सल्लाहमा खेलको प्रकृति ,अङ्कभार, तत्कालीन समयमा प्रदर्शन गरेको अनुशासन, समयको ख्याल समेतको मापदण्डलाई ध्यानमा राखी १४ तारिख को दिनमा नै थेसो परिवार विजेता र बाग्लुङ समाजलाई उपविजेता घोषणा गर्नेमा नेपाल भलिबल संघका अध्यक्ष चन्द्र राना, रेफ्री फत्त पुन, आयोजक संस्थाका अध्यक्ष दिलबहादुर मडै, महासचिव कृष्ण भण्डारी को हस्ताक्षर रहि लिखित सहमति गरेको पत्र पनि बाहिरिएको छ।

आज सुदूरपश्चिम समाज दक्षिण कोरियाले निकालेको विज्ञप्तिमा २०२४ जुलाई १४ मा सुदूरपश्चिम समाज दक्षिण कोरियाद्वारा आयोजित दोस्रो खप्तड भलिबल प्रतियोगिता सु – सम्पन्न गर्न प्रत्यक्ष ,अप्रत्यक्ष सहयोग गर्नुहुने सम्पूर्ण प्रति हार्दिक आभार तथा धन्यवाद प्रकट गरिएको छ।
खेलमा समस्या उत्पन्न भइ समय अबेर राती ढिला हुन जादा प्रमुख अथिति , अथिति तथा दर्शकहरू पर्न गएको असर र असहजता प्रति पनि आयोजकले विज्ञप्ति मार्फत माफी मागेको छ।
यसै विवादलाई लिएर बाग्लुङ समाज दक्षिण कोरियाले हिजो नै विज्ञप्ति निकालेर आफ्नो धारणा व्यक्त गरिसकेको छ। यसैगरी बिशाल आवाज डट कमले भलिबल महासंघलाई यहि विषयमा कुरा राख्दा भलिबल संघ दक्षिण कोरिया को कार्यसमिति पदाधिकारी तथा सल्लाहकारहरूबाट छलफल गरी सो प्रतियोगिताको निर्णयको अधिकार आयोजकमा हुने र सङ्घमा कुनै पनि निवेदन नपरेको कारण उक्त विषयमा तत्काल विज्ञप्ति ननिकाल्ने भन्ने निर्णय भएको तर सुदूरपश्चिम समाजले पनि आफ्नो धारणा व्यक्त गरिसकेपछि सबैसँग छलफल गरेर विज्ञप्ति निकाल्ने ननिकाल्ने बारे निर्णय लिने अध्यक्ष चन्द्र रानाले बताउनुभएको छ।
खेल दिनभर रोमाञ्चक र सौहार्द भएको अन्तिम फाइनल खेल थेसो र बाग्लुङ बिच भएको पहिलो सेटको खेल पनि रोमाञ्चक ,सौहार्द र बिबाद रहित भएको जानकारी गराउदै दुबै टिमले १/१ सेट जितिसके पछि अन्तिम निर्णायक खेल हुदै गर्दा बाग्लुङ -१७ थेसो -१५ अंक हुदाको बखत थेसोका खेलाडीले प्रहार गरेको बल बाग्लुङको खेलाडीबाट चेक आउट भयो तर सट प्रहार गर्ने खेलाडीबाट लाइन क्रस भयो सॅंगै घाइते पनि भएको विज्ञप्तिमा बताइएको छ। यसो हुदा रेफ्रि , सहायक रेफ्रि र लाइनमेनले सल्लाह गरि फल भएको संकेत गरि अंक बाग्लुङलाई दिइ बाग्लुङको अंक १८ भयो यसै कुरालाई लिएर थेसोले खेल खेल्न नमानेको र धेरै लामो समय छलफल भई खेल पुनः सन्चालन भएको जनाइएको छ।
विज्ञप्तिमा खेल सन्चालन हुदै गर्दा बाग्लुङको -२१ थेसो -२२ हुदा पुन थेसोकै खेलाडीले प्रहार गरेको बल लाईन मेनले राइट भनि संकेत गरेको तर रेफ्रिले आउट भन्ने संकेत गरे लगतै रेफ्रि , सहायक रेफ्रि र लाइमेन बसेर बल राइट भएको निष्कर्ष निकाली अंक थेसोलाई दिदा थेसोको अंक -२३ बाग्लुङ-२१ भएको जनाइएको छ। यसै कुरालाई लिएर बाग्लुङले विवाद गरि सहमतिको अनेक प्रयास गर्दा पनि रातिको ९:१५’ सम्म पनि सहमतिमा आउने छाटकाट नदेखिएको , पहिलो बिबाद हुदा रेफ्रिले कुनै विशेष व्यक्तिलाई संकेत नगरी दुईपटक रेडकार्ड देखाएका थिए तर रेफ्रिका अनुसार उक्त रेड कार्ड पहिलो विवादमा एक जना रक्सि खाइ माति हुत्तिएर गाली गर्न आएपछि उनलाई देखाएका भन्ने भनाई रहेको समेत विज्ञप्तिमा बताइएको छ।
बाग्लुङले आफ्नो अङ्क अघि हुँदा रेड कार्डको वास्ता नगरी खेल्ने पछि अरुको अङ्क अघि गएपछि अगाडिनै सहमति भएको कुरालाई लिएर बखेडा गरेको भन्ने आरोप विज्ञप्तिमा लगाइएको छ।
बागलुङ समाजले राति अबेर ९:१५ बजेसम्म खेल खेल्न नमानेको र सहमतिमा आउन नमानेपछि रेफ्री, भलिबल संघका अध्यक्ष ,आयोजक टिम बसि प्रतियोगिता अनिर्णयको बन्दी हुनुहुँदैन भन्दै थेसो परिवार विजेता र बाग्लुङ समाज उपविजेता घोषणा गरेको विज्ञप्ति मार्फत जानकारी गराइएको छ।
साथै बागलुङ समाजका खेलाडीले लाइनम्यानलाई अपशब्द प्रयोग गरी गालीगलौज गरेको रेफ्रीको अन्तिम निर्णय नमानी खेल छोडेर गएको देखिएकाले आगामी दिनमा यस्ता गतिविधि नदोहोरिउन भन्ने आशा गर्दै आपसी सद्भाव र भाइचाराका लागि समाज सदैव अग्रसर रहेको जानकारी विज्ञप्ति मार्फत दिइएको छ।।










